राजनीति

प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

राजनीति
प्रचण्ड-नेपाल समूहले केन्द्रीय समिति बैठक बोलायो काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले  केन्द्रीय समितिको बैठक बोलाएको छ। माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड-नेपाल समूहले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिने उक्त समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।...
ओलीको दिनगन्ती सुरु भइसकेको छ : झलनाथ खनाल

ओलीको दिनगन्ती सुरु भइसकेको छ : झलनाथ खनाल

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल पचण्ड–माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् । आइतबार प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताए । नेता खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।...
संसद विघटनविरुद्धको रिटमा भाेलिबाट सरकारी पक्षको बहस

संसद विघटनविरुद्धको रिटमा भाेलिबाट सरकारी पक्षको बहस

Featured, राजनीति
काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सोमबारदेखि सरकारका तर्फबाट बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ । नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् । बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । तेह्रौं रिटमाथिको बहस आइतबार नै सकिने भएकाे छ । आइतबार सबै रिटमाथिकाे बहस सकिएपछि साेमबारबाट सरकारका तर्फबाट बहस हुनेछ ।...
नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री ओलीको आमसभा

नारायणहिटी दरबार अगाडि प्रधानमन्त्री ओलीको आमसभा

राजनीति
काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवम् आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए । उनका अनुसार ‘भृकुटी मण्डप अगाडि सभा गर्दा मान्छे थोरै अट्ने भएकाले नारायणहिटी दरबार अगाडि राखिएको हो।...
‘ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्’

‘ओलीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्’

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने लागेको आरोप लगाएका छन् । आइतवार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पञ्चायतको बेलामा कम्युनिस्टहरूमाथि आक्रमणमा उत्रेकाहरू अहिले ओलीको प्रसंशामा लागिरहेको बताए । ‘ओलीको कदमले दक्षिणपन्थी फुरफुर गर्न थालेका छन्, २३ गतेको सभामा राजावादीहरू ओलीको सभामा आउने भनिरहेका छन् । पञ्चायतको बेलामा कम्युनिस्टलाई आक्रमण गर्ने भद्रकुमारी घलेहरू ओलीको समर्थनमा लाग्नुको अर्थ के हो?,’ पाण्डेले भने । पाण्डेले प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टामा लागेको आरोप लगाए । ‘प्रधानमन्त्री ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोषिशमा लागेको पनि सुनिएको छ,’ पाण्डेले भने ।...
मिनेन्द्र रिजाल भन्छन् – ओलीले सत्ता टिकाउन संसद विघटन गरेर निर्वाचनकाे घाेषणा गरे

मिनेन्द्र रिजाल भन्छन् – ओलीले सत्ता टिकाउन संसद विघटन गरेर निर्वाचनकाे घाेषणा गरे

राजनीति
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनकाे घोषण गरेको दावी गरेका छन् । रिपोटर्स क्लव लुम्बिनी प्रदेशले आइतवार गरेकाे साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि निर्वाचनकाे मिति घोषणा नगरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’-उनले भने । ‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे । उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निण...
संसद विघटनविरुद्धको धर्नामा प्रचण्ड-नेपाल समूह

संसद विघटनविरुद्धको धर्नामा प्रचण्ड-नेपाल समूह

Featured, राजनीति
काठमाडाैं । संसद विघटन विरूद्ध निरन्तर आन्दोलनमा रहेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज माइतीघर मण्डलमा धर्ना कार्यक्रम गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम माघ २१ गतेसम्म जारी रहने प्रचण्ड-नेपाल समूहले जनाएकाे छ। माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाललगायतका नेता कार्यकर्ता सहभागी छन् ।...
संसद विघटन : ‘यो त हिन्दी फिलिम जस्तो भयो’

संसद विघटन : ‘यो त हिन्दी फिलिम जस्तो भयो’

राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बहस जारी छ । आइतबारको बहसमा अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे । ‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’ उनले संसद विघटन गलत भएको तर्क गरे । संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटहरुमा यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।...
श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्छु : खानेपानी मन्त्री थापा

श्री ५ को सरकार भनेकोमा क्षमा चाहन्छु : खानेपानी मन्त्री थापा

राजनीति
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले 'श्री ५ को सरकार' भनेकोमा माफी मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा 'नेपाल सरकार' भन्नुपर्नेमा 'श्री ५ को सरकार' भनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा …ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।' मञ्चमा रहेका व्यक्तिले मन्त्री थापालाई नेपाल सरकार भन्न लगाएपछि उनले 'ए सरी भन्दै नेपाल सरकारको तर्फबाट' भनेका थिए । मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आ...
प्रचण्ड-नेपाल समूहले आज माइतीघरमा धर्ना बस्‍ने

प्रचण्ड-नेपाल समूहले आज माइतीघरमा धर्ना बस्‍ने

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले आज माइतीघरमा धर्ना बस्ने भएकाे छ । संसद‌ विघटनकाे विराेधमा निरन्तर आन्दोलनमा रहेकाे प्रचण्ड-नेपाल समूहले मध्याह्न १२ बजेदेखि धर्नामा बस्न लागेकाे जनाएकाे छ। प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आज प्रचण्ड र नेपाल आउने भएका सो समूहका नेता विष्णु रिजालले जानकारी दिए। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई धारमा विभाजित छ ।...