राजनीति

प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि धनगढी जाने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न उनी धनगढी जाने भएका हुन् । बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ । भोलिको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...
ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

ओली समूहद्वारा ३० लाख हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिबाद यतिखेर भुसको आगो झै फैलिएको छ । नेकपा केपी ओली समूह तथा प्रचण्ड-माधव समुहबीच एकले अर्कोलाई कारवाही गर्नेदेखि खुइल्याउने काम अगाडि बढेको छ। बुधबार प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्य र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले नेता भीम रावलले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामीना गरेको भन्दै कारबाहीको सिफारिससमेत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्, ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल पीएचडीलाई कारबाही गर्न सिफारिश समेत गरेको बताइएको छ।’ त्यस्तै, बैठकले पुस २४ गते धनगढीमा जनसभा गर्ने निर्णयसमेत गरेको छ। जुन सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्...
प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा पठाउँदा के हुन्छ ?

प्रतिनिधिसभा विघटन मुद्दा बृहत् पूर्ण इजलासमा पठाउँदा के हुन्छ ?

Featured, राजनीति
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै इजलासमा निवेदन दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा आज सुनुवाइ शुरु हुनेबित्तिकै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने विषयले प्रवेश ग¥यो । सुनुवाइ प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्धका रिटको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग राख्दै भने, “संवैधानिक इजलासको अधिकार क्षेत्र कति र अरुको कति भनेर सर्वोच्च अदालत ऐन र विगतका नजीरका आधारमा यसलाई बृहत् पूर्ण ...
जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

जनताको विश्वास हार्ने छुट कसैलाई छैनः मन्त्री भट्ट

राजनीति
धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपा ओली पक्षका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । धनगढीमा आज आयोजित नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए । उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।” बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए । बैठकले नेकपा दाहाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए । रासस...
कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

राजनीति
काठमाडौं । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो । कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।...
ओलीलाई टार्गेट गरी नेकपाकै कार्यक्रममा गर्जिए डा. बाबुराम भट्टराई

ओलीलाई टार्गेट गरी नेकपाकै कार्यक्रममा गर्जिए डा. बाबुराम भट्टराई

Featured, राजनीति
काठमाडौं । पूर्व प्रभानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिएका छन्। बुधबार काठमाडाैं नयाँ बानेश्वरमा नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तर्क्रियामा डा. भट्टराईले प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर भएकाले सबैलाई खान सक्ने आरोप लगाए । उनले भने,‘ प्रधानमन्त्री ओली राजनीतिक क्यान्सर हो। राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ। नेकपाभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्नुस्।’ उनले प्रधानमन्त्री ओली विदेशी शक्तिको मतियार भएको पनि आरोप लगाए। नियोजित ढंगले संसद विघटन गरेर देशमा अस्थिरता ल्याउन प्रधानमन्त्री ओलीले विदेशी शक्तिको मतियार बनेको उनको आरोप छ।...
प्रतिनिधिसभा विघटन : धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

प्रतिनिधिसभा विघटन : धारा १२८ कि १३७ आकर्षित हुने भन्नेमा झमेला

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुकाे संवैधानिक इजलासमा सुनुवाइ सुरू भएकाे छ । तर प्रतिनिधिसभा विघटनका मुद्दामा संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस–सुनुवाई हुने भन्नेमा विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १२ जना निवेदकहरुले रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत बृहत् पूर्ण इजलासमार्फत सुनुवाई हुनु पर्ने माग सहित हिजाे नै निवेदन पेश गरेका थिए । यद्यपि हिजो त्यो निवेदन दर्ता भएन । आज संवैधानिक इजलास सुरु हुनेवित्तिकै कानून व्यवसायीहरुले बृहत् पूर्ण इजलासको माग गरिसकेका छन् । एक अधिवक्ताका अनुसार आज निवेदन दर्ता भएको छ । धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएक...
ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोखरेल

ओली अध्यक्ष भएको पार्टी नै वैधानिक : ईश्वर पोखरेल

राजनीति
सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरे । विगतमा कम्युनिस्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उनले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गरे । उनले भने, ‘पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।’ आरोपप्रत्यारोपले कम्युनिस्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे । प...
सूर्य चिह्न हाम्रो हो, हाम्राे नभए कसैको पनि हुँदैन : महेश बस्नेत

सूर्य चिह्न हाम्रो हो, हाम्राे नभए कसैको पनि हुँदैन : महेश बस्नेत

राजनीति
म्याग्दी । नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सूर्य चिह्न आफूहरूले पाउने दाबी गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता सम्भव नरहेको उनले बताए । ‘अब संसदीय निर्वाचनपछिको परिणामले मात्र पार्टी पुनस् एकीकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन,’ राष्ट्रिय युवा संघ नेपालले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार छैन । सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’ दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटेको बस्नेत बताए ।...
‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

राजनीति
काठमाडाैँ । साहित्यकार तथा लेखक खगेन्द्र संग्राैलाले चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा बेपत्ता भएकाे विषयमा सामाजिक सञ्जालमा पाेष्ट गरेकाे अभिब्यक्ति गायब भएकाे छ। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,' उल्का भाे! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएकाे प्रसङ्गमा चीनमा नागरिककाे सुरक्षा र अस्मिताकाे हालतबारे हिजाे बेलुका ट्वीट गय्राथेँ, मेराे वालबाट त्याे ट्वीट गायब भएछ। याे गायब पार्ने चिनियाँ "समाजवाद" हाे कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चाेर हाे? थाहा चाहियाे!' पछिल्लो दुई महिनादेखि ज्याक मा बेपत्ता छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए । त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको भारतीय सञ्चा...