राजनीति

नेकपा विभाजन भएको छैन : गृहमन्त्री

नेकपा विभाजन भएको छैन : गृहमन्त्री

section, राजनीति
सुर्खेत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन् । सोमबार कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका हुन् । उनले पछिल्लो समय देशमा राजनीतिक अस्थिरता, बाहिरी हस्तक्षेपसमेत बढ्दै गएको टिप्पणी गरे । ‘नेकपाभित्रकै केही तत्वले गर्दा प्रतिनिधिसभा विघटन भयो,’ उनले भने, ‘हाम्रै केही साथीलाई पद चाहिएको थियो ।’...
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुभएको थियो । पशुपति क्ष...
आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी विरोधका कार्यक्रम घोषणा गर्न लागिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन गरिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो ।...
प्रधानमन्त्री ओली पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न दाङ आउँदै

प्रधानमन्त्री ओली पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न दाङ आउँदै

Featured, राजनीति
दाङ । प्रधानमन्त्री केपी शर्मा ओली आउनुभन्दा एक दिनअघि विरोधमा मसाल जुलुस गरिएको छ । पार्टी विभाजनसँगै प्रदेशभरिका कार्यकर्तालाई देउखुरीमा उतारेर गरिने जनसभालाई सम्बोधन गर्न नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली देउखुरी आउँदै छन् । उनी देउखुरी आउने भएपछि देउखुरीभरि नै सुरक्षाकर्मी तैनाथ गरिए पनि नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । झण्डै एक सयको हाराहारीमा रहेका कार्यकर्र्ताले राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोकदेखि पव्लिक स्कुल लालमटियासम्म मसाल जुलुस गरेका थिए । त्यस्तै लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने भएका हुन् । तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् । पु...
निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी संशोधन गर्न अस्वीकार

निर्वाचन आयोगद्वारा दुवै पक्षको दावी संशोधन गर्न अस्वीकार

राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपा नफुटेको र पहिलेकै अवस्थामा पार्टी रहेको जनाएको छ ।आइतबार साँझ आयोगको कार्यालयमा बसेको बोर्ड बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो । आयोगको यो निर्णयसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ। 'उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन,' उनले भने, 'त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ।' उनले दुवै पक्षलाई छलफलमा भएको निर्णयको पत्र पठाइने जानकारी दिए।...
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अगााडि सुरू भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रेस सल्लाहकार थापाको अनुसार आजको बैठक नियमित बैठक हो ।
मध्यवधी निर्वाचन वैशाखमै हुन्छ : मुख्यमन्त्री गुरुङ

मध्यवधी निर्वाचन वैशाखमै हुन्छ : मुख्यमन्त्री गुरुङ

राजनीति
बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । प्रधानमन्त्री ओलीको संसद् विघटनको निर्णय सही भएको दाबी गर्दै उनले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिन्ह लिएर निर्वाचनमा जाने दाबी गरे । चौतर्फी घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद् विघटन गरेको उनको तर्क थियो । ‘अप्ठ्यारोमा परेका बेला देशको अदालत जनता हुन्’ उनले भने, “ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक ?” उनले प्रतिगमन चाहनेले नै संसद् विघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाले संसद् विघटन गर्न बाध्य बनाएको आरोप लगाए । “बुर्तिबाङमा देवक...
केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि प्रचण्ड–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।...
किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

राजनीति
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम इञ्चार्ज भीम रावलले केपी शर्मा ओलीको निर्णयविरुद्ध सडक आन्दोलन गर्दै संगठन विस्तारको कार्य पनि सँगसँगै लैजाने बताएका छन् । प्रचण्ड–नेपाल समूहको नेकपाले माघ १७ गते धनगढीमा गर्न लागेको बृहत जनप्रदर्शन बारेको पत्रकार सम्मेलनमा रावलले ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुनेर संगठन विस्तार पनि संगसँगै गरिने बताए । ‘केपी ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुन्छ, संगठन विस्तार पनि संगसँगै गरिन्छ’ नेता रावलले भने । उनले, केपी सरकार नभएर त्यो किर्ते सरकार भएको आरोप लगाए । ‘केपी सरकार होइन, त्यो किर्ते सरकार हो, त्यस सरकारले धेरै किर्ते गरेको छ’ उनले भने । ओली समूहले यस अघि नै धनगढीमा बृहत आमसभाको आयोजना गरिसकेको छ ।...
नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल

नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल

राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ११ बजेसम्म भए पनि नेकपाको विवाद आजै टुंगो लगाउने जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगको बैठक अहिले बसिरहेको छ । सोही बैठकले नेकपा विवादबारे टुंगो लगाउनेछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेनी भण्डारीले गत पुस ५ गते संसद भंग गरेपछि नेकपा दुईधारमा विभाजित छ । औपचारीक रुपमा विभाजनको घोषणा नभएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आफूलाई आधिकारीक नेकपा भएको दावी गर्दै आएका छन् ।...