राजनीति

अझै पर्ख र हेरको मुडमा देउवा

अझै पर्ख र हेरको मुडमा देउवा

पत्रपत्रिका, राजनीति
काठमाडौं । नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय पर्ख र हेर कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिकरुपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा काँग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ । निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा काँग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरुमा छ । नेकपाको विभाजनले केन्द्रमा मात्रै नभइ प्रदेश सरकारमा पनि काँग्रेस निर्णायक देखिएको छ । प्रदेश १ र वाग्मतीमा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । ओली पक्षकै मुख्यमन्त्री पृथ...
प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबार सुनुवाइ हुँदै

प्रतिनिधि सभा विघटन मुद्दामा शुक्रबार सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् । प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संंवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क छ । सर...
परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण : सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण : सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

Featured, राजनीति
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सुरू हुँदैछ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार भारत पुगीसकेका छन् । परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेको केही घन्टामा भारतीय विदेश मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा छलफल हुने विषका बारेमा सामान्य जानकारी गराइएको थियो । तर पत्रकार सम्मेलनमा प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन् । पत्रकार सम्मेलनमा उनलाई बैठकमा सीमा विवादबारे कुराकानी हुन्छ रु भनी सोधिएको थियो । जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम ९संयुक्त आयोग० र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’ भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा द...
अदालतलाई सडकबाट प्रभावित नगरौं : देउवा

अदालतलाई सडकबाट प्रभावित नगरौं : देउवा

राजनीति
पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकबाट अदालतको निर्णय प्रक्रियालाई प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत एक कार्यक्रममा सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गर्न नहुने बताएका हुन् । संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए । विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको उनको तर्क थियो ।...
विप्लव समूहद्वारा नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक

विप्लव समूहद्वारा नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक

Featured, राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा ‘विप्लव’ समूहले संघर्षका कार्यक्रम घोषणा गरेको हाे। बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चन पक्राउ परेको विरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । विप्लव समूहले नेता कञ्चनसँगै पार्टीका नेताहरु विवेक र विशालाई नियन्त्रणमा लिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताएको छ ।...
परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा सीमाकाे मुद्दा उठाउने

परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा सीमाकाे मुद्दा उठाउने

राजनीति
काडमाडौँ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ । मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नुहुनेछ । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र म...
परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको बताइएको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।...
प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल समूह निरन्तर आन्दोलनमा छ ।...
पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

राजनीति
काठमाडौं । पूर्वराज्यमन्त्री एवम् भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौंमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा यादवको बिहीबार बिहान निधन भएको हो । उनी नेकपा बाँकेको इञ्चार्ज थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए उनी । उनलाई यही पुस १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै उनलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । मधुमेहबाटसमेत पीडित यादवको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।...
जनतामा जाँदा कसरी लोकतन्त्रमा समस्या पर्छ ? : मन्त्री नेम्वाङ

जनतामा जाँदा कसरी लोकतन्त्रमा समस्या पर्छ ? : मन्त्री नेम्वाङ

राजनीति
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारी दिए । “पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उनले प्रश्न गरे, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।” अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचन...