राजनीति

प्रतिनिधि सभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीहरुको ठहर

प्रतिनिधि सभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीहरुको ठहर

राजनीति
काठमाडौं । विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ । नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ । लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यका प्रत्येक अङ्ग र पदाधिकारीको संवैधानिक र राजनीतिक जिम्मेवारी रहेको स्मरण गराउँदै उनीहरुले दलभित्रको आन्तरिक समस्यालाई कारण बनाएर जनप्रतिनिधि संस्थालाई खण्डित गर्न नहुनेमा जोड दिएका छन् । नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले उपधारा (१) देखि ६० सम्मका विकल्प प्रयोग गरिसक्दा पनि नयाँ सरकार द...
‘केपी ओलीभन्दा माधव नेपाल हजार गुणाबढी इमान्दार’

‘केपी ओलीभन्दा माधव नेपाल हजार गुणाबढी इमान्दार’

राजनीति
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधबकुमार नेपाल सुशासनको पक्षधर रहेको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको र केपी शर्मा ओलीभन्दा हजार गुणाबढी इमान्दार भएको बताएका हुन् । ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, छन् प्रचण्डले भने । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’ प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने । आफूहरु जालझेल गर्नेको पक्षमा न...
पार्टीका नेताहरुले सरकारलाई घेराबन्दीमा पारेपछि संसद विघटन भएको हो : मन्त्री अर्याल

पार्टीका नेताहरुले सरकारलाई घेराबन्दीमा पारेपछि संसद विघटन भएको हो : मन्त्री अर्याल

राजनीति
स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दी गरेपछी संसद विघटनको अवस्था आएको बताएकी छिन् । स्याङ्जामा आयोजित ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय गरेको बताइन् । पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको उनको भनाइ थियो । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत दावी गरिन् । ‘पार्टी एकता भएपछि बिचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । मन्त्री अर्यालले भनिन् ।...
प्रधानमन्त्री पदका लागि ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरे : प्रचण्ड

प्रधानमन्त्री पदका लागि ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरे : प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोडेको दावी गरेका छन् । गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले मदन भण्डारीको बाटो ओलीले छाडेको बताए । साथै उनले जबज माधवकुमार नेपालले नभएर ओलीले परित्याग गरेको दाबी गरे । "म प्रमाणका साथ भन्न सक्छु । पार्टी एकता, सरकारसम्बन्धी अन्तिम बैठक थियो । दुइटा पार्टीको लाइनका विषयमा लामो बहस भएको थियो । माधवजीले अहिले नै जबज छोड्दा राम्रो हुँदैन्,कार्यक्रम राख्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो । हामीले मानेनौं । अघि बढ्नका लागि साझा कार्यक्रम बनाउनुपर्छ भन्ने बहस भयो । अन्तिममा हामी दुईजनाको बस्यौं । जनताको बहुदलीय जनवाद छाडेर समाजवादउन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गरेको ओलीले नै हो,’’ उनले ठोकुवा गरे । ओलीले प्रधानमन्त्री प्राप्त गर्नका लागि जबज छाडेको रहेछ भन...
ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त भयाे : नारायणकाजी श्रेष्ठ

ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त भयाे : नारायणकाजी श्रेष्ठ

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त बनाएकाे बताएका छन् । मंगलबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले उनले केपी ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त गरेको तथा संविधान नै च्यात्न खोजेको बताए । साथै उनले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्ने दावी गरेका छन् । ‘एक जना व्यक्तिलाई प्रधानमन्त्री बनिरहने रहरले संविधान च्यात्न र लोकतन्त्रलाई ध्वस्त बनाउन पाइन्छ ? यो कुराको जवाफ केपी ओली र उनका समर्थकले दिनुपर्छ’ केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाई छ । उनले ओलीको पुस ५ गतेको प्रतिगामी कदम नसच्चिएसम्म संघर्ष जारी रहने र अन्ततः ओलीको प्रतिगामी कदमलाई धुलो चट...
प्रतिनिधि सभा विघटनविरुद्ध दाँत माझेर प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध दाँत माझेर प्रदर्शन

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे । यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।...
प्रचण्डले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएकाले वर्तमान अवस्था आयो : मन्त्री गुरुङ

प्रचण्डले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएकाले वर्तमान अवस्था आयो : मन्त्री गुरुङ

राजनीति
काठमाडाैं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पुष्कमल दाहाल प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बनाइरहेकाे बताएका छन् । क्रियाशिल दलित पत्रकार संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने रणनीति बनाउँदा अहिलेको राजनीतिक अवस्था निम्तिएको बताए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनाव हुने विषयमा अन्योलमा बस्न नपर्ने पटक-पटक बताइ सक्नु भएको छ’ उनले भने ‘कांग्रेसले वडा–वडामा कार्यक्रम चाइरहेको छ, यो भनेको चुनावी माहोल बनिसकेको भन्ने हो । अब चुनाव कसैले रोकेर रोकिंदैन ।’ कार्यक्रममा दलित समुदायबाट क्रियाशिल रहेका पत्रकारहरु कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा र प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।...
निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

राजनीति
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका अधिकृतहरूलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् । उनले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला, कुनै कमी हुन दिइने छैन ।” शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरूप कामकारबाही अघि बढाउन पनि निर्देशन दिए ।...
सरकारको मुख्य जोड निर्वाचन: पर्यटनमन्त्री ढकाल

सरकारको मुख्य जोड निर्वाचन: पर्यटनमन्त्री ढकाल

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए । मन्त्री ढकालले भने, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।” मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१० र ९७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी थिइन् । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर...
प्रधानन्यायाधीश जबराको इजलासमा एनसेल लाभकर मुद्दा

प्रधानन्यायाधीश जबराको इजलासमा एनसेल लाभकर मुद्दा

Featured, राजनीति
काठमाडौं । अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको एनसेलकाे मुद्दामा आज सुनुवाइ हुँदैछ । स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो। एनसेलको मुद्दा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ। २०७२ चैत २९ गते एनसेलको स्वामित्व (८० प्रतिशित) टेलिया सोनेराबाट आजियटामा सरेको थियो। स्वामित्व परिवर्तन हुँदा लाग्ने करस्वरूप ठूला करदाता कार्यालयले २०७७ पुस १० गते प्रारम्भिक कर निर्धारण गरेको थियो। यसको विरोधमा एनसेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा अर्थ मन्त्रालय, ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ। आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाइ तोकिएको थियो। सोमबार न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा समय अभावले हेर्न नभ्याइनेमा परेको थियो।...