राजनीति

प्रतिनिधि सभा विघटनको विरोधमा ‘नागरिक सभा’ हुँदै

प्रतिनिधि सभा विघटनको विरोधमा ‘नागरिक सभा’ हुँदै

राजनीति
काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध नागरिक अगुवाहरूले विरोध सभा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो। प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले जानकारी दिए । सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।...
ओलीको बोली र व्यवहार फरकफरक

ओलीको बोली र व्यवहार फरकफरक

पत्रपत्रिका, राजनीति
काठमाडौँ । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ। तत्कालीन सत्तासाझेदार नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार सञ्चालनका विषयमा असन्तुष्टि बढ्दै गएका बेला संसद् विघटन हुने त होइन भन्ने आशंका प्रकट भएको थियो। त्यसलाई आश्वस्त पार्दै तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीले आफूले संसद् विघटन नगर्ने बताएका थिए। ‘थुप्रै हल्लाका पछाडि पनि कुनै चर्चा चलेको मैले देखें। यहाँ छलफल हुँदा पनि हल्लाका कुरालाई आधार बनाएको देखियो,’ त्यसबखत ओलीले भनेका थिए, ‘संसद् विघ...
प्रचण्ड–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

प्रचण्ड–नेपाल समूहद्वारा मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन

Featured, राजनीति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो । प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गर...
मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न आयोगको निर्देशन

मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न आयोगको निर्देशन

राजनीति
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन सुझाव दिए । प्रमुुख निर्वाचन आयुुक्त थपलियाले भने, “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त भएकाले यसको पूूर्ण पालना हुुनुुपर्छ ।” निर्वाचनको घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पूरा मतदाताका सम्बन्धमा द्विविधामा नपर्न तथा मतदाता नामावली निर्वाचन व्यवस्थापनको आधारभूत पक्ष भएकाले शुद्ध र त्रुटिरहित तुुल्याउने पाटोमा हेक...
राजदूत फिर्ता बोलाउने गृहकार्य भएको छैन : परराष्ट्र मन्त्रालय

राजदूत फिर्ता बोलाउने गृहकार्य भएको छैन : परराष्ट्र मन्त्रालय

राजनीति
काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको स्पष्ट पारेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उक्त समचारमा कुनै सत्यता नरहेको जनाएको छ। ‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट एकिन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।...
‘सरकारविरुद्ध नागरिक समाजसहितको संयुक्त मोर्चा गठन !’

‘सरकारविरुद्ध नागरिक समाजसहितको संयुक्त मोर्चा गठन !’

राजनीति
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रतिनिधि सभा विघटन संवैधानिक ‘कू’ भएकाले त्यसविरुद्ध बृहत संयुक्त मोर्चा गठन गरिने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्जसमेत रहेका शर्माले उक्त मोर्चामा राजनीतिक दलहरुका साथै नागरिक समाजको समेत सहभागिता हुने बताए । ‘यस्तो मोर्चाले उपलब्धि हासिल गरिसकेपछि सबैको संयुक्त स्वामित्व स्थापित गरी कम्तीमा १० वर्षसम्म सँगसँगै जाने वातावरण मिलाइने छ,’ सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसले मात्र राष्ट्रिय स्वाधिनता र संविधानको संरक्षण गर्नेछ ।’ विगतमा संयुक्त संघर्षबाट प्राप्त उपलब्धिमा राजनीतिक दलले मात्र स्वामित्व लिँदा अहिलेको अवस्थामा सिर्जना भएको पनि उनले बताए । नेता शर्माले सरकारले गरेको संसद विघटन देशलाई निरंकुशतातर्फ लैजाने पहिलो ‘स्टेप’ मात्र भएको बताए । प्रधानमन्त्री के...
‘केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे’

‘केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे’

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताए । ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएकाले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको उनको आरोप थियो । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।...
‘सीमा नाका चाँडै खुल्छ’

‘सीमा नाका चाँडै खुल्छ’

राजनीति
बारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सभालाई सम्बोधन गर्दै उनले नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका हुन् । ‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उनले भने, ‘सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’ सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे ।...
पृथ्वी जयन्ती मनाउने नागरिकमाथि प्रहरीको हस्तक्षेप, मनीषा कोइराला आक्रोशित

पृथ्वी जयन्ती मनाउने नागरिकमाथि प्रहरीको हस्तक्षेप, मनीषा कोइराला आक्रोशित

Featured, राजनीति
काठमाडौं । २९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानी काठमाडौंको सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुगेको समूहमाथि प्रहरीले पानीको फोहोरा हानेको छ। प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि त्यहाँ केहीसमय झडपसमेत भएको छ। प्रहरीले हस्तक्षेप गरेपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल आयोजक समितिकी एक सदस्य तथा बलिउड अभिनेत्री मनिषा कोइरालाले आक्रोशित भएकी छन्। https://twitter.com/mkoirala/status/1348577136869691397?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1348577136869691397%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.dcnepal.com%2F2021%2F01%2F218484%2F उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेकी छन्। उनले भनेकी छन्, ‘राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार...
राजेन्द्र महतोलाई कालो झण्डा

राजेन्द्र महतोलाई कालो झण्डा

राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई कालो झण्डा देखाइएकाे छ। उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् । चुनावभन्दा अघि शहीदको परिवारलाई ५० लाख रूपैयाँ दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।...