राजनीति

नेकपाको स्थायी कमिटी बैठक बस्दै

नेकपाको स्थायी कमिटी बैठक बस्दै

राजनीति
काठमाडौं । नेकपा (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार १२:३० बजे बैठक बस्ने जानकारी दिए । शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।...
पूर्व माओवादी नेताले भने- प्रचण्ड मुक्त देश बनाउनुपर्छ

पूर्व माओवादी नेताले भने- प्रचण्ड मुक्त देश बनाउनुपर्छ

राजनीति
रौतहट । पूर्व माओवादी नेता तथा शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने धारणा राखेका हुन्। गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’...
देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

देउवालाई सात पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषको नजरमा अब नयाँ प्रधानमन्त्री को?

राजनीति
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको 'ह्याप्पी लुक्स' दुर्लभ मानिन्छ। गएको प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा यस्तै एउटा दुर्लभ दृश्य कैलालीमा देखिएको थियो। चुनावी सभाकै क्रममा २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँग उनी यसरी खुले कि, उपस्थित पत्रकारहरुमेत अचम्ममा परे। त्यसको ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ठोकुवा गरेका थिए - देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन्। प्रधानमन्त्री रहेका देउवालाई पत्रकारहरुले ओलीको भनाइलाई रेफरेन्स लिँदै प्रश्न गरेपछि सुरुमा त झोक्किएका थिए उनी। तर त्यहीँ बोल्दै जाँदा सात पटक प्रधानमन्त्री हुने सन्दर्भ जोड्दा भने ह्याप्पी लुक्समा उनको अवतरण भयो। 'म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले,' यति भन्दै गर्दा देउवा तनक्क तन्किँदा बिछ...
महेश बस्नेतले भने – साइबर सेनाले प्रचण्ड–माधवलाई ठेगान लगाउँछ

महेश बस्नेतले भने – साइबर सेनाले प्रचण्ड–माधवलाई ठेगान लगाउँछ

राजनीति
पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले नेकपाको फुटमा साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहेको बताएका छन् । उनले साविक माओवादीका ८०/८५ प्रतिशत नेता तथा कार्यकर्ता प्रचण्डको नेतृत्वको साथमा रहेको देखिएको बताएका हुन्। युवा संघका इञ्चार्ज समेत रहेका नेता बस्नेतले ९५ र ८० प्रतिशतको बीचमा रहेका कार्यकर्ताहरु यता र उता भएर नेकपा विभाजन हुन खोजेको देखिएको बताएका हुन् । युवा संघ, पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डका मिडियाले भ्रम पार्दै हिँडेको तर तल्लो तहमा त्यस्तो भ्रम नरहेको बताए । उनी भन्छन्, ‘साइबर सेना स्याल होईन, अब साईबर सेना सिंह बन्नुपर्ने आवश्यकता छ, त्यही साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने छ । ह्वाइटबडी, बालुवाट...
प्रचण्ड र बाबुरामबीच भेटवार्ता

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा वर्तमान आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ । अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ । अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलनमा छ ।...
वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

वैशाखमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुन्छ : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रहित हुने सम्पन्न हुने बताएका छन् । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको बताएका हुन्। उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ। सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेला आएको छ।’ प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए। ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन। कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उनले भने। उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ...
संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले आज प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाउने उनको भनाइ थियो । प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै केपी ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो ।’...
‘ओली सरकारको असंवैधानिक निर्णयसामू अदालतले घुँडा टेक्नु हुँदैन’

‘ओली सरकारको असंवैधानिक निर्णयसामू अदालतले घुँडा टेक्नु हुँदैन’

Featured, राजनीति
झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी सर्वोच्च अदालत समक्ष रहेकाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक निर्णयसामू घुँडा टेक्न नहुने बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा नेता सिटौलाले न्यायाधीशहरुलाई पनि संविधानको भावनाविपरीत हुनेगरी व्याख्या गर्ने अधिकारी नभएकाले संविधानको रक्षा गर्नुपर्ने बताए । ‘सर्वोच्चले प्रधानमन्त्री ओलीको निर्णयसामू घुँडा टेक्यो भने मुलुकको अवस्था कस्तो हुन्छ? निर्वाचन आयोग, अख्तियार, लोकसेवा आयोग, प्रहरी प्रशासन, प्रशासनिक निकायहरु कसरी चल्लान्? उनीहरुले गर्ने निर्णय कस्तो होला?,’ नेता सिटौलाले भने, ‘हामीलाई विश्वास छ । न्यायाधीशहरुले यी कुराहरु राम्ररी बुझ्न सक्छन् ।’ ‘हामीले संविधानमा स्वतन्त्र न्यायालयको व्यवस्था गरेका छौं । प्रनितिधिसभाले गर्ने गलत निर्णय सच्याउने अधिकार अदालतलाई छ । त्यस्त...
प्रचण्ड–नेपाल समूहकाे शक्ति प्रदर्शन शुरु

प्रचण्ड–नेपाल समूहकाे शक्ति प्रदर्शन शुरु

राजनीति
काठमाडौं । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकाे शक्ति प्रदर्शन शुरु भएको छ । काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट निकालिएकाे जुलुस माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्केको जुलुस एकीकृत हुँदै रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगिसकेको छ । केहीबेरमा शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । काेर्यक्रममा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, घनश्याम भुसाल, याेगेश भट्टराइ लगायतका नेताहरूकाे उपस्थिति रहेकाे छ ।...
केपी ओली जबजकाे पक्षधर हाेइनन् : माधव नेपाल

केपी ओली जबजकाे पक्षधर हाेइनन् : माधव नेपाल

राजनीति
सुर्खेत । पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए । शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे । उनले भने, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि गर्यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ ।’ कार्यक्रममा अध्यक्ष नेपालले ओलीसँग जनताको बहुदलीय जनवाद (जबज) सँगको कुनै पनि साइनो नभएको बताएका छन् ।पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चि...