सबै विद्यार्थीलाई निःशुल्क सिमकार्ड बाँढ्नू: सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले देशभरका सामूदायिक विद्यालयहरुको पठनपाठन अनलाईनमार्फत् संचालन हुने गरी विद्यालय तहका सबै विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन् । साथै उनले निःशुल्क सिमकार्ड वितरण गरी इन्टरनेटको तत्काल व्यवस्था गर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन् ।

‘कोरोना भाईरस महामारीका कारण चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा संचालन हुन सकेको छैन,’ मंगलबार अपरान्ह काठमाडौंको कमलादीस्थित प्राधिकरणको केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने,‘देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा संचालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्दछु ।’

उनले हरेक वडा तह, स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराए । इन्टरनेट सेवा सिंहदरबारमा समेत गुणस्तरीय नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसलाई गुणस्तरीय, सस्तो र भरपर्दो बनाउन प्राधिकरण र नेपाल टेलिकमले नयाँ कार्ययोजनाका साथ अघि बढनुपर्ने पनि स्पष्ट पारे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.