राजनीति

प्रचण्ड आज स्वदेश फर्कंदै

प्रचण्ड आज स्वदेश फर्कंदै

राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ । पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नी सँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । सीतासँग उनका छोरीहरु छन्।...
नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

राजनीति
काठमाडाैँ । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको क्रुर हस्तक्षेप मात्रले नपुगे पछी सम्पुर्ण लाजशर्म पचाउदै चीनले अब नेपालको राजनीतिमा दखल दिन एजेन्ट नै खटाउने कार्य थालेको भेटिएको छ। यहाँ सम्म कि उनीहरूले नेपालको न्यायपालिकामा नै बिचौलियाहरूकाे ब्यवस्थापन गर्न खोजेका छन । उच्च स्राेतका अनुसार चिनियाँ राजदूत यान्छीले हिजाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतमसँग करीव एक घण्टा लामो भेटघाट गरेर चिनियाँ उद्देश्यबारे बताएकी छिन । स्राेतले भन्याे,' भेटघाटकाे क्रममा राजदूत  यान्छीले  वामदेव गौतमलाई चिनियाँ उद्देश्य नेपाली उद्देश्य भन्दा बढी महत्वपूर्ण रहेको बताएकी थिइन्।' स्राेतका अनुसार चिनियाँहरूले प्रचण्ड र माधव नेपाल समूहका अधिकांश नेताहरूलाई आफ्नो हितमा 'डिल' गर्न तयार पारेका छन्।  ती चीन निकटका नेताहरू अहिले काठमाडाैँमा गाेप्य बैठक...
भीम रावलले प्रधानमन्त्रीमाथि लगाए यस्ताे गम्भीर आराेपमा

भीम रावलले प्रधानमन्त्रीमाथि लगाए यस्ताे गम्भीर आराेपमा

Featured, राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक कोही हो भने केपी शर्मा ओली हो ।’ शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको उनले बताए । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपहरुसहित दुई पन्ने पत्र पठाएर ओली अनुपस्थित भएको उन...
प्रधानमन्त्रीले भने-एकपटक संविधान पढ्नुस्, के छ त्यसमा?

प्रधानमन्त्रीले भने-एकपटक संविधान पढ्नुस्, के छ त्यसमा?

Featured, राजनीति
धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन् । म तिनीहरुलाई कोरा राजनीतिक कुरा मात्र नगरेर एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु । ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री म हो । मैले देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । म ताजा जनादेशमा जान चाहन्छु भनेर सिफारिस गरेँ,’ उनले अघि भने, ‘६४ प्रतिशतको नेता म हो, अर्को विकल्प छैन संसदमा । विकल्प नभएपछि प्रतिनिधिसभा पुनर्स्थापना संवैधानिक, व्यवहारिक, अन्तर्राष्ट्रिय प्रचलन कुनै हिसावले हुन्न ।’ कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले भने, ‘चुनाव वैशाख १७ गते...
प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनबिरुद्ध कांग्रेसले भाेलि ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले भोली ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ प्रतिनिधि सभा विघटनबिरुद्ध प्रदर्शन गर्ने भएकाे छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बुढानिलकण्ठ जाने छन । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् भने प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुने भएका छन् । यसैगरी क्षेत्र नम्बर ४ को दुबै निर्वाचन क्षेत्रमा नेता गगन थापाले कपन, ह्याण्डबल मैदानमा सम्बोधन गर्ने छन् भने निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बो...
नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

नेकपाका नेताहरुसँग चिनियाँ राजदूत यान्छीको गोप्य भेटघाट

राजनीति
काठमाडौं । अनाैपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएकाे दिनदेखि नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले साेही पार्टीका शीर्ष नेताहरूसँग गाेप्य भेटवार्ता सुरू गरेकी छन्। नेकपाका उच्चस्तीय नेताहरुसँग गोप्य भेटघाट शुरु गरेर मिल्न सुझाव दिइरहेकी छन्। उच्च सुरक्षा स्रोतका अनुसार बुधबार दिउँसो गृहमन्त्री रामबहादुर थापासँग गोप्य भेटघाट गरेकी यान्छीले विहिबार नेकपाका अर्का नेता वामदेव गौतमसँग नक्सालस्थित एक रेष्टुरेण्टमा भेटघाट गरेकी थिइन् । उनले दुवै जनासँग भेटघाटकाे क्रममा सकेसम्म विवाद मिलाउन दबाब दिएकी थिइन्। बुधबार मात्रै यान्छीले केपी ओली समूहका अन्य नेताहरुलाई भेटघाट गरेकी थिइन । उनले नेताहरुको व्यवस्थापनमा समस्या रहेकाले त्यसलाई जसरी टुंग्याएर अघि बढ्न चिनियाँ नेताहरुको सुझाव रहेको बताएकी थिइन । राजदूत यान्छीले गृहमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रभावशाली नेता ...
नेविसंघले गर्‍याे उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध

नेविसंघले गर्‍याे उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध

राजनीति
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रतिनिधि सभा विघटनकाे विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासहित उल्टो यात्रा तय गरेकाे छ । काठमाडौंमा उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध जनाउँदै नेविसंघका नेता कार्यकर्ता माइतीघर मण्डलाबाट बानेश्वरसम्म पुगेका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलियासहित हजाराैं कार्यकर्ताकाे सहभागिता थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको नेविसंघले जनाएकाे छ। प्रधानमन्त्रीले संविधान मिचेर उल्टो बाटो हिडेकाले सच्चिका लागि दबाब स्वरूप उल्टाे हिँडेर विरोध गरिएकाे हाे। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । ओ...
प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान खोष्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान खोष्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरेमा व्यवस्था नै जाने खतरा उत्पन्न हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रवक्ता श्रेष्ठले संबिधानले दिदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको विघटन गरिएको बताउदै सर्वोच्चले संबिधान अनुसार नै फैसला दिने विश्वास व्यक्त गरेका छन् । उनले सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई सदर गरेमा त्यो संबिधान विपरित हुने र व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न हुने चेतावनी दिए । उनले सर्वोच्चले संबिधान संशोधन गर्ने प्रयास गर्यो भने यो संबिधान कागजको खोष्टोमा परिणत हुने र समग्र व्यवस्था नै खतरामा पर्ने हुनसक्ने बताए । श्रेष्ठले तत्कालको प्रतिगमन मात्र नभएर दिर्घकालमा जनताका उपलब्धिहरु सधैका लागि अपहरित भएका त होइनन भन्ने आशं...
प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल

राजनीति
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् । कपिलवस्तुमा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर प्रतिनिधि सभा विघटन गरेको दावी गरे । उनले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका नेताहरुलाई सुझाव समेत दिएका छन् । प्रदेश सरकारले हुलाकी सडक निर्माणलाइ प्रथामिकतामा राखेर काम गरिरहेकाे बताउदै उनले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताए । मुख्यमन्त्री पोखरेलले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई सरकारले तत्काल लालपुर्जा उपलव्ध गराउने बताए ।...
प्रधानमन्त्री ओली धनगढी नपुग्दै बिरोध प्रदर्शन सुरु

प्रधानमन्त्री ओली धनगढी नपुग्दै बिरोध प्रदर्शन सुरु

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न जाँदैछन् । प्रधानमन्त्री ओली विहान १० धनगढी प्रस्थान गर्ने भनिएपनि माैसमका कारण केहि ढिला भएकाे छ। तर प्रधानमन्त्री ओली  पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ। नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड-नेपाल समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रदर्शन गरेकाे हाे । प्रधानमन्त्री ओली धनगढी जाने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यव्स्था कडा बनाएकाे छ । कार्यक्रममा सहभागी हुन जानेहरूलाइ कालाे मास्क लगाउन समेत प्रतिवन्ध लगाइएकाे छ ।...