राजनीति

शहीदका सपना पूरा गर्न सानातिना मतभेदलाई बिर्सेर अगाडि बढौं : देउवा

शहीदका सपना पूरा गर्न सानातिना मतभेदलाई बिर्सेर अगाडि बढौं : देउवा

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवले देश र लोकतन्त्रको हित तथा रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताएका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेबारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त, समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेबार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ–‘लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको स्वतन्त्रता र अभिमानको रक्षा हुन्छ, यसबाट नै बिसंगतीको अन्त्य हुन्छ । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’...
प्रचण्ड–नेपाल समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

प्रचण्ड–नेपाल समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा आमसभाको आयोजना गर्दैछ।सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने बताइएकाे छ। सभाका लागि यो समूहका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल बिहीबार बेलुका विराटनगर पुगिसकेका छन् ।अध्यक्ष प्रभचण्ड भने अहिले केहिबेरमा पुग्ने कार्यक्रम रहेको प्रचण्ड–नेपाल समूहले जनाएकाे छ। प्रचण्ड–नेपाल समूह विराटनगरका अनुसार सभामा ६० हजार बढि जनताकाे सहभागिता रहनेछ । सरकारकाे सिफारसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि याे समूह निरन्तर शक्ति प्रदर्शनमा छ ।...
‘बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने’

‘बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने’

राजनीति
काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुन्छ र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने, उनीहरुका गाडी चल्न नदिनेलगायत कार्यक्रम हुनेछन् ।’ यसक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा पनि सक्रिय सहभागी हुने उनले बताए । अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढ...
प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाएको बधाई सन्देशमा उनले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे । सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
आगामी निर्वाचनमा प्रचण्ड-नेपाल समूहको १० सिट पनि आउँदैन : प्रधानमन्त्री ओली

आगामी निर्वाचनमा प्रचण्ड-नेपाल समूहको १० सिट पनि आउँदैन : प्रधानमन्त्री ओली

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समूहले १० सिट पनि जित्न नसक्ने दाबी गरे । प्रचण्ड–नेपाल समूह सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए । वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–नेपाल समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो ।...
निर्वाचनबाट दुई तिहाई ल्याउछौं : गृहमन्त्री थापा

निर्वाचनबाट दुई तिहाई ल्याउछौं : गृहमन्त्री थापा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले वैशाखमा हुने चुनावबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ताजा जनादेशका लागि तोकिएको निर्वाचनबाट आफूहरुले दुई तिहाई बहुमत ल्याउने जिरिक गरे । उनले आफूहरुको पार्टीले बहुमत ल्याएर देशलाई स्थिरता दिने बताए। उनले कम्युनिष्ट आन्दोलनमा देखा परेको अवसरवाद र प्रतिगामी प्रवृत्तिलाई निर्वाचनले किनारा लगाउने पनि बताए। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा नागरिक अगुवासहित विभिन्न राजनीतिक दलहरुले विरोेध गरिरहेका छन्।...
प्रचण्ड–नेपाल समूहलाई मूलधारमा फर्कन ओलीको आग्रह

प्रचण्ड–नेपाल समूहलाई मूलधारमा फर्कन ओलीको आग्रह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्को समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताए । कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ जनाए । उनले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिस्ट आन्दोलन, स्थिरता र समृद्धिको यात...
मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)

मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठसहित)

राजनीति
काठमाडौं । सरकारले सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेर प्रचलनमा ल्याउन लागिएको जानकारी दिए । गत पुष २९ गते, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद्को निर्णय मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो ।  ...
सताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने

सताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने

राजनीति
काठमाडौं । सरकारले सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेर प्रचलनमा ल्याउन लागिएको जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक गर्नेछिन् ।...
वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने जनार्दन शर्माको दावी

वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने जनार्दन शर्माको दावी

राजनीति
ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको नेता जनार्दन शर्माले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दावी गरेका छन् । ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित विरोधसभा कार्यक्रममा नेता शर्माले निर्वाचन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओली समूहले भ्रम फैलाइरहेको आरोप लगाए । जनताले देश विकास गर्न कम्युनिस्ट पार्टीलाई म्यान्डेट दिएको भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई कुल्चिएको शर्माको आरोप थियो । ‘संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्रको हत्या गरे,’ शर्माले भने, 'संविधान र जनताको सर्वोच्चताको रक्षाका निम्ति हामी सडकमा छौँ, तपाईँहरुले पनि साथ दिनूस् ।’...