संसद पुन:स्थापना वा निर्वाचन दुवैबाट समस्याको समाधान हुन सक्दैन : राजेन्द्र महतो

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् । साथै उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर समेत गरेका छन् ।

सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नमिल्ने बताए । साथै उनले समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने पनि जिकिर गरेका छन् ।

‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुन:स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.