राजनीति

मधेस र देशको राजनीतिबाट उपेन्द्र यादवलाई सदा सर्वदाका लागि बिदा गरी उपेन्द्र युगको अन्त्य गरौं – विजय गुप्ता

मधेस र देशको राजनीतिबाट उपेन्द्र यादवलाई सदा सर्वदाका लागि बिदा गरी उपेन्द्र युगको अन्त्य गरौं – विजय गुप्ता

राजनीति
काठमाडाैं । सप्तरी २ का जनताले उपेन्द्र यादवलाई बहिष्कार गरेपछि बारा २ का जनताले पनि बहिष्कार गर्नुपर्छ । नत्र सप्तरीका जनता मात्रै हैन पुरै देशको जनताले बारा २ का जनतालाई धिकार्ने छ । उपेन्द्रले अहिलेसम्म मधेसका कुनै पनि सर्वसाधारण जनतालाई केही सेवा सुविधा दिन सकेका छैनन् चाहे त्यो समुदाय यादव अथवा अन्य समुदाय किन न होस। त्यसैले उपेन्द्रको जातिबाद विचारको पछि नलागौं । उपेन्द्र यादवको छोराछोरी अमेरिका पढछन भने सर्वसाधारण यादवको छोराछोरी अमेरिका को कुरा छ‍ोडौ आफ्नो गाउँ कै स्कुलमा राम्रो शिक्षा पाएको छैन । कालिया नाग यस्तै भनिएको छैन। कालिया नागले जातपात चिन्दैन आफ्नो स्वार्थको लागि सबैलाई एक-एक गरी डस्नेछन । मधेसका भुमिलाई टुक्राटुक्रा गर्ने कारण उपेन्द्रको नलायकपनाले गर्दा हो । आठ जिल्लाक‍ो खोखला मधेस प्रदेश बाहेकका १६ जिल्लामा रहेको यादव समुदाय लगायत अन्य मधेसी समुदाय अल्पसंख्यक भई उन...
‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

राजनीति
काठमाडाैं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास सम्भव नहुने बताउनु भएकाे छ । आइतबार काठमाडाैंमा राष्ट्रिय एकता अभियानले आयाेजना 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बाेल्दै उहाँले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे,'कहिले चीनका लागि नेपाली राजदूतकाे ओहाेदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडाैंमा रहेकाे चिनियाँ दूतावासमार्फत चीनले नेपालकाे आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतकाे काम गरिरहेकाे छ।' उहाँले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याउनु भयाे । त्यस्तै गाेष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेकाे आराेप लगाउनु भयाे। उहाँले भन्नुभयाे,'चीनले नेपाललाई श्रीलं...
नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छ : माधव नेपाल

नेपाल–भारत सम्बन्ध प्रगाढ रहेको छ : माधव नेपाल

राजनीति
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताउनुभएको छ । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा आज आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उहाँले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ । यद्यपि कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन् ।” पूर्वप्रधानमन्त्री नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद भएको बताउनुभयो । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेको उल्लेख गर्दै उहाँले स्थायी समाधानका लागि सरकार...
उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

राजनीति
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिनुभएको छ । उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् ट्वीटमार्फत नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिनुभएको हो । उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउनसँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गर्नुभएको छ । यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गर्नुभएको हो ।...
नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

राजनीति
काठमाडाैं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभएकाे छ।आज साँझ उहाँहरुबीच टेलिफोन वार्ता भएकाे भारतकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । हाल केरला भ्रमणमा रहनुभएका राष्ट्रपति मुर्मुले नेपालका राष्ट्रपति पौडेललाई फोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिनुभएको छ । दुवै जनाबीच दुवै देशकाे अनुपम र बहुआयामिक सम्बन्धकाे बारेमा चर्चा भएकाे थियाे । उहाँहरुले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गर्नुभएकाे थियाे । राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुले विश्वास व्यक्त गर्नुभयाे ।...
उपेन्द्र यादवले रामसहाय यादवकाे राजनीतिक जीवन समाप्त पारे : बिजय गुप्ता

