राजनीति

ओली सरकारले सामाजिक र राजनीतिक अधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

ओली सरकारले सामाजिक र राजनीतिक अधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारले प्रहार गरिरहेकाे बताएका छन् । माघ १ गते पर्ने विभिन्न पर्वहरुको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको आपसी एकताबाट पैदा भएको सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन भएकाे हाे तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको उनकाे भनाइ छ । ‘थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास...
संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर

संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर

राजनीति
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनः स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको अफर गरेका छन् । बुधबार साँझ ६ बजेदेखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गोप्य भेटमा प्रचण्ड–माधवले संयुक्त संर्घषदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरेका हुन् । देउवाले प्रचण्ड–माधवको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने बताएका छन् । प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन ग...
निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा फुटेको छैन

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् । साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकता भंगको घोषणा गरेको हुने दाबी गरेका छन् । निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् । ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भनेका छन्, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजन भएको छैन र, होइन ।’...
मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्ः निर्वाचन आयोग

मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस्ः निर्वाचन आयोग

राजनीति
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढाउँदै लगिने बताए । प्रमुख थपलियाले भने, “मतदाता नामावली...
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको आह्वानमा बैठक केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रचण्डले प्रमाण पेश गर्न ओलीलाई दिए खुला चुनौती

प्रचण्डले प्रमाण पेश गर्न ओलीलाई दिए खुला चुनौती

राजनीति
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उनले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’ बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?...
स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छः मुख्यमन्त्री पौडेल

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छः मुख्यमन्त्री पौडेल

राजनीति
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र बताएका छन् । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै उनले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पतालले पनि सुविधासम्पन्न सघन उपचार केन्द्र तथा ट्रमा सेन्टरसमेत सञ्चालन गरेर स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताए । मुख्यमन्त्री पौडेलले अबका दिनमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा जटिलभन्दा जटिल स्वास्थ्य समस्याको उपचार हुने वातावरण बन्दै गएको उल्लेख गर्दै जिल्लामा भएका सबै स्वास्थ्य संस्थाले समन्वय गरेर ज्ञान, अनुभवको आदानप्रदान तथा सहकार्य गरी गुणस्तरीय सेवा प्रवाह गर्न सके राम्रो हुने धारणा व्यक्त गरे । उनले जिल्लामा हाल विभिन्न अस्पतालमा गरी आइसियु, सिसियु, भेन्टिलेटरसहित ३५० श्ययाभन्दा बढी सञ्चालनमा रहेको बताउँदै यहाँ सञ...
ओलीको जोक्करपनको पछि कोही लाग्दैन : प्रचण्ड

ओलीको जोक्करपनको पछि कोही लाग्दैन : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने बताएका छन् । काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रचण्ड-नेपाल पक्षीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीकाे जोक्करपनकाे पछाडी कोही नलाग्ने भएकाले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति भरोसा रहेको बताए । आफूहरूलाई भगौडा भनिएकोप्रति आपत्ति जनाउँदै ओलीलाई प्रचण्डले पश्न गरे, ‘७२ प्रतिशत केन्द्रीय समिति भएको पक्ष भगौडा हुने, अनि ३० प्रतिशत पनि नभएका चाहिं आधिकारिक? केपी ओलीको दिमागबाहेक अन्त कहीँ यस्तो हुन्छ?’ बैठक बस्न आग्रह गर्दा सधैं भाग्ने ओली नै भगौडा भएको उनको तर्क थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको उनको आरोप छ। दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गर...
संविधान पढ्न ल क्याम्पस आउन प्रधानमन्त्री ओलीलाई अनेरास्ववियुकाे आग्रह

संविधान पढ्न ल क्याम्पस आउन प्रधानमन्त्री ओलीलाई अनेरास्ववियुकाे आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । बुधबार अनेरास्ववियुले प्रधानमन्त्रीको 'असंवैधानिक' कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन अनुरोध गरेको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीका लागि गैरसंवैधानिक कदम चालेको र संविधानकाे गलत व्याख्या गरेकाे भन्दै ल क्याम्पसमा पढ्न आउन आग्रह गरिएकाे बताए ।  ...
सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी र उडन्ते : राप्रपा अध्यक्ष थापा

सगरमाथासम्बन्धी भारतीय पत्रकारको टिप्पणी हावादारी र उडन्ते : राप्रपा अध्यक्ष थापा

राजनीति
काठमाडाैं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाका बारेमा गरेको टिप्पणी हावादारी भएकाले टिप्पणी गर्नसमेत लायक नभएको जनाएका छन् पत्रकार चौधरीले ‘माउन्ट एभरेष्ट’को नाम बदलेर ‘सिकन्दर’ राख्नुपर्ने भन्दै भारतीय न्युज च्यानल जी न्युजमा कार्यक्रमार्फत् प्रस्ताव गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् । राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत ट्वीट गर्दै भनेका छन् “सगरमाथासम्बन्धी एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ,” ।...