राजनीति

‘मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि संयुक्त सरकारका लागि छलफल हुन्छ’

‘मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि संयुक्त सरकारका लागि छलफल हुन्छ’

राजनीति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सबै विपक्षी दलसँग छलफल गरेर नयाँ संयुक्त सरकार बनाइने बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा नेता आचार्यले पहिले अविश्वासको प्रस्ताव पारित हुने र त्यसपछि मात्रै नयाँ सरकारका लागि छलफल गरिने बताए । आचार्यलाई दलको नेता बनाएर नेकपाका ४२ सदस्यले मुख्यमन्त्री राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गरेका छन्। जसमध्ये ५ जनाले नाम फिर्ता लिइसकेका छन्। आचार्यले तत्काल अविश्वासको प्रस्तावको पक्षमा ३७ जना देखिएको भएपनि आधा दर्जनभन्दा बढी नेकपाका सांसद आफूतिर आउने दाबी गरे। उनले प्रधानमन्त्री ओलीको कृत्यले नेकपाका सांसदहरू जनताका अगाडि मुख देखाउन लायक नभएको आरोप समेत लगाए।...
प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन कार्यक्रम बहिष्कार

प्रचण्ड–नेपाल समूहद्वारा निर्वाचन कार्यक्रम बहिष्कार

राजनीति
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह गोरखाले निर्वाचन सम्बन्धी कार्यक्रम बहिष्कार गरेको छ । जिल्ला निर्वाचन कार्यालयले बुधबार मतदाता नामावली अद्यावधिक (दाबीविरोध) बारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । प्रचण्ड–नेपाल समूहका तर्फबाट कार्यक्रममा सहभागी बनेका सचिवालय सदस्य यादव बस्नेतले कार्यक्रमको सुरुवातमै हुँदै नहुने निर्वाचनबारे छलफल कार्यक्रम स्थगित गर्न माग गरे । कार्यक्रम स्थगित नभए आफ्नो पार्टीले बहिष्कार गर्ने भन्दै बस्नेत कार्यक्रम हलबाट बाहिरिएका थिए । सरकारले वैशाख १७ र २७ गते प्रतिनिधिसभा मध्यावधि निर्वाचन घोषणा गरेकोले निर्वाचन कार्यालयले तयारी स्वरुप छलफल कार्यक्रम आयोजना गरेको थियो ।...
‘संसद पुनर्स्थापना नभए हरेक २ वर्षमा विघटन हुन्छ’

‘संसद पुनर्स्थापना नभए हरेक २ वर्षमा विघटन हुन्छ’

Featured, राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा बुधबार सर्वोच्च अदालतकाे संवैधानिक इजलासमा भएकाे बहसमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् । संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने नजीर बस्ने बताए । ‘संसद पुनर्स्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ’ संग्रौलाले भने । संसद विघटनलाई अदालतले सदर गरेमा यसपछिका प्रधनमन्त्रीहरुले पनि २ वर्षपछि संसद विघटन गर्ने उनको भनाइ थियो । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । संसद विघटनविरूद्ध परेका दर्जनभन्दा बढी रिटमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।...
संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

संसद विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांग्रेसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयले जनाएको छ । यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेस केन्द्रीय समितिको मङ्गलबारको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरु...
सुवास नेम्वाङकाे अभिव्यक्ति संवैधानिक इजलासकाे ‘टिपोट’ मा छ : प्रधानन्यायाधीश जबरा

सुवास नेम्वाङकाे अभिव्यक्ति संवैधानिक इजलासकाे ‘टिपोट’ मा छ : प्रधानन्यायाधीश जबरा

राजनीति
काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सुवास नेम्वाङले संविधान सभा अध्यक्षका रुपमा प्रतिनिधिसभा विघटनबारे दिएका अभिव्यक्तिलाई संवैधानिक इजलासले ‘टिपोट’ मा राखेका बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनबारे जारी सुनुवाइका क्रममा बुधबार प्रधान न्यायाधीश जबराले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको प्रश्नको प्रतिउत्तरमा नेम्वाङकाे अभिव्यक्तिलाई संवैधानिक इजलासले ‘टिपोट’ मा राखेका बताए । बार एशोसिएशन नेपालका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता केसीले संविधान निर्माणकै क्रममा संविधान सभा अध्यक्षका रुपमा सुवास नेम्वाङले संविधान निर्माणकै क्रममा प्रतिनिधि सभा विघटनबारे दिएका अभिव्यक्तिकाबारे इजलासको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीलाई आफूखुशी प्रतिनिधि सभा विघटनको अधिकार छैन भनेर नेम्वाङले उतिबेला दिएका अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्याप्त रहेको भन्दै केसीले...
वामदेव गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियान घोषणा, भन्छन् – नेकपा जुट्नुको विकल्प छैन

वामदेव गौतमद्वारा पार्टी एकता राष्ट्रिय अभियान घोषणा, भन्छन् – नेकपा जुट्नुको विकल्प छैन

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले 'पार्टी एकता राष्ट्रिय अभियान' घोषणा गर्दै नेकपा जुट्नुको विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंमा भएको कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा जुट्नुको विकल्प नभएको बताउँदै अभियान सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा बोच्दै नेता गौतमले दुबै समूहलाई मिलाएर अघि बढ्नेमा जोड दिए। उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न समेत आग्रह गरेका छन् । उनले कम्युनिस्ट पार्टी बलियो बनाउन जुटनुको विकल्प नरहेको बताए । 'नेकपा दुई समूहमा विभाजित भएर पार्टीलाई चिराचिरा पारेको छ। जनतामा निरास पारेका छन्। चारैतिर वितृष्णा फैलिएको छ। एकथरी चुनाव गर्ने भन्छ अर्को थरी निर्वाचन गर्नु हुँदैन भन्छ,' उनले भने,' उहाँहरुभन्दा जिम्मेवार अरु कोही हुँदैन। मिल्नुको विकल्प छैन।'...
सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति भण्डारी

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन् । कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनीहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छिन् । खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट धन्यवाद दिँदै उनले विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको जनाएकी छिन् । “कोभिड–१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनुपरेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो द...
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल

विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल

राजनीति
रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए। उनले भने, “विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।” अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताए । “यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन”, अर्थमन्त्री पौडेलले भने, यहीस्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आगिङ्क क्याम्पस निर्माणको प्रक्रियासमेत शुरु गरिएको छ । यो योजना सम्पन्न हु...
चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

राजनीति
काठमाडाैं । चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन्। पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ। रिटमाथि बिहीबार पेसी तोकिएकाे छ । यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई र पूर्वसभ...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदूत बेरी

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदूत बेरी

राजनीति
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उनले राजनीतिक भेटवार्ता बढाएका छन् । यसैक्रममा राजदूत बेरीले बुधवार विहान विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका हुन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिकाको पछिल्लो राजनीतिक विकासक्रम र आपसी हितका विषयमा कुराकानी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए । बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।...