उपेन्द्रलाई जिताउन १४ कराेड बाेकेर चिनियाँ प्रतिनिधि बारामा

कलैया । वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उपेन्द्र यादवलाई जिताउन चिनियाँ प्रतिनिधि तथा एजेण्टहरु बाराका ‍विभिन्न स्थानमा सक्रिय भएका छन् ।

स्राेतका अनुसार पैसाको खोलो बगाएर नतिजा प्रभावित पार्ने उद्देश्यले आर्थिक सहयोग बाेकेर चिनियाँ प्रतिनिधि तथा एजेण्टहरु बाराका ‍विभिन्न स्थानमा सक्रिय भएका हुन् ।

चीनकाे छत्रछायाँमा राजनीति गर्दै आएका उपेन्द्रलाई चुनाव खर्च बाेकेर चिनियाँ एजेण्टहरु बारामा सक्रिय भएको स्राेतकाे दाबी छ ।

स्राेतले भन्याे,’ चिनियाँ एजेण्टहरुले विभिन्न पक्षसँग समन्वय गरेर गठबन्धनका उम्मेदवार उपेन्द्रलाई जिताउन पैसा बाँडिरहेका छन्।’

मतदाता किन्न, भोज-भतेर गर्न तथा कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न भनेर १४ करोड रुपैयाँ लिएर चिनियाँ एजेण्ट दिपक भट्ट तथा मनोजमान श्रेष्ठ बारामा खटिएकाे स्राेतकाे दाबी छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.