उपेन्द्र यादवले रामसहाय यादवकाे राजनीतिक जीवन समाप्त पारे : बिजय गुप्ता

राजनीति
काठमाडाैं । उपेन्द्र यादवले आफ्नो निजी स्वार्थका लागि रामसहाय यादवको राजनीतिक जीवन गर्भ मै हत्या (भ्रुण हत्या ) गर्नु भएकाे बारा निवासी बिजय गुप्ताले बताउनु भएकाे छ । उहाँले समाजिक सञ्जालमार्फत भन्नुभयाे,'यस पटक नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई दिल ख‍ोलेर एक हप्ता जति बधाई दिने गरौं । किन कि य‍ो जीवन भरी अब अर्को बधाई दिने दिन आउदैन।' उहाँले थप्दै भन्नुभयाे, 'यादव यो देशलाई नै चाहिएको एउटा सुक्ष्म राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । वहाँ जस्तो निस्वार्थ, य‍ोग्य, सादगी, ईमानदारीता र सन्तोषी विचारका उदयमान नेता नेपालमा बहुत कमै पाइन्छन्।' उहाँका अनुसार यादव भोलिको दिनमा जसपाको राष्ट्रिय अध्यक्ष पनि बन्न सक्नु हुन्थ्यो । उहाँले भन्नुभयाे,'उपप्रधानमन्त्री र प्रधानमन्त्री समेत बन्नसक्नुहुन्थ्य‍ो । तर उपेन्द्र यादवले आफ्नो निजी स्वार्थका लागि रामसहाय यादवको राजनीतिक जीवन गर्भ मै हत्या ...
सात महिना बितिसक्दा पनि चिनियाँ राष्ट्रपतिले बुझेनन् राजदूत श्रेष्ठकाे ओहोदाको पत्र

सात महिना बितिसक्दा पनि चिनियाँ राष्ट्रपतिले बुझेनन् राजदूत श्रेष्ठकाे ओहोदाको पत्र

राजनीति
काठमाडाैं । चिनियाँ राष्ट्रपतिले नेपाली राजदूत महामहिम विष्णुपुकार श्रेष्ठबाट चीन पुगेको सात महिना बितिसक्दा पनि उनको ओहोदाको पत्र अहिलेसम्म नबुझेको राष्ट्रिय एकता अभियान अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएकाे छ । चीन र नेपालबीचको बलियो र गहिरो सम्बन्धको पृष्ठभुमिमा यो ढिलाइ गम्भीर चिन्ताको विषय र निकै निराशाजनक रहेकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएकाे छ,'पारस्परिक सम्मान र सहयोगको जगमा निर्माण भएको चीनसँगको सम्बन्धलाई नेपालले सधैं ठूलो महत्त्व दिएको छ । यो सम्बन्ध अन्तर्राष्ट्रिय मञ्चमा एकअर्कालाई समर्थन सहित धेरै तरिकाले प्रकट भएको छ। त्यसैले चीनले कूटनीतिक प्रोटोकलको उचित प्रकृया पालना नगरेको हेर्नु चिन्ताको विषय हो।' चीनलाई नेपालसँगको सम्बन्धको महत्त्वको स्मरण गराउँदै एकता अभियान अभियानका अध्यक्ष विनय यादवले थप ढिलाइ नगरी नेपाली राजदूतको ओहोदाको पत्र बुझिने कुरा सुन...
राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

राजनीति
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको हो । सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलको कार्यकालमा उहाँको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन...
सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुइ पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएकाे थियाे । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।...
सरकारको भन्याे – ओलीको अभिव्यक्ति भ्रमपूर्ण, विश्वविद्यालय खोल्ने निर्णय भएको छैन

सरकारको भन्याे – ओलीको अभिव्यक्ति भ्रमपूर्ण, विश्वविद्यालय खोल्ने निर्णय भएको छैन

राजनीति
काठमाडौं । नेपाल सरकारले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएकाे छ । सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय भएकाे बताएकी हुन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने पनि सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै ...