राजनीति

निर्मला पन्तकाे बलात्कारीलाई किन कारवाही भएन? माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

निर्मला पन्तकाे बलात्कारीलाई किन कारवाही भएन? माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

section, राजनीति
धनगढी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाए । नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘निर्मलाको कुरा केपी ओलीले सुन्नै चाहेनन्। हामीले पटक–पटक भन्यौं, तर सुन्नै चाहेनन्। अनि हामीले भन्यो, यो सरकारको पहिलो गाँसमै ढुंगा पस्यो। झिंगा पस्यो। कस्तो लाजको सरकार, हामीले जोगाउनु परेको थियो।’ प्रधानमन्त्री ओली अहंकारको घोडामा सवार नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण उनी समाप्त हुने दाबी गरे।...
प्रचण्ड धनगढीमा, विरोधसभा सम्बाेधन गर्दै

प्रचण्ड धनगढीमा, विरोधसभा सम्बाेधन गर्दै

Featured, राजनीति
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि नेकपाको केपी ओली समूहले पनि सोही स्थानमा जनसभा आयोजना गरेको थियो । संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनअनुसार यही माघ २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने सो सम...
संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न उठाएको छ : कमल थापा

संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न उठाएको छ : कमल थापा

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए । पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे । उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे । देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो । बैठकमा नेताहरु ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राखे । आजको ब...
अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ : प्रदीप पौडेल

अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ : प्रदीप पौडेल

Uncategorized, राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य प्रदीप पौडेलले आगामी वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने बताएका हुन् । सभामा बोल्दै उनले भने, ‘आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुँदैन । यो विषयमा कांग्रेस लाटो छैन, ओलीले कांग्रेसलाई जिताउने निर्वाचन गर्दै गर्दैनन् ।’ उनले आँट भए प्रधानमन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा आउन आग्रह पनि गरे । उनले एउटा इकाइ बनाउन संघीयता नल्याएको र केपी ओली स्थिरताको शत्रु भएको आरोप पनि लगाए । यस्तै, ओलीको निरंकुश शासक बन्ने चेष्टा असफल पार्ने उनले चेतावनी पनि दिए । सभामा उनले गणतन्त्र हेर्ने जिम्मा ओलीलाई दिनु भनेको मकैबारी हेर्न बाँदरलाई जिम्...
जनताको अधिकार खोस्ने शासकको रुपमा ओलीको नाम इतिहासमा लेखिन्छ : गगन थापा

जनताको अधिकार खोस्ने शासकको रुपमा ओलीको नाम इतिहासमा लेखिन्छ : गगन थापा

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिने बताएका छन् । शहीदको बलिदानमा सम्मान गर्दै ओलीको असंवैधानिक कदमविरुद्ध शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले केपी शर्मा ओलीको नाम जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा लेखिने बताएका हुन् । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केही समूहको प्रशंसालाई सारा जनताको सोचेर भुल गरिरहेको बताएका छन् । नेता थापाले यस विषयमा एक चोटी आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले ओलीको संवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने नै एक मात्र रणनीति भएको बताएका छन् । उनले अदालतको बारेमा पनि कांग्रेस बोलेको स्पष्ट पारेका छन् । ुसर्वोच्चको विषयमा बोल्न पाइदैन भन्छन्, तर पुस ५ गतेको कदम असंवैधानिक हो र अदालतले यो भन...
निर्वाचन एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली

निर्वाचन एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन वैशाखमै हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महानगरद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक दिन पनि पर नसर्ने ठोकुवा गरे । ‘निर्वाचन सर्छ भन्‍ने हल्ला चलाएका छन् । म भन्न चाहान्छु निर्वाचन एक दिन पनि पर सर्दैन । तोकिएकै समयमा हुन्छ’ उनले भने । पराजित हुने डरले प्रचण्ड–नेपाल समूह निर्वाचनबाट तर्सिएको उनको भनाइ थियो । हार निश्‍चित हुने भएकाले प्रचण्ड–नेपाल समूह निर्वाचनसँग डराएको उनको दावी थियो ।...
नेकपाको आधिकारिकताबारे कुनै निर्णय गरिएकाे छैनः निर्वाचन आयोग

नेकपाको आधिकारिकताबारे कुनै निर्णय गरिएकाे छैनः निर्वाचन आयोग

Featured, राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नभएकाे स्पष्ट पारेकाे छ । केपी शर्मा ओली​ समूहकाे नेकपाका नेताहरूसँग सामान्य छलफल गरेपछि आयोग परिसरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पनि समूह नआएकाले आयोगले त्यसबारे निर्णय नगरेको बताए । ‘नेकपाको आधिकारिक विवादमा आयोगले निर्णय गरिसकेको अवस्था होइन’, आयुक्त पौड्यालले भने, नेकपामा दुई गुट भएपनि हामीलाई आधिकारिकता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नै भएन।’ नेकपाको दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरणका लागि निवेदन दिएको र त्यसैमा केन्द्रित रहेर आयोगले निर्णय गरेको पौड्यालको प्रष्टीकरण छ।...
संसद विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहनिकट अखिलद्वारा आन्दोलन घोषणा

संसद विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहनिकट अखिलद्वारा आन्दोलन घोषणा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी युनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । युनियनले सरकारको कदम नसच्चिँदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिलसमेत गरेको छ। माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरूलाई सार्वजनिक बहिस्कार गर्ने, मान्त्रीहरूका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। य...
दिउँसै रात पार्ने प्रयास भइरहेको छ : रामनाराणय विडारी

दिउँसै रात पार्ने प्रयास भइरहेको छ : रामनाराणय विडारी

Featured, राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण विडारीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको विशेष अधिकार नदिएको बताएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले आफ्नो संविधान नहेरी अन्तर्राष्ट्रिय अभ्यास हेर्ने अधिकार पनि प्रधानमन्त्रीलाई नरहेको दावी गरे । “संविधानसभाको संविधान मस्यौदा समितिका पाँच विज्ञसदस्यमध्ये एकजना म पनि थिएँ, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ बेला–बेलामा हामीलाई बोलाउनुहुन्थ्यो र कुनै पनि हालतमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने प्रावधान राख्नु हुँदैन है भन्नुहुन्थ्यो । अहिलेका महान्यायाधिवक्ता अग्नि खरेल हामी पाँचजनामध्येकै हुनुहुन्थ्यो,” विडारीले भने, “अहिले उहाँ प्रधानमन्त्रीको संसद विघटनको पक्षमा उभिनुभएको छ । संविधानको सर्वसम्मत व्यवस्थालाई कुल्चिएर दिउँसै रात पार्ने प्रयास भइरहेको छ...
संसद विघटनविरूद्धकाे मुद्दामा शुक्रबारको इजलास सुरु

संसद विघटनविरूद्धकाे मुद्दामा शुक्रबारको इजलास सुरु

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइ सुरु भएको हो । शुक्रबारको सुनुवाइमा निवेदक तथा अधिवक्ता कृष्णभक्त पोखरेलले सुरुमा बहस गर्दै छन् । संवैधानिक इजलास प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए। सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ। प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन भन्दाबढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि तीन सय पचास बढीले नाम टिपाएका छन् ।...