संसदमा रविकाे सांसद चाैरासियाले खाेले पाेल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने दोस्रो पटक निर्वाचित भएर आए पनि दोहोरो राहदानी र नक्कली नागरिकताको विषयले भने अझै पनि तनाव झेलिरहेका छन्।
सांसद् लामिछानेले नेपालको कानुनले अपराध भनेको विषय दोहोरो नागरिकता राखेको कुरा उठेपछि उनै संसद्मै आक्रोशित बनेका छन्। उनले नेपाली नागरिकता त्यागेको अवस्थामा त्यागेको नागरिकताबाट नै दल दर्ता गरी सांसद भएको भन्दै अदालतले गैरकानुनी काम गरेको ठहर गरेपछि यसअघि उनको गृहमन्त्री र सांसद पद नै गुमेर चितवनमा उपनिर्वाचन भएको थियो।
हाल फेरि उनले दोहोरो राहदानी प्रयोग गरेको विषय उठिरहेको छ। फेरि सांसद पद गुम्ने भयका कारण उनी संसद्मै आक्रोशित भएका छन्। यससँगै सभापति लामिछानेका विश्वासपात्रसमेत रहेका रास्वापाका महामन्त्री मुकुल ढकाल र उपसभापति डीपी अर्यालले समानुपातिक सांसद बनाउन तीन करोड घुस लिएको विषयले ...







