चीनलाई लक्षित गरी नेपालसँग अमेरिकाले सोध्यो यस्ता प्रश्न
काठमाडाैँ । चीनकाे पछिल्लाे रवैयालाई लक्षित गरी अमेरिकाले नेपालसँग प्रश्न सोधेको छ । गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको समयमा नेपाल र चीनको बीचमा भएका केही सम्झौताहरुको बारेमा अमेरिकाले नेपालसँग प्रश्न सोधेको हाे।
मानव अधिकार परिषद्को बैठकको पूर्व सन्ध्यामा अन्य केही मुलुकसँगै अमेरिकाले केही एडभान्स प्रश्नहरु पठाएको थियाे । परिषद्को तेस्रो आवधिक बैठकमा यि प्रश्नहरुबारे छलफल भएकाे हाे । सो बैठकलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्वोधन गरेका हुन् । सो बैठकमा १०० भन्दा बढी मुलुकहरुले बोलेका थिए।
अमेरिकाले चीनसँग भएको सीमा व्यवस्थापन प्रणाली, पारस्परिक कानुनी सहायता सम्झौता र चीनसँग गर्न लागिएको सुपुर्दगी सन्धिकोे पछिल्लो अवस्थाको बारेमा प्रश्न गरेको थियाे।
चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणको समयमा सीमा व्यवस्थापन प्रणाली र कानुनी सहायतको बारेमा सहमति भएको थियो ...








