राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ

प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क छौं : नारायणकाजी श्रेष्ठ

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफुहरु ढुक्क रहेको बताए । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ । सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि उप-धारामा संसद विघटन गर्ने अधिकार प्रधा...
संसद विघटनले देशमा अनर्थ भयो, अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ : रामचन्द्र पौडेल

संसद विघटनले देशमा अनर्थ भयो, अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ : रामचन्द्र पौडेल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएकाे बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको बताएका हुन् । वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने बताउँदै उनले भने, ‘आफूले पाउँदै नपाएको अधिकार भनेर केपी शर्मा ओलीले प्रयोग गर्नुभयो । यसले देशमा अनर्थ भयो ।’ उनले अघि भने, ‘यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।’ संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।...
‘संसद् कसैले पुनःस्थापना गर्न सक्दैन’ भन्ने कामचलाउ प्रधानमन्त्रीकाे अभिव्यक्तिले चिन्ता थपियो : उपेन्द्र यादव

‘संसद् कसैले पुनःस्थापना गर्न सक्दैन’ भन्ने कामचलाउ प्रधानमन्त्रीकाे अभिव्यक्तिले चिन्ता थपियो : उपेन्द्र यादव

Featured, राजनीति
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादवले जनता सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन् । प्रधानमन्त्रीको कदमबारे मंगलबार भएकाे अन्तर्क्रियामा उनले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताए । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन् । उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ ।’ एकातिर सर्वोच्च अदालतका प्रमुख प्रधानन्यायाधीशले संवैधानिक परिषद्को बैठकमा सहभागी भएको र अर्कोतर्फ प्रधानमन्त्रीले लगातार संसद् पुनःस्थापना हुनै नसक्ने भनेर दिएका अभिव्यक्तिले गर्दा आ...
उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने

राजनीति
काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले न्यौपानेसहित तीनजनाको ना सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्। न्यौपाने लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउँदै आएका छन् । त्यस्तै न्यौपानेमा लामो समय उद्योग व्यापारको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा अवस्थित उक्त उद्योग जापान सरकारको सहयोगमा निर्माण भएको हो ।...
अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन: मन्त्री थापा

अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन: मन्त्री थापा

section, राजनीति
कर्णाली । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, “कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा प¥यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।” नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना का...
माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

माघ १ गते भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भनिएकाे भारत भ्रमणकाे मिति टुंगाे लागेकाे छ ।  मन्त्री ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत भ्रमण गर्ने पक्का भएकाे हाे । स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ । साथै भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम तय गरिएकाे छ । बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ । यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो । तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन । यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमण अन्योलमा परेकाे थियाे ।...
पहिलो पटक एमिकस क्युरीमा महिला सिफारिश

पहिलो पटक एमिकस क्युरीमा महिला सिफारिश

राजनीति
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए । सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो । बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहनुभएकाले पाठकको नाम सिफारिश गरिएको हो । बारले अदालतका सहयोगीमा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको उपाध्यक्ष खड्काको भनाइ छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरु...
संसद विघटनविरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

संसद विघटनविरुद्धकाे आन्दोलनमा सक्रिय सहभागी हुन तरुण दलकाे निर्देशन

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकट नेपाल दरुण दलले प्रनिधिसभा विघटनविरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण जिल्ला समिति र साे अन्तर्गतका तहलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ। प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन दिएको हो ।...
नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

Featured, राजनीति
काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सांसद विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन् । सांसद विडारीले आइतबार अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराएका संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन्। 'संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकार...
नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

नेकपा प्रचण्ड-नेपाल समूहले देशव्यापी अन्तर्क्रिया गर्दै

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले मंगलबार राजधानी काठमाडाैं र विभिन्न शहरहरुमा अन्तर्किया गर्दैछ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमविरुद्ध खबरदारी गर्न र यो कदम उल्ट्याउन देशव्यापीरुपमा अन्तर्क्रिया गर्न लागिएकाे हाे । अन्तर्क्रियाको नेतृत्व अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटीका अन्य सदस्यहरुले गर्दै छन्। प्रचण्ड-नेपाल समूहले सोमबारको स्थायी कमिटी बैठकले ओलीकाे कदमविरुद्ध आन्दोलनलाई अझ सशक्त बनाउनका लागि विपक्षी दल र नागरिकसमाजसँग सहकार्य गर्न पहल तीव्र बनाउने निर्णय गरेको थियो। यस्तै सोमबारको बैठकले केन्द्र, प्रदेश र जिल्लास्तरीय पदाधिकारी छनौटलगायत पार्टी एकताका बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष नेपालको नेतृत्वमा गृहकार्य कार्यदल गठनसमेत गरेको थि...