राजनीति

प्रधानमन्त्रीलाई कारवाही गर्न चार वरिष्ठ अधिवक्ताको माग

प्रधानमन्त्रीलाई कारवाही गर्न चार वरिष्ठ अधिवक्ताको माग

राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार जना पूर्वअध्यक्षले प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् । चार जना पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई कारवाही गर्न माग गरेका हुन । विज्ञप्तीमा भनिएको छ– ‘प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार हो । यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेका थिए । त्यसैको विरोधमा बारका चार पू...
‘अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछ?’

‘अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्ने प्रधानमन्त्रीले कस्तो चुनाव गराउँछ?’

section, राजनीति
मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्दै प्रश्न गरेका छन् । गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा पौडेलले अदालतमा प्रधानमन्त्रीले सेटिङ गरेको प्रसंगबारे प्रश्न उठाएका हुन् । विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको उनको भनाइ थियो । कार्यक्रममा उनले भने ‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ?,’ उनले भने, ‘५ वर्षका लागि म्यान्डेट दिएका जनतालाई धोका दिँदै संविधानलाई कुल्चेर गरेको चुनाव स्वीकार्छौं?’ पौडेलले अदालतको पवित्रतामाथि पनि प्रश्न उठाए । ‘अदालतको पवित्रताको दुहाइ नदिऔं,’ उनले भने, ‘अदालतले अहिले जनताको आवाज र संविधान सुन्नु पर्छ र संविधा...
देशको अहितमा काम गर्ने देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ : केपी ओली

देशको अहितमा काम गर्ने देशद्रोही तत्वलाई चुनावबाट ठेगाना लगाइन्छ : केपी ओली

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवम्प्र धानमन्त्री केपी शर्मा ओलीले देशको अहितमा काम गर्ने तत्वहरुलाई आगामी निर्वाचनबाट ठेगाना लगाउने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिसँग अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने मध्यवती निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने बताए । 'देश अगाडि बढ्छ। अगाडि बढाउनुपर्छ। आगामी वैशाखमा हुने निर्वाचनबाट देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगाना लगाउने यो अवसरलाई लिएका छौं,'उनले भने। प्रधानमन्त्री ओलीले देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेशमा जाँदा उल्टै आफूलाई तानाशाही भएको आरोप लगाएको बताए । 'संसद विघटन भएको असंवैधानिक भयो अलोकतान्त्रिक भयो भनेर कराउँदैछन्। ती कराउने मानिसहरु संविधान विरोधी, ती लोकतन्त्र विरोधी, देशविरोधी र जनविरोधी मान्छे हुन्।...
सरकारले कसैलाई ‘खाते’ हुन दिँदैन : प्रधानमन्त्री ओली

सरकारले कसैलाई ‘खाते’ हुन दिँदैन : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले सडक बालबालिका नभएकाे दावी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको कार्यकमा प्रधानमन्त्री ओलीले भने- “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।” कार्यक्रममा बोल्दै उनले आवश्यक्ता हुनेलाई सरकारले हेर्ने भन्दै अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताए । “जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।” प्रधानमन्त्री ओलीले भने । कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, ओलीलाई कारबाही गर्ने तयारी

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू, ओलीलाई कारबाही गर्ने तयारी

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको स्पष्टीकरण जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए । ‘पार्टी गतिविधि विपरितको काम गरेकोले तपाइँलाई कारबाही किन नगर्ने?’ भन्दै प्रचण्ड-नेपाल समूहले तीन दिनको समयसीमा तोकेर ओलीलाई स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि पार्टीबाटै निष्कासनको तयारी भएको स्रोतले जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।...
केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनमा जाने निर्णय : प्रदीप ज्ञवाली

केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनमा जाने निर्णय : प्रदीप ज्ञवाली

राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए । अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए । अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, गणतन्त्र, विकास...
संसद विघटनविरूद्धकाे मुद्दामा प्रधानन्यायाधीशले भने – बाहिर भइरहेको कुराबारे चर्चा नगरौं

संसद विघटनविरूद्धकाे मुद्दामा प्रधानन्यायाधीशले भने – बाहिर भइरहेको कुराबारे चर्चा नगरौं

राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक इजलासमा प्रश्न उठाएका छन् । शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए । आइतबार इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौं ?’ तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्’ उनले भने । वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन ।’ उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्,...
राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन

राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरुले संसद विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनकाे घोषणा गरेकी थिइन् । तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएन । यसबारे वकिलहरुले प्रश्न उठाएपछि संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरेर गत शुक्रबारको इजलासमा पेश गरिएकाे थियाे ।...
संवैधानिक इजलासमा ‘बाझाबाझ’

संवैधानिक इजलासमा ‘बाझाबाझ’

Featured, राजनीति
काठमाडाैं । संसद विघटनसम्बन्धी सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभनकाे स्थिति देखिएकाे हाे । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो । श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारकी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे । त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारकी वकिलहरु पन...
संसद विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

संसद विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

Featured, राजनीति
काठमाडाैं । संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासले शुक्रबार रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताललगायतले बहस गरेका थिए । बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो । शुक्रबारसम्मको सुनवाइमा १३ वटा रिटमध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ । शुक्रबार अधिवक्ता सालिकराम सापकोटाले दायर गरेको पाँचौ नम्बरको रिट निवेदनसम्मको सुनुवाइ सकिएको हो । विषयवस्तु केन्द्रित बहसका क्रममा ३४ जना वकिलहरुले धारणा राखेका छन् । उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने जिकिर गरेका छन् । शुक्रबारको इजला...