राजनीति

राष्ट्रपतिलाई गुटको राजनीतिमा सकृय नहुन भन्दै भीम रावलले दिए चेतावनी

राष्ट्रपतिलाई गुटको राजनीतिमा सकृय नहुन भन्दै भीम रावलले दिए चेतावनी

Featured, राजनीति
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले  गुटगत राजनीतिमा सकृय नहुन राष्ट्रपति बिद्या भण्डारीलाईआग्रह गरेका छन् । नेकपाको विवादमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेता रावलले कडा टिप्पणी गरेका छन्। नेता रावलले आज बिहान ट्विट गर्दै राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको दाबी गरेका छन् । नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने बताए। रावलले ट्विटमा लेखेका छन्, 'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको ...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त गर्ने सरकारले निर्णय

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त गर्ने सरकारले निर्णय

राजनीति
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । आफु कार्यकारी निर्देशक भएको जानकारी पाएकाे भएपनि आधिकारीक पत्र नपाएको पौडेलले जानकारी दिए । ‘नियुक्तिबारे मिडियाबाट जानकारी पाएको छु । आधिकारीक पत्र भने पाएको छैन ।’ उनले भने । लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो ।...
भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छिन् । राष्ट्रपति निवास शीतल बिहीबार निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् । सोही अवसरमा सेनाध्यक्ष नरवणेलाई उपहारको रुपमा तरवार पनि प्रदान गरिएकाे छ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको उपस्थिति थियो ।...
स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अदालतको अवहेलनाको आरोपमा लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतले सबै नागरिकको कोरोनाको परीक्षण गर्न र संक्रमितको उपचार निःशुल्क गर्न गत असोज १५ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले भने ज्येष्ठ नागरिक, अशक्त, विपन्न, अपाङ्गता भएका लगायत लक्षित वर्ग तोकेर उनीहरूबाहेक अन्यसँग शुल्क लिने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री ढकालसँग अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेकाे हाे । सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले दर्ता गराएको अवेहलना मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनू’ भन्ने आदेश गरेको हो । आदेशमा स्वास्थ्यमन्त्री ढकाललाई आफू स्वयं ...
कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

राजनीति
काठमाडाैं । भोलि (शुक्रवार) बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गते सोमवारसम्मका लागि सरेको छ । बिहीवार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक कात्तिक २४ गतेसम्मका लागि सारिएकाे हाे । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक सरेकोबारे जानकारी दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २१ गते शुक्रवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २४ गते सोमवार दिनको १ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’...
नि:शुल्क उपचारबारेकाे फैसला पुनरावलोकन गर्न आवश्यक नभएकाे सर्वोच्चकाे ठहर

नि:शुल्क उपचारबारेकाे फैसला पुनरावलोकन गर्न आवश्यक नभएकाे सर्वोच्चकाे ठहर

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले यसअघी कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न दिएको आदेश नै कार्यान्वयन हुने भएको छ । सरकारले यो आदेश पुनरावलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेसँग पुरानै आदेश कार्यान्वयन गर्नुपर्ने भएको हो। न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो। सर्वोच्चले यसअघि नै कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएको भएपनि सरकारले त्यसको अवज्ञा गरेको थियो । आदेश अवज्ञा गरेको मुद्दा सर्वोच्चमा परेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो।...
भारतीय सेना प्रमुख ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी

भारतीय सेना प्रमुख ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी

राजनीति
काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे पशुपतिनाथको आरतीमा सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकोले ‘विशेष पूजा’ गर्न नपाएका नरपणेले बुधवार साँझ नेपाली ढाकाटोपी लगाएर पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका हुन् । करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी सोल्टी होटल फर्किए । २०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो । तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।...
कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्नेे बनाउन शिक्षामन्त्रीको निर्देशन

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्नेे बनाउन शिक्षामन्त्रीको निर्देशन

राजनीति
काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देशन दिएका मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले बताए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको...
वामदेव गाैतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

वामदेव गाैतमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज पनि पेशीमा राखिएको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ । सर्वोच्च अदालतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै सर्वोच्चमा थोरै कर्मचारीले काम चलाइरहेको र थोरै मुद्दामा मात्र सुनुवाई भैरहेको छ । संवैधानिक इजलासका मुद्दा बुधबार र शुक्रबार मात्र हेर्ने गरिएको छ । आज नौओटा विभिन्न इजलाशमा ९० ओटा मुद्दाको पेशी चढेपनि वामदेवको मुद्दा भने पेशीमा चढेको छैन । मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । वामदेवको मुद्दा निर्णय नभएकाले सरकारको पुनर्गठन प्रक्रिया पूरा हुन सकेको छैन । यहीबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले...
लालबाबुले प्रदेशमा समायोजन गरेको राजस्वका १४ उपसचिवको समायोजन बदर, अर्थमा हाजिर गराइँदै

लालबाबुले प्रदेशमा समायोजन गरेको राजस्वका १४ उपसचिवको समायोजन बदर, अर्थमा हाजिर गराइँदै

राजनीति
काठमाडौं । प्रदेशमा समायोजन भएका अर्थमन्त्रालय अन्तर्गतका राजस्व समूहका १४ उपसचिवलाई अर्थमन्त्रालयले हाजिर गराउने भएको छ । १४ उपसचिवको प्रदेशमा भएको समायोजन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बदर गरेको छ । २०७५ फागुनमा समायोजन भई प्रदेशमा सरुवा भएका १४ उपसचिवले संघमै दरबन्दी कायम हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले प्रदेशमा नखटाउनू, जहाँ जहाँ कार्यरत छन्, त्यहीँ काम दिनू भनी अन्तरिम आदेश दिएको थियो । २ बर्षसम्म अन्तरिम आदेशकै आधारमा जहाँ जहाँ थिए, त्यहीँ कार्यरत रहेका ती १४ उपसचिवलाई सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले ६ महिनाअघि नै समायोजन संशोधन गरी संघमै ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । तर तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले रोकेका कारण उनीहरुको समायोजन संशोधन हुन सकेको थिएन । अदालतमा मुद्दा वि...