राजनीति

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे अमेरिकी राजदूत बेरी

राजनीति
काठमाडाैं । अमेरिकी राजदुत र्‍यान्डी बेरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने सोमबार बिहान नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।...
प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लडिन्छः प्रचण्ड

प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लडिन्छः प्रचण्ड

राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरे । पार्टी एकताका निम्ति उनीहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उनले भने, “अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैं प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।” अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गरे । दा...
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

Featured, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मंगलबार मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेका निवेदन मंगलबार दर्ता भएको हो । निवेदनमा प्रधानमन्त्री ओलीले शुक्रबार (माघ ९) कार्की ब्यांक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।...
संवैधानिक इजलासमा वकीलकाे प्रश्न : जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान् ?

संवैधानिक इजलासमा वकीलकाे प्रश्न : जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान् ?

राजनीति
काठमाडौँ । प्रतिनिधि सभामा आफूलाई दुई तिहाई चाहिएकाले विघटन गरेर नयाँ जनमत माग्न लागेको भन्ने कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दिएको जवाफ विघटनको औचित्य पुष्टि गर्न पर्याप्त र सार्वजनिक हितमा नभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । उनले प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको पनि तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको नवौं दिनको निरन्तर सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गरी जनमत त्यो पनि दुई तिहाई भन्दै हिँड्ने विशेषाधिकार नरहेको बताए । ‘प्रधानमन्त्रीले जहिल्यै भन्यो त्यतिबेला निर्वाचन हुने हो र ? जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान् ?,’ निर्वाचन आफैंमा कानुन रहेको भन्दै उनले थपे, ‘आफ्नो फाइदाका लागि नभएको अधिकारमा जाने होइन ।’ प...
वरिष्ठ अधिवक्ता थापाको प्रश्‍न : चाहेको बेला माग्‍नलाई जनमत प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान्?

वरिष्ठ अधिवक्ता थापाको प्रश्‍न : चाहेको बेला माग्‍नलाई जनमत प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान्?

राजनीति
काठमाडौँ । प्रतिनिधिसभामा आफूलाई दुई तिहाई चाहिएकाले विघटन गरेर नयाँ जनमत माग्न लागेको भन्ने कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दिएको जवाफ विघटनको औचित्य पुष्टि गर्न पर्याप्त र सार्वजनिक हितमा नभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । उनले प्रधानमन्त्रीले जतिबेला चाह्यो त्यतिबेला निर्वाचनको घोषणा गरेर जनमत माग्ने अधिकार संविधानले नदिएको पनि तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको नवौं दिनको निरन्तर सुनुवाइका क्रममा मंगलबार वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गरी जनमत त्यो पनि दुई तिहाई भन्दै हिँड्ने विशेषाधिकार नरहेको बताए । 'प्रधानमन्त्रीले जहिल्यै भन्यो त्यतिबेला निर्वाचन हुने हो र ? जनादेश प्रधानमन्त्रीको खल्तीमा छ श्रीमान् ?,' निर्वाचन आफैंमा कानुन रहेको भन्दै उनले थपे, 'आफ्नो फाइदाका लागि नभएको अधिकारमा जाने होइन ।' प्र...
प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन

प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन

राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्ट्रेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिए । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ । श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प...
हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छन् : रामचन्द्र पौडेल

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा बर्बराउने गर्छन् : रामचन्द्र पौडेल

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको बताए । उनले सवै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गरेका छन् । वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताएका छन् । उनले प्रतिगमन विरुद्धका सवै आन्दोलनमा मेरो साथ र सर्मथन रहने पनि उल्लेख गरेका छन् ।...
संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको सिटी जुलुस

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको सिटी जुलुस

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षले मंगलबार सिटी जुलुस गर्दैछ। संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचकहुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ। भोली अर्थात् माघ १४ गतेदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने कार्यक्रम छ। यसअघि पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शनलगायत छन् ।...
अमेरिकी राजदूत बेरी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अमेरिकी राजदूत बेरी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

राजनीति
काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए । बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्‍याएका थिए । देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् । बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प...
संसद विघटनविरुद्धको मुद्दामा मंगलबारकाे बहस सुरु

संसद विघटनविरुद्धको मुद्दामा मंगलबारकाे बहस सुरु

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारकाे बहस सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमै बहस सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ। आज सुनुवाइको नवौं दिन पनि निवेदक तर्फका कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता र अधिवक्ता गरि अझै ४६ जना बसहको क्रममा छन्।...