राजनीति

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, कमेडीले देश चल्दैन : रामकुमारी झाँक्री

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, कमेडीले देश चल्दैन : रामकुमारी झाँक्री

राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् । ‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो ।...
नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएकाे छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक जारी छ । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड साेमबार भारत गएका छन्। बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ। साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन। विशेषगरी प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकले ८ एजेण्डामा छलफल गर्ने बताइएकाे छ। 'माधव नेपाल अध्यक्ष भएपछि पहिलोपटक औपचारिक रुपमा पार्टी कार्यालयमा सुरु भएको बैठकले संसद विघटनबारे संघर्षका कार्यक्रम, केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथ...
निर्वाचन सुरक्षा समिति गठन

निर्वाचन सुरक्षा समिति गठन

Featured, राजनीति
काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । गृहमन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा गृह मन्त्रालयकै शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुखलाई तोकिएको छ । समितिलाई सुरक्षा संवेदनशीलताका आधारमा जिल्लागत विवरण, मतदानस्थल र मतदान केन्द्र, निर्वाचनविरोधी गतिविधिको समीक्षा र सुझाव, निर्वाचनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका, सवारी, अन्य प्राविधिक उपकरणलगायत अनुमानित लागत विवरण तयार पार्ने जिम्मेवारी दिइएको छ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गत...
प्रदेशसभा पनि विघटन हुनसक्छ : मन्त्री तुम्बाहाम्फे

प्रदेशसभा पनि विघटन हुनसक्छ : मन्त्री तुम्बाहाम्फे

Featured, राजनीति
मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताइन् । ‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामाझ जान निर्वाचन घोषणा गर्नुभएको छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’ मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको अवस्था छ,’ उनले भनिन्, ‘निर्वाचनका लागि स...
भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन सुरु

भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन सुरु

राजनीति
काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु  गरेकाे छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । सुकुम्बासी दलितलाई जग्गा घर दिने कार्यक्रम अन्तर्गत सम्झौता भएका स्थानीय तहमार्फत लगत संकलनका लागि निर्देशन दिएको उनकाे भनाइ छ । ‘भूमिहीन सुकुम्बासीका लागि घर बनाइदिने, जग्गा दिने, सुकुम्बासीका लागि पूर्जा दिने योजना अन्र्तगत यो कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् । यसका लागि भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ ।...
‘ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसे’

‘ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसे’

राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरेका छन् । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट प्राप्त उपलब्धिको सुरक्षाका लागि जसपाले कडा आन्दोलन गर्ने चेतावनी दिए । तर पछिल्लाे क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका छन् । प्रधानमन्त्री ओलीको सनक र सत्तास्वार्थले संविधान, संघीयता, समावेशिता, गणतन्त्र संकटमा परेको उनको दाबी छ । उनले भने, ‘हुन त उनीहरूले नरुचाएर पनि मधेस आन्दोलनको बलमा मुलुक संघीय गणतान्त्रिक व्यवस्थामा गयो, त्यसकारण यसलाई जोगाउन र संरक्षण गर्न जसपा पछाडि पर्दैन ।’ ‘प्रधानमन्त्री ओलीबाट लोकतन्त्रणको हत्या हुँदा आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसको इन्जिन अहिले खराब भएको छ भने कम्...
मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् । पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आज आयोजित विस्तारित बैठकमा उनले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भने “केही साथीहरु बरालिनुभएको छ, गल्ती  र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।” उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले  दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गरे  । नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले ...
संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

Uncategorized, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठक पछि कांग्रेसले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे जनाएकाे छ  । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएकाे कांग्रेसले ठहर गरेकाे छ ।...
‘नेकपा फुटाउन खुमलटारमा २८० बैठक’

‘नेकपा फुटाउन खुमलटारमा २८० बैठक’

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पर्टी विभाजन गर्नका लागि ३ सय १५ बैठक बसेकाे बताएका छन् । आफूनिकट विद्यार्थीको भेलामा ओलीले पार्टी विभाजनका लागि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले ३ सय १५ बैठक गरेको बताए । साथै उनले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३ सय १५ बैठक बसेकामा २ सय ८० बैठक दाहाल निवास खुमलटारमा बसेको दावी गरे । बिहान बालुवाटारमा बसेर कहाँ कति बैठक बसेका रहेछन् भनेर गणना गर्दा उक्त संख्या पत्ता लागेको ‌ओलीको भनाइ थियो । उनले एक/दुई जनाका भेटलाई त्यसमा गणना नगरेको बताए । 'वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डीलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा,' प्...
संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

संसद् पुनर्स्थापना हुन सक्दैन : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताए । यस्तै सभामुख र राष्ट्रपतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको संवैधानिक इजलासले सोधेको कारणको जवाफ दिएका छन् । सभामुख अग्नि सापकोटाले लिखित जवाफ दिँदै प्रधानमन्त्रीलाई त्यो अधिकार नभएको बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारणदेखाउ आदेश जारी गरेको थियो ।...