राजनीति

संविधान निर्माताको मनसाय बुझ्न खोज्ने हो भने सही ठाउँमा पुग्न सकिदैन श्रीमान् : महान्यायाधिवक्ता खरेल

संविधान निर्माताको मनसाय बुझ्न खोज्ने हो भने सही ठाउँमा पुग्न सकिदैन श्रीमान् : महान्यायाधिवक्ता खरेल

राजनीति
काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बहसकाे क्रममा सही रहेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा सहभागी महान्यायाधिवक्ता खरेलले संविधान निर्माताको मनसाय बुझ्न खोज्ने हो भने सही ठाउँमा पुग्न नसकिने बताएका छन् । सरकारको कदमको रक्षार्थ उपस्थित महान्यायाधिवक्ता खरेलले संविधानसभाको संख्या ठूलो भएको र संविधान निर्माणमा संलग्नहरूको फरक-फरक मनसाय भएकाले उनीहरूको मनसाय बुझ्न खोजे सही निष्कर्षमा अदालत पुग्न नसक्नेमा जोड दिए । ‘विधायकहरू धेरै हुनुहुन्थ्यो । एउटासँग प्रपोजल लेखिएको हुन्छ । अर्कोसँग सहमति गरेको हुन्छ । यसरी विधायिकाको मनसाय हेर्ने हो भने हामी सही ठाउँमा पुग्न सक्दैनौं श्रीमान्,’ उनले भने ।...
उपप्रधानमन्त्री पोखरेल भन्छन् – मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो

उपप्रधानमन्त्री पोखरेल भन्छन् – मुलुकलाई स्थायित्व दिन निर्वाचन गर्न लागिएको हो

राजनीति
नुवाकाेट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभएको छ । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो । “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वी...
म्यानमारमा भएको सैन्य ‘कू’ र संकटकालको कांग्रेसद्वारा विरोध

म्यानमारमा भएको सैन्य ‘कू’ र संकटकालको कांग्रेसद्वारा विरोध

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेनाले ‘कू’ बारे सबैले साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्ने बताएका छन् । साथै यसको विश्वव्यापी रुपमा निन्दा गनुपर्ने उनले बताएका छन् । म्यानमार सेनाले सोमबार एनएलडीकी नेतृआङ साङ सुकी र राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुलाई गिरफ्तार गरेको छ भने एक वर्षका लागि संकटकाल लगाएको छ । गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भएको थियो । तर चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो, त्यही क्रममा सोमबार शासनसत्ता हातमा लिएको सेनाले एक वर्ष संकटकाल लगाएको छ । चुनावमा प्रश्न उठेको भए संवैधानिक राजनीतिक प्रक्रियाबाट हल गर्नुपर्ने भन्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘सेनाले हस्तक्षेप वा निर्वाचित शासकबाट लोकतान्त्...
प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

section, राजनीति
हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–नेपाल समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेको छ । आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका थिए। आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।...
प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले प्रचण्डविरुद्ध अपहेलना मुद्दा दर्ता गरेकाे मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । प्रचण्डले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।...
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सर्‍यो

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सर्‍यो

Featured, राजनीति
काठमाडौं । अन्तिम समयमा आएर नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक सरेको छ । बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । प्रचण्ड–नेपाल समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ । टवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ । यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कामको भण्डाफोरका लागि बैठकले केही ठोस निर्णय गर्ने बुझिएको छ।...
प्रचण्ड-माधव नेकपाको केन्द्रीय समिति बैठक बस्दै

प्रचण्ड-माधव नेकपाको केन्द्रीय समिति बैठक बस्दै

राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल– माधव नेपाल समूहको केन्द्रीय समितिको बैठक दिउँसाे बस्दैछ। बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची रहेकाे एक नेताले बताए। सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो। नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो। यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो। धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एव...
वाग्मती प्रदेशसभाको बैठक सोमबार

वाग्मती प्रदेशसभाको बैठक सोमबार

राजनीति
हेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु रहेका छन् । रासस...
कांग्रेसका १३ भातृ संगठनले सोमबार देशभर प्रदर्शन गर्ने

कांग्रेसका १३ भातृ संगठनले सोमबार देशभर प्रदर्शन गर्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्। १३ भातृ संगठनहरूले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध प्रदर्शनमा उत्रिन अपिल गरेका हुन् । कांग्रेसको माघ १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामै प्रदर्शन गरिँदैछ । भोलिको प्रदर्शनमा कांग्रेसका भ्रातृ संस्थाहरुले संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनताका मुद्दालाई अघि सारेरका छन् ।...
संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, भोलिबाट सरकार पक्षले बहस गर्ने

संसद विघटनको मुद्दा हेर्दाहेर्दैमा, भोलिबाट सरकार पक्षले बहस गर्ने

राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि निवेदकको बहस सकिएको छ । आजसम्म रिट निवेदकतर्फको बहस सकिएपछि आइतबारको बहसलाई हेर्दाहेर्दैमा राखिएको छ । अब भोलिबाट सरकारी पक्षबाट बहस हुनेछ । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर दायर गरिएका १३ रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठन भएको इजलासमा सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी दिएका हुन् ।...