राजनीति

संसद विघटनविरुद्ध कांग्रेसले गर्याे दोस्रो चरणको आन्दोलनकाे घोषणा

संसद विघटनविरुद्ध कांग्रेसले गर्याे दोस्रो चरणको आन्दोलनकाे घोषणा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे छ । आइतबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेकाे हाे । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको नेपाली कांग्रेसले जनाएकाे छ। दाेस्राे चरणकाे आन्दोलन गर्ने सहमतिसँगै शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ बजेपछिमात्रै सुरु भएको छ । बैठकमा नेताहरूले आ-आफ्नाे धारण राखी रहेका छन् ।...
संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोपसमेत लगाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए । उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।...
प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन

प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनपछि दुई खेमामा विभक्त बनेकाे नेकपाका ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हाे । यसैबीच प्रधानमन्‍त्री तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा उनीहरुले र्‍यालीसहितको प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली काठमाडौंको माइतीघरमा रहेको कार्की ब्यांक्‍वेटको भेलालाई सम्बोधन गर्न पुगेका छन् ।...
‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

राजनीति
लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन लहान आइपुगेका उनले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेको आरोप लगाए । संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो । रासस...
बोगटान सडकको काम पुनः शुरु हुन्छ : वनमन्त्री

बोगटान सडकको काम पुनः शुरु हुन्छ : वनमन्त्री

राजनीति
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताउनुभएको छ । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन । राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्नुहुँदै उहाँले सो नानकारी दिनुभएको हो । उहाँले भन्नुभयो,“मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउछु ।” तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो । विसं २०७५ फागुन ७ गते उक्त सडकको कालोपत्रेको शिलान्यास भएको थियो । चुरे गाउँपालिकाका करनबहादुर छेडालले भन्नुभयो, “शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, पछि रुख काट्न नपाउदा र कोरो...
संसद विघटनविरुद्ध आन्दोलन चर्काउने विद्यार्थी संगठनकाे चेतावनी

संसद विघटनविरुद्ध आन्दोलन चर्काउने विद्यार्थी संगठनकाे चेतावनी

राजनीति
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थी संगठनले संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षनिकटका युवा तथा विद्यार्थी संगठनले आन्दोलन चर्काउने चेतावनी दिएका हुन्। आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उनीहरूले सडकबाटै राजतन्त्र फालेर गणतन्त्र ल्याएको तथ्य स्मरण गर्दै जनभावनाविपरीत गरिएको कार्यविरुद्ध सडकबाटै आन्दोलन गरेर संसद् पुनर्स्थापना गरेरै छाड्ने बताए । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान च्यात्ने काम गरेको उनीहरूकाे आराेप छ। राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीले संविधानमाथि ‘कु’ गरेर संविधान च्यात्ने काम गरेकाले त्यसका विरुद्ध आन्दोलन गर्न लागिएकाे हाे। लोकतन्त्र, गणतन्त्र, संविधान बचाउन जरुरी रहेको चर्चा गर्दै उनले जन...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे छ । आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर अघि सुरू भएकाे एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घाेषित आन्दोलनबारे छलफल भइरहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।...
मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसद पछि हटे

मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसद पछि हटे

राजनीति
काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटेका छन् । संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका तीन सासदहरु काठमाडौं–७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं–१० ‘ख’की रमा आलेमगर र चितवन–३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिँदै पछि हटेका हुन् । नेकपाको प्रचण्ड-नेपाल समुहले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका प्रदेशसभाका ४५ सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो । नेकपाको कुल ८० सांसद रहेको वागमती प्रदेशसभामा अब प्रचण्ड-नेपाल पक्षमा ४२ सांसद र ओली पक्षमा ३८ सांसद देखिएका छन् । ओली निकट सांसदका अनुसार एक दुइृ दिनभित्र अन्य केही सांसदहरले पनि हस्ताक्षर फिर्ता लिने तयारी भै रहेको छ । यहि अबस्थमा मुख्यमन्त्री पौडेल बिरुद्धको अ...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा दोस्रो चरणको आन्दोलनबारे छलफल हुने प्रवक्ता श्रेष्ठकाे भनाइ छ । प्रचण्ड-नेपाल पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। शनिबार प्रचण्ड-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो। यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको हो।...
‘एमसीसी सम्झौता सक्दो छिटो अनुमोदन हुनुपर्छ’

‘एमसीसी सम्झौता सक्दो छिटो अनुमोदन हुनुपर्छ’

राजनीति
काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् । ‘एमसीसी अनुदान कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौता संसद्बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भनिन् । विद्युतीय प्रसारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सम्झौता अनुमोदन झनै अनिश्चित बनेको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रतिनिधिसभा विघटन भएसँगै एमसीसी सम्झौताको दर्ता खारेज भएको बताए । ‘यसलाई संसद्बाट अनुमोदन गर्न सरकारले अब फेरि प्रतिनिधिसभा गठन ...