रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न कमल थापाकाे आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे बताएका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे भन्दै निर्णय सच्याउन पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन् ‘ रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्। जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।

नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द निम्त्याउने काम नहोस्। Enough is Enough’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.