राजनीति

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए। ‘निर्वाचन लोकतन्त्रको प्राण हो। कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन्। तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन,’ उनले भने।...
भारतको गणतन्त्र दिवस : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

भारतको गणतन्त्र दिवस : राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

राजनीति
काठमाडौं । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् । सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् । त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण ग...
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनको थप रणनीति बनाउन छलफल हुने

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, आन्दोलनको थप रणनीति बनाउन छलफल हुने

Featured, राजनीति
काठमाडौं । नेपाली काँग्रेसले आन्दोलनको थप रणनीति बनाउन केन्द्रीय समिति बैठक आज डाकेको छ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेन। उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ,' काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ।...
आन्दोलनको थप रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

आन्दोलनको थप रणनीति बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

राजनीति
काठमाडौं । नेपाली काँग्रेसले आन्दोलनको थप रणनीति बनाउन केन्द्रीय समिति बैठक आज डाकेको छ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेन। उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। ुनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ,ु काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ।...
संसद विघटन मुद्दा हेर्दाहेर्दैमा, मङ्गलबार पनि सुनुवाइ हुने

संसद विघटन मुद्दा हेर्दाहेर्दैमा, मङ्गलबार पनि सुनुवाइ हुने

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौं दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौं दिनमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता मेघराज पोखरेलले बहस गरे । वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानमा विघटन गर्ने व्यवस्था नभएको तर्क प्रस्तुत गरे । विघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विपरीत भएको तर्क पेश गरे । अधिवक्ता मेघराज पोखरेलले संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने ...
घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

घोषणा गरेकै समयमा चुनाव हुनेछः प्रधानमन्त्री ओली

राजनीति
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट पारे । सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उनले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । उनले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भने, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उनले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताए । उनले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा ...
अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

अध्यक्ष बनाउने समूहमा गएर पार्टी एकता गर्छुः वामदेव गौतम

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै आज उनले भने, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए । उनले तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे । “त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए”, उनले भने, “अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।” उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने...
संसद पुनर्स्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

संसद पुनर्स्थापनाको माग गर्नेहरु प्रतिगामी हुन् : गृहमन्त्री थापा

राजनीति
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटित संसद् पुनःस्थापनाको माग गर्नु प्रतिगामी भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कालीकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने भन्दै यसको माग गर्नेहरु प्रतिगामी भएको आरोप लगाए । उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालिएको उल्लेख गरे । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गरे ।...
संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग

संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग

राजनीति
काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । संसद विघटनविरुद्ध परेका रिट निवेदनमाथि जारी सुनुवाईअन्तर्गत सोमबारको बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले ओलीमाथि कारबाहीको माग गरेका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार बहसका क्रममा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीलाई लिएर संवैधानिक इजलासको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध बहस गरिरहेका भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतमा बाजे वकिललाई बहस गर्न लागेर के तमासा देखाउन लगिएको हो?’ भनेर व्यङ्ग गरेका थिए । सोही विषयलाई लिएर वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार इजलासमा बहस सकिएलगत्तै उठेर इजलासको ध्यानाकर्षण गराएका हुन् । ‘यो उमेरको मान्छेलाई त्यसरी हेयको दृष्टिको...
केपी ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

केपी ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

Featured, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ 'फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।' साथै 'सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई ...