राजनीति

विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

Featured, राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले राजनीतिक संवाद समिति गठन गरेको छ। विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि संवाद समिति गठन गरिएकाे विवेकशील साझा पार्टीले जनाएकाे छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए । केशब दाहालको संयोजकत्वमा गठन भएको उक्त समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेका छन्।...
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि बहस सुरु

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथि बहस सुरु

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सुरु भएको छ । संसद विघटनविरुद्ध परेको रिटभाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । आजको बहस त्यसमै केन्द्रीत रहने बताइएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।...
नेकपा प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

नेकपा प्रचण्ड-नेपाल समूहको बागमती प्रदेशस्तरीय भेला आज

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दैछ। आज दिउँसो १२ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-नेपाल समूहले मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो । सबै प्रदेशमा भेला सकिएपछि माघ २ गतेदेखि विरोध प्रदर्शनका कार्यक्रम शुरु गर्ने प्रचण्ड-नेपाल समूहले जनाएको छ।...
संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे सुनुवाई गर्ने संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । वरिष्ठ अधिवक्ताहरुले न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । गत बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो । प्रधानन्यायाधीश जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । आजको इजलासमा संसद विघटनविरुद्धको रिटको सुनुवाई संबैधानिक इजलासमै हुने या बृहत पूर्ण इजलासमा गर्ने भन्ने टुंगो लगाउने अनुमान गरिएको छ ।...
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवादमा परेकाे प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।...
परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

पत्रपत्रिका, राजनीति
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ मा बसेको थियो । नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् । त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग, पर्यटनमा साझ...
कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना खोप खरिद, सीमा समस्या र आर्थिक साझेदारीको मुद्दा लिएर भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति
काठमाडौं । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पुर्याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्धलाई पुनः हार्दिक बनाउन परराष्...
प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेर झूट किन बोल्नुभएको ? : भीम रावल

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेर झूट किन बोल्नुभएको ? : भीम रावल

Featured, राजनीति
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ‌ं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ लेख्न मन लागेर लेखेको होइन । तपाई‌ंले २०७७ साल पुस २४ गते धनगढीको एउटा आमसभामा प्रधानमन्त्रीको गरिमा र मर्यादालाई समेत ख्याल नगरी तथ्यहीन कुरा गर्नुभएकोले सत्य-तथ्यको स्मरण गराउन यो पत्र लेख्न बाध्य भएको छु । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति गलत सूचनाको आधारमा बरालिँदा देश र जनताले दुःख पाउनसक्ने र स्वयं त्यस्तो महत्वपूर्ण पदको मर्यादा क्षतविक्षत हुनसक्ने स्थितिप्रति संवेदनशील...
विचारधीन मुद्दामा बोल्नु उपयुक्त हुदैन, अदालतको निर्णय स्वीकार्य हुन्छ : देउवा

विचारधीन मुद्दामा बोल्नु उपयुक्त हुदैन, अदालतको निर्णय स्वीकार्य हुन्छ : देउवा

राजनीति
सिन्धुपाल्चोक । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् । सिन्धुपाल्चोकमा भएका एक कार्यक्रमा बोल्दै सभापति देउवाले संसद विगटनमा अदालतको निर्णय स्वीकार्य हुने बताए। साथै उनले संसद विघटन असंवैधानिक कदम भए पनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताए । ‘अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन’, देउवाले भने, ‘अदालतले संसद पुनस्र्थापना गर्‍यो भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनावको निर्णय गरे चुनावमना भाग लिन्छ ।’ अदालतको निर्णय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउँमा भएका कार्यक्रम चुनावको लागि पनि काम लाग्ने बताए ।...
संसद विघटनविरुद्ध संविधान पढेर प्रदर्शन

संसद विघटनविरुद्ध संविधान पढेर प्रदर्शन

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै संविधानका धाराहरु पढेर प्रदर्शन गरेका छन् । युवाहरुले मंगलबार माइतीघर मण्डलामा 'म्याग्निफाइङ ग्लास' लिएर नेपालको संविधानका धाराहरु पढेर प्रदर्शन गरेका हुन् । संविधानका जुन धारा प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेका छन् ती धारा 'म्याग्निफाइङ ग्लास' लगाएर हेर्दा पनि नभेटिने भन्दै युवाहरुले व्य‌ंग्यात्मक रुपमा प्रदर्शन गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको अहिले विरोध भइरहेको छ । संसद पुनर्स्थापनाको माग गर्दै परेमा रिटमा सर्वाेच्च आदातलमा विचराधिन अवस्थामा छन् ।...