नेकपा सचिवालय बैठक बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बैठकको माग गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाउँदै आएका थिए ।

तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग गरेपछि प्रधानमन्त्री ओली बैठक राख्न बाध्यात्मक अबस्थामा पुगेका हुन् ।

पार्टीभित्रको चर्को विवादपछि आज बसेको बैठकलाई निकै चासोको रुपमा हेरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको समयभन्दा केही ढिला बैठक सुरु भएको छ ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.