राजनीति

प्रधानमन्त्री ओली धनगढी जाँदै, कालो मास्क लगाउन प्रतिवन्ध

प्रधानमन्त्री ओली धनगढी जाँदै, कालो मास्क लगाउन प्रतिवन्ध

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर जाँदैछन् । आफ्ना पक्षका स्थानीय नेता कार्यकर्ता भेट्न ओली आज धनगढी जान लागेका हुन् । सूदुर पश्चिममा यतिबेला नेकपाका दुइ गुटले विपक्षी गुटका नेता कार्यकर्तामाथि कार्बाही गर्ने लहर नै चलेको छ । हालै नेकपा दाहाल नेपाल गुटका नेता भीम रावलमाथि कारबाही भएको छ । रावल प्रधानमन्त्री ओलीका आलोचक रहिआएका छन् । ओलीले आफ्नो गुटको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि राजधानी बाहिर निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई विरोध गर्ने सम्भावित तयारीलाई स्थानीय प्रशासनले कडाईकासाथ नियन्त्रण गर्ने तयारी गरेको बताईएको छ । सभामा सहभागिता जनाउन आउने कसैलाई पनि कालो रंगको मास्क समेत नलाउन प्रशासनले उर्दी जारी गरिसकेको छ । प्रधाानमन्त्री ओलीक...
सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मिनेन्द्र रिजाल

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मिनेन्द्र रिजाल

राजनीति
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे । उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा काँग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको जिकिर थियो । रासस...
प्रतिनिधि सभा विघटन हुँदा सत्यानाश भएको छैन : खिमलाल भट्टराई

प्रतिनिधि सभा विघटन हुँदा सत्यानाश भएको छैन : खिमलाल भट्टराई

राजनीति
काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा सत्यानाश नभएको दावी गरेका छन् । राष्ट्रिय सभाकाे बिहीबारकाे बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका भट्टराईले पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटनकाे अवस्था आएको बताएका छन् । ‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन् ।’ उनले सरकार र संसद दुवै चल्न नसक्ने परिस्थिति भएकाले यो अवस्था आएको बताएका छन् । धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन् । आफ्नो सरकारले काम नगर्ने ठान्दा र संसदमा वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पनि उनले बताएका छन् । यतिमात्र होइन, उनले अहिले ओलीले भोगेको अवस्था हिजो विपी कोइरालाल...
‘प्रधानमन्त्री ओलीको कार्यशैलीले प्रतिनिधि सभा विघटन र नेकपा विभाजन भयो’

‘प्रधानमन्त्री ओलीको कार्यशैलीले प्रतिनिधि सभा विघटन र नेकपा विभाजन भयो’

Featured, राजनीति
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको आराेप लगाएका छन् । आजकाे राष्ट्रिय सभा बैठकमा बिषेश समय लिएर बोल्दै नेकपा उपाध्यक्षसमेत रहेका गाैतमले आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गर्दा नेकवा विभाजन भएकाे बताए । “प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।” उनले भने । यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन् । “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए...
माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

राजनीति
काठमाडाैँ । गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ। नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहेका छन्। संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए। युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्था...
१५ हजार घुस लिने इन्सपेक्टर निलम्बित

१५ हजार घुस लिने इन्सपेक्टर निलम्बित

राजनीति
काठमाडौं । १५ हजार रुपैयाँ घुस लिने नेपाल प्रहरीका एक इन्सपेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहले बुधबार निलम्बन गरेको हो । गत आइतबार महागरीय प्रहरी परिसर काठमाडौंले उनलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । सवारी ज्यान मुद्दामा उनले यातायात समितिसँग पैसा लिएका थिए । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई निलम्बन गरिएको हो ।...
प्रचण्ड-नेपाल पक्षकाे पकडमा कर्णाली प्रदेश सरकार

प्रचण्ड-नेपाल पक्षकाे पकडमा कर्णाली प्रदेश सरकार

राजनीति
सुर्खेत । नेपाल कम्यृनिस्ट पार्टी (नेकपा) नेकपाको प्रचण्ड–माधव पक्षले कर्णाली प्रदेश सरकार आफ्नो पकड बढाएको छ । नेकपा राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड-नेपाल’ पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए । ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायाले खेमा परिवर्तन गरेपछि अब प्रचण्ड–माधव पक्षमा २२ जना सांसद पुगेका छन् । योसँगै मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशसभामा आवश्यक बहुमत पनि पुग्ने देखिएको छ । प्रतिनिधि सभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामा...
प्रतिनिधि सभा विघटनविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनविरुद्ध नेविसंघले उल्टो हिँडेर प्रदर्शन गर्ने

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले विरोध प्रदर्शन गर्ने भएको छ । नेविसंघको केन्द्रीय कमिटीले पुस २४ गते शुक्रवार (भोलि) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न लागेको हो । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै भोलि दिउँसो १ बजे माइतरमा उल्डो हिँडी प्रदर्शन गर्न लागेको हो । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संविधान विपरित भएकाले सांकेतीक रुपमा उनको कदमको उल्डो हिँडेर प्रदर्शन गर्न लागेको हो । त्यस्तै नेपाली कांग्रेसले संसद विघटनको विरुद्ध पुस २५ गतेबाट शुरु गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन समेत आह्वान गरेको छ ।...
किन बाबुरामको पिछलग्गू बन्दैछन् पौडेल? अझै राष्ट्रपतिको लोभ !

किन बाबुरामको पिछलग्गू बन्दैछन् पौडेल? अझै राष्ट्रपतिको लोभ !

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई सत्तामा टिकाइराख्न विभिन्न हत्कण्डा अपनाइरहेका छन् । उनले आफ्नै पार्टीले पाएको झण्डै दुईतिहाइको बहुमतलाई समेत विश्वास गरेनन् । ओलीले संसद विघटन गरेर दुईतिहाइको बहुमत तहस–नहस बनाएका छन् । ओलीले संसद विघटन गरेर वैशाखमा मध्यावधी निर्वाचन गर्ने जनाएका छन् । तर, ओलीले वैशाखमा कुनैपनि हालतमा निर्वाचन नगर्ने उनकै निकटका नेताहरूले बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासमा लिएर संसद विघटन गरेर वैशाखमा निर्वाचनको तयारी गरेका ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कुनै पनि काम गरेका छैनन् । ओली निकटका एकजना केन्द्रीय सदस्यले भने, ‘वैशाखमा निर्वाचन हुँदैन । निर्वाचन भइहाल्यो भने आगामी मंसिर–पुस महिनातिर होला ।’ ओलीले संसद विघटन गरेर आफू अनुकूलको निर्णय गर्नका लागि विभिन्न तयारीहरू गरिरहेका छन् । ओलीले संकट लगाउने विषयमा पनि निकटा नेता...
राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै

राजनीति
काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । आज दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७' सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची तय गरिएकाे छ। त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ। १७ गतेको बैठकमा विभिन्न पार्टीका शीर्ष नेताले प्रतिनिधि सभा विघटन गरिएकोमा प्रधानमन्त्री ओलीको तीव्र आलोचना गरेका थिए। पुस १७ गते सुरु भएको सातौं अधिवेशनको आज दोस्रो बैठक बस्न लागेको हो।...