संसद विघटनविरुद्ध अनेरास्ववियूद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदम प्रतिगमनकारी र अलोकतान्त्रिक रहेको बताउँदै अनेरास्ववियूले आज (मंगलवार) बाट विभिन्न विरोधका कार्यक्रमहरु घोषणा गरेको छ ।
जसअनुसार आज मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने कार्यक्रम रहेको अनेरास्ववियूको सहसंयोजक रञ्जित तामाङले जानकारी दिए । त्यस्तै पुस २२ गते अर्थात भोलि काठमाडौं उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरस्टिीरलाठी जुलुस गर्ने कार्यक्रम रहेको तामाङले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
यसैबीच विरोधका कार्यक्रमहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउने तथा धरपकड गर्ने लगायतका कामहरु नगर्न समेत चेतावन...








