राजनीति

केपी ओली असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

केपी ओली असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

राजनीति
दाङ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफू असफल भए पनि देशलाई असफल बनाउन नहुने बताउएका छन् । सोमबार दाङको देउखुरीमा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए । जनसभालाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेकोसमेत दावी गरे । ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालमा कसैको पनि भोकले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको उनको भनाइ थियो ।...
ओलीको पार्टी धुलो छाप पार्टी हो : माधव नेपाल

ओलीको पार्टी धुलो छाप पार्टी हो : माधव नेपाल

राजनीति
काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष पाेखेका छन्। नेता नेपालले प्रधानमन्त्री ओलीको पार्टीलाई धुलो छाप पार्टीको संज्ञा दिँदै कटाक्ष पाेखेका हुन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओलीको पार्टीको कुनै काम नभएको बताए । ‘केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ,’ नेपालले भने, ‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो रु त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन । त्यसको कुनै काम छैन ।’ ओली समूहले जिल्लाजिल्लाम...
संसद बैठक बोलाउन माग गर्दै सभामुख सापकोटालाई ज्ञापन पत्र

संसद बैठक बोलाउन माग गर्दै सभामुख सापकोटालाई ज्ञापन पत्र

राजनीति
काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले प्रतिनिधि सभाको बैठक तत्काल बोलाउन माग गरेको छ । सञ्जालकी अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् । ‘प्रतिनिधि सभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय हामी सबैलाई अमान्य रहेको व्यवहोरा अवगत गराउन चाहन्छौं ।’ पत्रमा भनिएको छ । जवाफमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद्, राजनीतिक दल सबैले संसद बैठक बोलाउर्नुपर्छ भनेर आवाज उठाइरहेको र यसप्रति आफू गम्भिर रहेको बताएका थिए । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसकाे अहिले सबैतिरबाट विराेध भइरहेकाे छ । संसद पुनर्स्थापनाकाे लागि सर्वाेच्च अदालतमा परेका मुद्दामा सुनुवाइ भइरहेकाे छ ।...
चुनाव सर्न सक्छ : गृहमन्त्री थापा

चुनाव सर्न सक्छ : गृहमन्त्री थापा

Featured, राजनीति
कालीकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताउनुभयो । वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाले बताउनुभयो । “वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।” गृहमन्त्री थापाले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चु...
संवैधानिक इजलासमा बहस : प्रधानमन्त्री ओलीसँग अर्कै संविधान छ

संवैधानिक इजलासमा बहस : प्रधानमन्त्री ओलीसँग अर्कै संविधान छ

राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा साेमबार भएकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान भएको टिप्पणी गरेका छन् । सर्वोच्चमा विचाराधिन मुद्दामा प्रधानमन्त्री ओलीको प्रतिक्रियालाई ब्यंग्य गर्दै वरिष्ठ अधिवक्ता थापाले अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए । ‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो । प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ ।’ बहस गर्दै उनले भने । अधिवक्ता थापाले बहस शुरू गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले खाजाअघि बहस सकाउन आग्रह गरेका थिए । तर थापाले यतिमै बहस नसकिने बताउँदै शुरु गरेका थिए । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डा...
माधव नेपालमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको कटाक्ष

माधव नेपालमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको कटाक्ष

राजनीति
काठमाडाैँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् । निर्वाचन आयोगले नेकपा विभाजनका सम्बन्धमा गरेको निर्णयपछि थापाले माधव नेपालप्रति कटाक्ष गर्दै फेसबुक स्टाटस लेखेका हुन् । ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति,’ आफ्नो फेसबुक स्टाटसमा नेपालले दुवै हातले टाउको समाएको तस्वीर राख्दै थापाले लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’ आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानुनसम्मत नभएको निर्णय गरेको थियो । ‘एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन,’ थापाले नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरिएको तर त...
‘नेकपा विवादकाे निर्णयले निर्वाचन आयोगकाे औचित्य पुष्टि गर्न बाँकी देखियाे’

‘नेकपा विवादकाे निर्णयले निर्वाचन आयोगकाे औचित्य पुष्टि गर्न बाँकी देखियाे’

राजनीति
भैरहवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले निर्वाचन आयोगले कुनै पनि निर्णय गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । सोमबार बिहान रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन आयोगले नेकपा विवादमा निर्णय सुनाएर आफ्नो औचित्य साबित गर्नुपर्नेमा चुकेको बताए । ‘कानुनअनुसार आधार पुगेपछि त्यसलाई सही ठहर्‍याउनु पर्ने हो,’ उनले भने, ‘आयोगले निर्णय नगरेर आफ्नै औचित्य पुष्टि गर्न बाँकी राख्यो ।’...
प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

प्रचण्ड-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।...
प्रचण्डले भने-ओलीले गर्ने सभा पञ्च र्‍याली भन्दा ठूलो हुँदैन

प्रचण्डले भने-ओलीले गर्ने सभा पञ्च र्‍याली भन्दा ठूलो हुँदैन

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष पाेखेका छन्। उनले प्रधानमन्त्री ओलीले राजधानीमा गर्ने सभालाई पञ्च र्‍यालीको संज्ञा दिँदै कटाक्ष पाेखेका हुन्। राजधानीमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘पहिला पहिला राजाहरूले पनि त्यसरी र्‍याली गर्थे, त्यो पञ्च सभा भन्दा ठूलो हुनेछैन।’ कर्मचारी, सेना, प्रहरीलाई धम्क्याएर ओलीको सभामा उपस्थित गराइनेछ। उनले राजा महाराजाले गरेका सभाको उदाहरण दिँदै भने,‘तर त्यो न्यायका पक्षमा नभई निरंकुशता र तानाशाहीका पक्षमा हुन्छ। जनताको पक्षमा हामीले गर्ने कार्यक्रम हुनेछ।’ प्रतिनिधि सभा विघटनविरुद्धको थप आन्दोलनका कार्यक्रम घोषणा हुनुपूर्व सम्बोधन गरेका उनले भने,‘ओलीले इतिहासमा कलंकको कालो टिको लगाइसके, नाम त रहन्छ नै। हिटलरको पनि रह्यो, लेलिनको पनि रह्यो। तर हिटलर कुनाम, दुर्ना...
कम्युनिस्टभित्रका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजे : प्रचण्ड

कम्युनिस्टभित्रका सामन्तीहरुले व्यवस्था उल्ट्याउन खोजे : प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तीहरूले व्यवस्था उल्ट्याउन खोजेकाे आराेप लगाएका छन् । सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको दावी गरे । सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने उनकाे भनाइ छ । उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे । ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई ...