वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने जनार्दन शर्माको दावी

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको नेता जनार्दन शर्माले वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने दावी गरेका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङलिङमा आयोजित विरोधसभा कार्यक्रममा नेता शर्माले निर्वाचन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओली समूहले भ्रम फैलाइरहेको आरोप लगाए ।

जनताले देश विकास गर्न कम्युनिस्ट पार्टीलाई म्यान्डेट दिएको भए पनि प्रधानमन्त्री ओलीले त्यसलाई कुल्चिएको शर्माको आरोप थियो ।

‘संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्रको हत्या गरे,’ शर्माले भने, ‘संविधान र जनताको सर्वोच्चताको रक्षाका निम्ति हामी सडकमा छौँ, तपाईँहरुले पनि साथ दिनूस् ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.