राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समर्थित विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समर्थित विद्यार्थीद्वारा लाल्टिन जुलुस प्रदर्शन

section, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा लालटिन जुलुस निकालेको छ । अनेरास्ववियूको केन्द्रीय कमिटीले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको हो । अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनकाे घाेषणा गरेकाे थियाे । बैठकले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरेकाे हाे । घोषित आन्दोलनका कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत छन् ।...
प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू

Featured, राजनीति
काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइ सुरू भएकाे छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि परेका रिटकाे सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन्। राणाले गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन्। संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका छन्। धेरै मानिसहरू इजलासमा बहस सुन्न जाँदा ठाउँ नपुग्ने भएपछि सर्वोच्चले इजलास बाहिरबाट पनि बहस सुन्ने र हेर्ने व्यवस्था मिलाएको छ। सर्वोच्चका अनुसार अदालत ...
पूर्वप्रधानमन्त्री भट्टराईकाे चेतावनी – अरु बाटो रोज्न नपरोस

पूर्वप्रधानमन्त्री भट्टराईकाे चेतावनी – अरु बाटो रोज्न नपरोस

राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले सर्वाेच्च अदालतकाे निर्णय गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षाका लागि हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले  सजिलो बाटोबाट प्रधानमन्त्रीको ‘गैर संवैधानिक’ कदम नसच्याए अरु बाटो रोज्नुपर्ने चेतावनी साेत दिएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धका रिटहरुमाथिको सुनुवाई शुरु भइरहेका बेला डा. भट्टराईले ट्वीट गर्दै अरु बोटो रोज्न नपरोस भनेका हुन् । डा. भट्टराईले भनेका छन्– 'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ । ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुन...
समूह फेर्दै नेकपाका नेता-कार्यकर्ता

समूह फेर्दै नेकपाका नेता-कार्यकर्ता

राजनीति
महोत्तरी । विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको वैचारिक नेताको परिचय रहेको नेकपाका कार्यकर्ता नै बताउँछन् । नेकपामा उपल्लो तहमा विभाजन देखिएपछि आम नेता, कार्यकर्ता एक – अर्को समूहमा प्रवेश गर्ने क्रम देखिएको छ । पुस पहिलो साताको अन्त्यमा दुईतिर केन्द्रीय समितिको बैठक भएपछि दुई समूहमा देखिएको नेकपाभित्र त्यसयताका दिनमा महोत्तरीमा समूह फेर्ने क्रम ह्वात्तै बढेको हो । पहिलोपटक पुस ७ गते दुईतिर केन्द्रीय समितिको बैठक हुँदा प्रचण्ड...
संविधानका संवाहकहरू नै संविधानकाे हत्या गर्न लागे : कमल थापा

संविधानका संवाहकहरू नै संविधानकाे हत्या गर्न लागे : कमल थापा

section, राजनीति
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दवाव वा प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् । बुधबार सामाजिक संजाल फेसबुक मार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका हुन् । साथै उनले अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुननहुने समेत बताएका छन् । अध्यक्ष थापाले समाजिक सञ्जालमा गरेकाे टिप्पणी यस्ताे छ । संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्नेछ।अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न। गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्।जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो।यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता हो। जनताले कुनै पार्ट...
प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमा आजबाट निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनबिरुद्धका रिटमा आजबाट निरन्तर सुनुवाइ

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनबिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, अमिता गौतम पौडेललगायतले ६ पुसमा अतिरिक्तमा रिट दिएका थिए । सत्तारूढ दल नेपाल कम्युनिस्ट पा्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ७ पुसमा दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रश्मशेर जबराले सबै रिटहरुलाई ८ पुसमा आफ्नो एकल इजलासमा राखेर १० पुसमा संवैधानिक इजलासमा तोकेका थिए । संवैधानिक इजलासमा ५ जना न्यायाधीशहरु रहने संवैधानिक प्रावधान छ । जसमा १० जना न्यायाधीशहरुको नाम थियो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट सुनवाई होस् भन्दै हिजो १२...
मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम स्वीकृत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । सरकारले २०७८ साल वैशाख १७ र २७ गते सोमबार दुई चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा गरिसकेको छ । आयोगबाट उक्त निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरु भइसकेको छ । स्वीकृत कार्यक्रमअनुसार यही पुस २३ गतेदेखि जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुनेछ । आयोगका अनुसार उक्त कार्यका लागि प्...
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिनपिङको पुत्ला दहन

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति जिनपिङको पुत्ला दहन

राजनीति
दार्चुला । दार्चुलामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको विचारसँग नजिक रहेको संस्था बिपी अध्ययन युवा सर्कल दार्चुलाले संसद विघटनको विरोधमा दार्चुला जिल्ला सदरमुकाम खलंगामा मंगलवार बेलुकी विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो । बिपी अध्ययन युवा सर्कल दार्चुलाका अध्यक्ष सुरज जोशीले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद बिघटन गरेको, चीनको इसारामा प्रधानमन्त्री चलेको, भ्रष्टाचार, अनियमितता, अधिनायकबाद र सर्बसत्तावाद ल्याउन खोजेको भन्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति जिनपिङको पुत्ला दहन गरिएकाे बताए। प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भर्त्सना गरेपनि कम हुने उनीहरुले बताएका थिए । उनीहरुले चिनियाँ इसारामा नै ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीको असंबैधानिक संसद विघटनको विरुद्धमा न...
प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् पूर्ण इजलासको माग गर्दै निवेदन पेश

राजनीति
काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सर्वोच्चको बृहत् पूर्ण इजलासबाट सुनवाई हुनुपर्ने भन्दै १२ जना निवेदकहरुले निवेदन दिएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकालगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाई बृहत् पूर्ण इजलासबाट होस् भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् । निवेदकमध्येका एक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेकाअनुसार बृहत् पूर्ण इजलासबाट सुनुवाई होस् भनेर उनीहरुले निवेदन सर्वोच्च अदालतको सम्वन्धित फाटमा बुझाईसकेका छन् । न्यौपानेको भनाईमा उनीहरुले संविधानको धारा १२८ अनुसार सुनुवाई होस् भनेर निवेदन दिएका हुन् । धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मातहत रहनेछन् । संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार ...
प्रदेशसभा विघटन हुँदैनन् : मुख्यमन्त्री गुरुङ

प्रदेशसभा विघटन हुँदैनन् : मुख्यमन्त्री गुरुङ

राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन नहुँने दावी गरेका छन् ।  मंगलबार सुरु भएको गण्डकी प्रदेशकाे विशेष अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने ‘सबै प्रदेशसँग राय लिनुपर्‍यो ? मुख्यमन्त्रीहरुको धारण के छ ? यसै प्रदेशसभा विघटन हुन्छ ?’ उनले प्रतिनिधिसभा विघटन रहरभन्दा पनि बाध्यताले गर्नुपरेको बताए । ६४ प्रतिशत जनमत प्राप्त दलको नेताले आफ्नै पार्टीको खिचातानीले संसद विघटन गर्न बाध्य हुनुपरेको उनकाे भनाइ थियाे । विगतको इतिहासमा राजा महेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले पनि आफ्नै पार्टीको किचलोका कारण संसद विघटन गरेको इतिहास हुँदाहुँदै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो इतिहास दोहोर्‍याएको बताए । गणतन्त्रमा राष्ट्रपतिलाई राजाको उपनाम दिनु र विरोध गर्नु भनेको गणतन्त्र कमजोर बनाउन खोजिएको समेत आरोप लगाए ।...