राजनीति

मध्यावधि निर्वाचन : प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

मध्यावधि निर्वाचन : प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

राजनीति
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्नेलगायतका कार्यका लागि सम्पर्क व्यक्ति तोकिन लागेको आयोगले जनाएको छ । सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी पठाउन उक्त कार्यालयलाई आयोगले आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरेको छ । यसैबीच आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको ...
वाग्मती प्रदेशसभाको बैठकः राजनीतिक स्थिरता कायम राख्न मुख्यमन्त्री पौडेलको आग्रह

वाग्मती प्रदेशसभाको बैठकः राजनीतिक स्थिरता कायम राख्न मुख्यमन्त्री पौडेलको आग्रह

राजनीति
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक स्थिरता, शान्ति र जनताप्रति उत्तरदायी एंव जिम्मेवार हुन प्रदेशसभा सदस्यलाई आग्रह गरेका छन्। आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संविधानको मर्मअनुसार प्रदेश सरकारको गठनलगत्तै तीन वर्षको कार्यकालमा जनतालाई आर्थिक समृद्धि तुल्याउने विभिन्न कार्यक्रम र राष्ट्रिय गौरवका आयोजनाको निर्माण गर्ने कार्य प्रारम्भ गरेको बताए । मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशको १३ वटै जिल्लामा जनताको मागअनुसार स्वास्थ्य उपचार केन्द्र, खानेपानी निर्माण, कृषि सडक, विद्युतीकरण र राष्ट्रिय गौरवका आयोजनाका साथै सडक कालोपत्र गर्ने कामलाई तीव्रता दिएको पनि जानकारी दिए । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले संविधान विपरित प्रतिनिधिसभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरण र दीगो शान्तिका लागि का...
‘प्रधानमन्त्री ओली जनता र संविधान दुवैका हत्यारा हुन्’

‘प्रधानमन्त्री ओली जनता र संविधान दुवैका हत्यारा हुन्’

Featured, राजनीति
राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली महाप्रतिगमनकारी भएको आरोप लगाएका छन्। जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले महाप्रतिगमन गरेको दावी गरे । ‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो । ओली महाप्रतिगमनकारी हुन्,’ महतोले भने । ‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’ ओलीको पतन जरुरी भएको बताउँदै महतोले संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको बताए ।...
संसद विघटनकाे मुद्दा हेर्दाहेर्दैमा

संसद विघटनकाे मुद्दा हेर्दाहेर्दैमा

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज ६ जना अधिवक्ताले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ते व्यवस्था संविधानमा नभएको उल्लेख गर्दै अदालतले संविधानमा भएको व्यवस्थाको व्याख्या गर्नुपर्ने तर्क प्रस्तुत गरे । उनले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा विघटन गर्नु ठीक वा बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरुपण गर्नुपर्नेमा बहस गरे । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सर्वोच्च...
कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

Featured, राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाले रातारात डोजर चलाएर थालेको कमलपोखरी पुनर्निर्माणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सम्पदा अभियन्ता तथा रिट निवेदक सञ्जय अधिकारीले पुरातत्व विभागले कमलपोखरीको मौलिक स्वरूप नबिगार्नु भनेर पत्र पठाउँदा पनि काठमाडौं महानगरपालिकाले अटेर गरी रातारात डोजर चलाएर पोखरीको ऐतिहासिक सम्पदा मास्न लागेको भन्दै आज मुद्धा दायर गरेको हुन् । पुरातत्व विभागले पत्रमार्फत ऐतिहासिक सम्पदा नमास्नेगरी पुरानै स्वरुपमा पुनर्निर्माण गर्न निर्देशन दिएपनि अटेर गरी डोजर चलाएकाले मुद्धा हाल्न बाध्य भएको निवेदक अधिकारीले बताए । महानगरपालिकाले कंक्रिटको प्रयोग गरी कमलपोखरी पुनर्निर्माण गरेपछि अहिले यसको चर्को विरोध भइरहेको छ।...
बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गर्न किन पाउँदैनन्? : प्रधानन्यायाधीश जबरा

बहुमतको प्रधानमन्त्रीले संसद बिघटन गर्न किन पाउँदैनन्? : प्रधानन्यायाधीश जबरा

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा बिघटनका बिरुद्ध सर्वोच्च अदालतमा भइरहेको बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन भन्ने प्रश्न गरेका छन् । बुधबारको सुनुवाइका क्रममा बहसकर्ता कानुन ब्यवसायीहरुलाई उनले यस्तो प्रश्न गरेका छन् । बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसँग भएको सवाल जवाफका क्रममा राणाले यस्तो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश राणाले उठाएको प्रश्नको जवाफमा ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने आधार र कारण दिंदै सरकार बन्ने सम्भावना हुँदासम्म संसद विघटन हुन नसक्ने तर्क राखेका थिए । उनले धारा ७६ (१) र धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने जिकिर गरेका थिए ।...
संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह

संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह

section, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने वडास्तरीय प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधि सभा विघटनको घटनाविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । 'केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,' विज्ञप्तिमा भनिएको छ ।...
संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालतमा जान्छौं : प्रचण्ड

संवैधानिक निकायलाई सहजीकरण गर्न जनअदालतमा जान्छौं : प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकासलाई सहजीकरणका लागि जनताको अदालतमा जाने बताएका छन् । पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताएका हुन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो’, । संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डले बताए । उनले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे । अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उनले बताए ।...
नेकपाभित्रको झगडाले प्रदेश १ को हिउँदे अधिवेशन स्थगित

नेकपाभित्रको झगडाले प्रदेश १ को हिउँदे अधिवेशन स्थगित

राजनीति
बिराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो दिन बैठक नै स्थगित हुने भएको छ । नेकपा टुक्रिएसँगै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि आजको बैठकमा दलका नेताहरुले बोल्न नपाउने भएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको हो । हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ । बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र त्यसपछि आजको बैठक स्थगित हुने छ । अर्को बैठकको मिति सभामुखले तोक्ने छन् । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहको थियो भने प्रचण्ड–माधव पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन...
संसद विघटन मुद्दामा सुनुवाइ सुरु, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रुलिङ

संसद विघटन मुद्दामा सुनुवाइ सुरु, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रुलिङ

राजनीति
काठमाडौं । संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजदेखि विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै सक्न रुलिङ गरेका छन्। अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, 'आजदेखि हामीले समय निर्धारण गरेका छौं, समयभित्रै रहेर बहस गर्नुहोला तपाईंको लागि आधा घण्टा समय छ, बहस सुरू गर्नुहोस्,' । यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन्। एउटै वकिलले ५ घण्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो ।...