राजनीति

पूर्व एमालेहरुलाई मिलाउने कसरतमा ओली समूह

पूर्व एमालेहरुलाई मिलाउने कसरतमा ओली समूह

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले थिए। त्यसयता उनीहरु निरन्तर छलफलमा लागेका छन्। उनीहरुले ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्ने भएका छन्। ‘हामीले अबको विकल्प ओली नेपाल मिल्नुमै देखेका छौ, पूर्व माओवादीहरुलाई पार्टीमा प्रयाप्त स्थान दिइएको छ उनीहरुलाई साथमा लिएर जानुपर्छ तर सधै ओली नेपाल फाटो गरेर बाटो अलग बनाउन ...
अभिनेत्री मनिषा कोइरालाले किन भेटिन् प्रधानमन्त्री ओलीलाई?

अभिनेत्री मनिषा कोइरालाले किन भेटिन् प्रधानमन्त्री ओलीलाई?

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनिषा कोइरालाले मंगलबार भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति, कोभिड-१९ को समस्या र समाधानको उपाय, कला क्षेत्रको समस्या तथा देशको आर्थिक विषयमा समेत चासो राख्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले देशको वर्तमान अवस्था, कोभिडले पारेको असर तथा देशको राजनीतिक, आर्थिक विषयसहित समसामयिक कुरा राख्नुभएको प्रेस सल्लाहकार थापाले बताए ।...
स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति

स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति

राजनीति
प्रधानमन्त्री ओलीलाई कां‌ग्रेस प्रवक्ता शर्माको प्रश्न : जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारले 'स‌ंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' काे सट्टा नेपाल मात्र लेख्ने भनि गरेकाे निर्णयप्रति आपत्ति जनाएकाे छ। शर्माले मंगलबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता भनेर प्रश्‍न समेत गरेका छन् । उनले सामाजिक सञ्‍जाल ट्वीटरमा लेखेका छन्- ‘`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्‍न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । @Pm_Nepal जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? होसियार ! संविधानको मर्म विरुध्दको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!’ मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते मुल...
पार्टी एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह

पार्टी एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई पार्टी फुट्नबाट जाेगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छिन् । मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका गौतमलाई राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी हुन् । नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारी आफैले भेट्न बालाएर ‘पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई आग्रह गरेकाे गाैतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ ।...
खुलामञ्चमा निःशुल्क खाना खुवाउने क्रम नरोक्न गगन थापाको आग्रह

खुलामञ्चमा निःशुल्क खाना खुवाउने क्रम नरोक्न गगन थापाको आग्रह

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौंको खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन सबै पक्षलाई आग्रह गरेका छन्। खाना खुवाउने गर्दा खुलामञ्च फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले सम्बन्धित पक्षलाई त्यसो नगर्न भनेको खबर सार्वजनिक भएपछि सांसद थापाले मंगलबार सामाजिक सञ्जालमार्फत खाना खुवाउने क्रम जारी नै राख्न आह्वान गरेका हुन्। ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनुभएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकामा धेरै धन्यवाद,’ थापाले फेसबुकमा लेखेका छन्। नेता थापाले काठमाडौंका जनप्रतिनिधिलाई खाना खुवाउनेजस्तो पवित्र कामलाई निरन्तरता दिन सम्बन्धित सबैमा अनुरोध पनि गरेका छन्।...
नेकपा फुट्काे संघारमा पुगेपछि कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

नेकपा फुट्काे संघारमा पुगेपछि कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो। आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो। केसीको निधनका कारण उक्त बैठक भने नबस्ने कांग्रेसले जनाएको छ। गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेह र प्रेसरबाट पीडित थिए।...
नेकपाकाे राजनीतिमा चीनकाे चलखेल

नेकपाकाे राजनीतिमा चीनकाे चलखेल

राजनीति
काठमाडौं । सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किएसँगै त्यसलाई साम्य पार्न काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ‘सहजीकरण’ गरिरहेको उच्च राजनीतिक स्रोतहरुले पुष्टि गरेका छन् । उनले नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधव नेपाल पक्षबीच जारी विवाद चर्किन नदिन बेइजिङको सन्देशलाइ विभिन्न माध्यमबाट शीर्ष नेताकाे घरघरमा पुर्याइ रहेकी छन्। नेकपा फुट्न लागेपछि चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका छन्। आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरे लगत्तै चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका हुन्। स्राेतका अनुसार पार्टी फुट्ना नदिनकाे लागि बामदेव गाैतमकाेदेखि बिष्णु पाैडेलको घरसम्म रातभर दौडधुप भइहेकाे छ। सानेपाको एक अपार्टमेन्टमा बस्...
कांग्रेस पदाधिकारी बैठक : तीन एजेण्डामा छलफल

कांग्रेस पदाधिकारी बैठक : तीन एजेण्डामा छलफल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा तीन एजेण्डामा छलफल हुने भएकाे छ । कांग्रेसले पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल गर्ने भएकाे हाे । पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको हो । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको बताए ।...
‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली

‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली

राजनीति
रूपन्देही । रुपन्देहीमा वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा राजाको सक्रिय भूमिकाको माग गर्दै आज बृहत् मोटरसाईकल र्‍यालीको आयोजना गरिएको हो ।  र्‍याली ट्राफ्रिक चोकमा आएर कोषसभामा परिणत भएको थियो । कोषसभामा परिणत भएको कार्यक्रममा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे । उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए ।...
नि:शुल्क कोरोना परीक्षण नगर्ने दाउमा सरकार, सर्वोच्चकाे आदेशविरुद्ध पुनरावलोकन निवेदन

नि:शुल्क कोरोना परीक्षण नगर्ने दाउमा सरकार, सर्वोच्चकाे आदेशविरुद्ध पुनरावलोकन निवेदन

राजनीति
काठमाडौं । निशुल्क कोरोना परीक्षण गर्न दिएकाे सर्वोच्च अदालतकाे आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दिएको छ । आइतबार मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन् । मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको छ । अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निशुल्क गर्न परमादेशको आदेश जारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले भने निशुल्क परीक्षण गर्न राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनुपरेको जिकिर गरेको छ । ‘स्वास्थ्यसम्बन्धी सेवा आफैंमा प्राविधिक सेवा भएका...