राजनीति

नेपाल-भारत सम्बन्धलाई दरिलो बनाउँनुपर्छ : विदेशमन्त्री जयंशकर

नेपाल-भारत सम्बन्धलाई दरिलो बनाउँनुपर्छ : विदेशमन्त्री जयंशकर

राजनीति
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा शुक्रबार मध्यान्हबाट सुरू भएको नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विदेशमन्त्री जयंशकरले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए । बैठकको सुरुमा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री जयंशकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गर्दै नेपालले गरेको आतिथ्यताको प्रशंसा गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गरेका थिए । साथै उनले यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु पनि यो बैठकको प्रमुख उद्देश्य भएको बताए । त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए । नियमित सम...
रामचन्द्र पौडेलकाे दावी : प्रतिनिधि सभा विघटन अवैधानिक भएको ओलीले स्वीकार गरिसके

रामचन्द्र पौडेलकाे दावी : प्रतिनिधि सभा विघटन अवैधानिक भएको ओलीले स्वीकार गरिसके

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको बताएका छन् । प्रधाननन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले अब विरोध प्रदर्शनमा उत्रनु पर्ने कांग्रेस नेता पौडेलकाे भनाइ छ । ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने । सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे ।...
संवैधानिक इजलासका चार न्यायाधीशसँग प्रधानमन्त्रीको गोप्य भेटवार्ता!

संवैधानिक इजलासका चार न्यायाधीशसँग प्रधानमन्त्रीको गोप्य भेटवार्ता!

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग गोप्य भेटवार्ता गरेको खुलेको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ अघि प्रधानमन्त्री ओलीले बालुवाटारमा पालैपालो चार न्यायाधीशसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका चार जना न्यायाधीशसँग गोप्य रुपमा भेटेका स्रोतको दावी छ । प्रधानमन्त्रीको नीजि सचिवालय निकट स्रोतका अनुसार पुस २७ गते सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् र प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन्। कार्की बाहिरिएपछि चार जनाको सैवैधानिक इजलासमा प्रधानन्यायाधीशले मल्ललाई सम...
नेपाल-भारत संयुक्त आयोगको बैठक जारी

नेपाल-भारत संयुक्त आयोगको बैठक जारी

राजनीति
काठमाडाैं । नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबादमा आयोगको बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल हुनेछ । द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना छ । तर भारतले आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्ने प्रस्ट पारेको छ । आयोगको बैठकअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।...
ऊर्जामन्त्री रायमाझी भन्छन् – एमसीसीबारे तत्काल निर्णय लिनुपर्छ

ऊर्जामन्त्री रायमाझी भन्छन् – एमसीसीबारे तत्काल निर्णय लिनुपर्छ

राजनीति
रूपन्देही । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसीबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा गरेको साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले पनि अब एमसीसीबारे निर्णय लिनुपर्ने बताए । ‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’ उर्जामन्त्री रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ । एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँमा उभिनु पर्ने बताए ।...
नेकपा प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक जारी

नेकपा प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक जारी

राजनीति
काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको (प्रचण्ड-नेपाल) नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ । बिहीबार बसेको बैठकमा अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक एकीकरण र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रतिवेदन पेस गरेको थियो ।...
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

Featured, राजनीति
काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । संवैधानिक इजलासले तत्काल टुंग्याउनुपर्ने यो विवादलाई दुवै पक्षको धारणा सुनेर आदेश गर्ने मनस्थिति बनाएपछि कम्तीमा तीन दिनको सुनुवाइ वाञ्छणीय देखिएकाे हाे । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी दाबी गर्ने कानुन व्यवसायीहरूले यो विवाद बृहत् पूर्ण इजलासमा पेस गर्नुपर्ने माग गरेका छन् । महान्यायाधिवक्तासहित सरकारी पक्षका कानुन व्यवसायीहरूको माग भने बृहत् पूर्ण इजलासमा नभई संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुनुपर्छ भन्ने छ । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा अर्थात् प्रतिनिधि सभा विघटन संविधानसम्मत हो क...
सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

राजनीति
कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता र राष्ट्रिय सहमतिबाट मात्रै राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सकिने बताएका छन् । थकाली समुदायको नयाँ वर्ष २१४८ ल्हाङ ल्हो (गाई वर्ग)को अवसरमा तीन गाउँले थकाली सेवा समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा विकसित पछिल्लो घटनाक्रमले राष्ट्रिय एकताको आवश्यकता अझ बढेर गएको बताए । राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि आफूले कैयन यातना सहेको उल्लखे गर्दै प्रदेश प्रमुख शेरचनले भने, “यो बेला धमिलो पानीमा माछा मार्न सकिन्छ भनेर कसैले सपना देखेको छ भने त्यसलाई आम नेपालीको एकताले पराजित गर्नुपर्छ ।” नेपालका सबै जातजाति र समुदायको एकताले मात्र राष्ट्रियता बलियो हुने बताउँदै उनले कुनै पनि किसिमको विदेशी हस्तक्षेप सार्वभौम देशका लागि सह्य नहुने उल्लेख गरे । आदिवासी जनजातिका भाषा, धर्म, संस्कार र संस्कृतिको विकासमा...
किन ढिलाइ हुँदैछ प्रतिनिधि सभा विघटनको मुद्दामा?

किन ढिलाइ हुँदैछ प्रतिनिधि सभा विघटनको मुद्दामा?

पत्रपत्रिका, राजनीति
काठमाडौं । सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन, पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक वा दुई दिन मात्रै सुनुवाइ गर्ने हो भने विवाद निरुपण हुने प्रक्रिया अझै तन्किन्छ । छिटो छरितोरुपमा सुनुवाइ सके पनि निर्णय आउन थप केही साता लाग्ने देखिन्छ । प्रतिनिधि सभा विघटनका सिफारिसबारे यसअघि सर्वोच्च अदालतमा परेका चारवटा निवेदन एक महिनादेखि २ महिनाभित्र टुंगो लागिसकेको अभिलेखबाट देखिन्छ । २०५१ असार २६ गते प्रतिनिधि सभा विघटन भएकामा सर्वोच्च अदालतले दुई महिनापछि भदौ २७ गते फैसला गरेको थियो । दोस्रो प्रतिनिधिसभा विघटनमा सर्वोच्चले करिब ...
निर्वाचनको वातावरण बनाउन लागिपरे ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल पक्ष

निर्वाचनको वातावरण बनाउन लागिपरे ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल पक्ष

पत्रपत्रिका, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे। नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो। दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए। ओली समूहले बालुवाटारमा र दाहाल–नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए। ओली समूहका सदस्यले नेपाल–दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन्। त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पन...