राजनीति

सरकारको लोकतन्त्र विरोधी कार्य गर्‍याे, कडा शब्दामा भत्र्सना गर्दछु : राप्रपा अध्यक्ष जबरा

सरकारको लोकतन्त्र विरोधी कार्य गर्‍याे, कडा शब्दामा भत्र्सना गर्दछु : राप्रपा अध्यक्ष जबरा

Featured, राजनीति
काठमाडौं । पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा सरकारले दमन भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चर्काे आलोचना गरेकाे छ । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले नागरिकको नैसर्गिक अधिकार र लोकतन्त्रविरोधी कार्य सरकारले गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका हुन् । ‘सरकारको लोकतन्त्र विरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहने छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका देनलाई राप्रपाले सदैव उच्च सम्मान गरीरहनेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्र निर्माताप्रति श्रद्धान्जली अर्पण गर्ने नागरिकहरुमाथि सरकारको क्रुर दमन अत्यन्त निन्दनीय छ, अन्यायपूर्ण छ । यसको म कडा शब्दामा भत्र्सना गर्दछु,’ राणाले सोमबार भने । भद्रकालीमा भेला भएर शान्तिपूर्ण रुपमा पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा माल्यार्पण गर्न अघि बढेका नागरिक समूहहरुलाई प्रहरीले रोक लगाएपछि ...
विद्यार्थीले जलाए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको पुत्ला

विद्यार्थीले जलाए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको पुत्ला

Featured, राजनीति
सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् । विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् । उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सिंहको पुत्ला जलाएका हुन् । आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो । विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।...
नेकपा ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो

नेकपा ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी संख्या १ हजार ५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अपानिमा उल्लेख छ । यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्‍याएका थिए ।...
मन्त्री रायमाझीलाई कालोझण्डा

मन्त्री रायमाझीलाई कालोझण्डा

राजनीति
नवलपुर । नेकपा ओली समूहको भेलामा आएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई नेकपाकै प्रचण्ड–नेपाल समूहले कालोझण्डा र प्रतिगमनको ब्यानर टाँगेर विरोध जनाएको छ । नवलपरासीपूर्व कावासोतीस्थित रिसोर्टमा आइतबार नेकपा (ओली समूह) को कार्यकर्ता भेला रहेको थियो । भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएकाबेला प्रचण्ड–नेपाल समूहले कार्यक्रमस्थल बाहिर कालोबलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो व्यानर बनाएर उडाएको थियो । प्रचण्ड–नेपाल समूहले कावासोतीका राजमार्ग छेउछाउका बिजुलीका पोलहरुमा पनि कालोझण्डा टाँगेका थिए । कार्यक्रम शुरु हुनुभन्दा केही समयअघि ठाउँठाउँमा कालोझण्डा टाँगेपछि मन्त्री रायमाझी आउनुभन्दा कालोझण्डा र ब्यानर हटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । पुराना कावासोती बजारदेखि रामनगर चोकसम्म नेकपा प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले विजुलीको पोल र प्रतिक्षालय अग...
नेकपा मिलाउन १३ सदस्यीय अर्को चिनियाँ टोली काठमाडौंमा

नेकपा मिलाउन १३ सदस्यीय अर्को चिनियाँ टोली काठमाडौंमा

राजनीति
काठमाडौं। सत्तारुढ नेकपाको एकिकरणमा भूमिका खेलेको चिनियाँ कम्युनिष्ट पार्टी नेकपालाई जसरी एकिकरण गराइराख्ने एक सुत्रिए अभियानमा लागेकाे छ। यसका लागि उसले विभिन्न काेणबाट प्रयास जारी राखेको छ। वामदेव गौतमले शुरु गरेको नेकपा एकता अभियान यसैको एउटा कडीको रुपमा रहेकाे छ। जुँगाँको लडाइमा व्यस्त नेकपाका नेताहरुको व्यवस्थापन मुख्य समस्या ठानेको चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका नेताहरुलाई नेतृत्व व्यवस्थापनका लागि सुझाव पनि दिएको छ। यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दुई पदमध्ये एक पद छोड्न लगाई प्रचण्डलाई केन्द्रीय समितिमा ओली विरुद्ध पेश गरेको आरोप पत्र फिर्ता लगाउन पनि चीन लागिपरेको छ। तर ओली नै यसमा राजी नभएपछि चीन अलि हच्केको छ। दोस्रो प्रस्ताव नमानिएको अवस्थामा निकट भविष्यमा हुने चुनावमा कार्यगत एकताको रुपमा सहकार्य गर्न चीनले मनाउने प्रयास गरिरहेको छ। ईश्वर पोखरेलले खाडीचौरमा बोलेको ...
आफ्नै गृहजिल्लामा लखेटिइन् पूर्वमन्त्री बीना मगर(भिडियोसहित)

आफ्नै गृहजिल्लामा लखेटिइन् पूर्वमन्त्री बीना मगर(भिडियोसहित)

राजनीति
कञ्चनपुर । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् । कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए। स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्। कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्र।...
मन्त्रिपरिषद् बैठक सकियो, राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्य गर्ने तयारी

मन्त्रिपरिषद् बैठक सकियो, राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्य गर्ने तयारी

राजनीति
काठमाडौं । आइतवार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सकिएको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए। आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय भएकाे छैन् । आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् । आइतवार नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको तयारी छ।...
मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकाे छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।...
आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

आफ्नै गृहजिल्लामा मन्त्री पद्मा अर्याललाई कालोझण्डा

राजनीति
काठमाडाैँ । आफ्नै गृहजिल्लामा कृषी मन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएकाे छ। नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् । मन्त्री अर्याललाई कालोझण्डा देखाउँदै सरकारविरूद्द चर्काे नाराबाजी लगाएका थिए। सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा पुगेकी थिइन्। कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।...
प्रतिनिधि सभा विघटनविरूद्ध बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियु

प्रतिनिधि सभा विघटनविरूद्ध बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियु

Featured, राजनीति
काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रतिनिधि सभा विघटनविरूद्ध बलयगाडा प्रदर्शन गर्ने भएकाे छ । असंवैधानिक कदम खारेज गर, अवरूद्ध संसद सुचारू गर मुख्य नाराका साथ अनेरास्ववियु आज दिउँसो २ बजे माइतीघर मण्डलामा बलयगाडा प्रदर्शन गर्ने भएकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिन् । संसद विघटन भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै विराेध गरिरहेका छन् । संसद विघटन असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा परेका मुद्दा अहिले विचारधिन अबस्थामा छन् ।...