राजनीति

नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी

नेपालका प्रधानमन्त्री प्रचण्डसँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको छु : मोदी

राजनीति
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारत-नेपाल सम्बन्धमा फलदायी वार्ता गरेको बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् । उनले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भएको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मैले भारत-नेपाल सम्बन्धमा विगत केही वर्षमा भएको प्रगति र यो सहयोगलाई अझ गहिरो बनाउने उपायहरूबारे फलदायी वार्ता गरेको छु । वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरू छलफलमा प्रमुख रूपमा प्रस्तुत भए।’ चारदिने भारत भ्रमण रहेको प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज भेटवार्ता भएको थियो ।...
प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेटवार्ता

राजनीति
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मु भेटवार्ता गरेका हुन् । भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भएकाे हाे । त्यस्तै राष्ट्रपति मुर्मुले हालैका वर्षहरूमा नेपाल–भारत द्विपक्षीय सहयोग बलियो हुँदै गएको उल्लेख गरिन्। उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् । साेही क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच द्विपक्षीय वार्ता भएको थियो । उक्त संवादमा नेपाल र भारतबीच ऊर्जा, व्यापार र सहयोग प्रवर्द्धनका विषयमा छलफल भएको थियो । यस क्रममा...
प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

राजनीति
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका उपराष्ट्रपति जगदीप धनखड़सँग भेटवार्ता गरेका छन् । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति धनखड़ भेटवार्ता गरेका हुन् । भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्ध हाम्रो सम्बन्धको आधारस्तम्भ बनेको विषयमा दुवै जनाबीच छलफल भएकाे हाे । भेटवार्ताकाे क्रममा उपराष्ट्रपति धनखड़ले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै खुसी व्यक्त गरेका थिए । साेही क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँ दिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच द्विपक्षीय वार्ता भएको थियो । उक्त संवादमा नेपाल र भारतबीच ऊर्जा, व्यापार र सहयोग प्रवर्द्धनका विषयमा छलफल भएको थियो । यस क्रममा प्रधानमन्त्री मोदी र प्रधानमन्त्री पुष्पकमलको उपस्थितिमा दुई देशबीच धेरै क्षेत्रमा समझदा...
यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)

यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)

राजनीति
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् । हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो । यस्ता छन् संयुक्त पत्रकार सम्मेलनमा शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची –बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन –नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन –सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास –अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास –सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्...
पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

राजनीति
काठमाडौं । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ । नेपाल-भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले हस्ताक्षर गरे ।...
नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’

नेपालले अमेरिकालाई पठायो धर्मान्तरणबारे ‘नोटिस’

राजनीति
काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र बनाउने र गैर हिन्दुमाथि विभेद गर्ने नीतिका लागि भारतीय जनता पार्टीबाट हिन्दुवादीहरुलाई रकम लगानी गरेको भन्ने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल सरकारले अमेरिकी सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । नेपालले अमेरिकालाई त्यस्तो नोट पठाइसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार प्रतिनिधिसभालाई जानकारी दिएका हुन् । प्रधानमन्त्री दाहालले शनिबार साँझ प्रतिनिधिसभामा सांसद योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिने क्रममा भने, ‘धर्मान्तरणबारे नेपाल सरकारले अमेरिकी सरकारलाई नोट पठाइसकेको छ ।’ संसदमा प्रधानमन्त्रीले पहिलो चरणको जवाफ दिइसकेपछि पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद भट्टराईले सोधे, ‘हालै समाचारमा आए अनुसार संयुक्त राज्य अमेरिकाको सरकारी निकायले नेपालमा धर्मान्तरण र धर्म अतिक्रमणजस्ता विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको छ । र, यसमा हाम्रो मित्रराष...
प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ

प्रधानमन्त्रीले चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नको दिएनन् जवाफ

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको विषयमा सोधिएको प्रश्नबाट पन्छिएका छन्। शनिबार एमाले सांसद योगेश भट्टराईले बोआओ फोरममा सहभागी नभएको विषयमा चिनियाँ राजदूतले आपत्ति जनाएको भन्दै प्रश्न सोधेका थिए। सांसद भट्टराईले हालै अमेरिकाको स्टेट डीपार्टमेन्टले नेपालमा धर्मसम्बन्धी गरिएको रपोर्टबारे पनि प्रश्न सोधेका थिए। प्रधानमन्त्री प्रचण्डले धर्मसम्बन्धी रिपोर्टबारे सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाएको संसदलाई जानकारी गराएका थिए। तर बोआओ फोरमबारे चिनियाँ राजदूतले आपत्ति जनाएको प्रश्नको उत्तर दिन भने उनी चाहेनन्। गत बिहीबार चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेट गरी र बोआओ फोरम सहभागी नहुनुको कारणबारे सदनमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए। यस विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार प्र...
नेपाली भूमिमा चिनियाँ पक्षले लगाएको तारबार तत्काल हटाउन सरकारी समितिको सुझाव

नेपाली भूमिमा चिनियाँ पक्षले लगाएको तारबार तत्काल हटाउन सरकारी समितिको सुझाव

राजनीति
काठमाडौं। सीमा क्षेत्रका समस्याबारे अध्ययन गर्न सरकारले बनाएको समितिले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमिमा संरचना बनाउनुका साथै विभिन्न खाले अवरोध गरिरहेको निष्कर्ष निकाल्दै त्यसबारे चीनसँग तत्काल वार्ता गर्न सुझाव दिएको पाइएको छ। समितिले प्रतिवेदन बुझाएको दुई वर्ष हुन लागे पनि सरकारले भने कुनै कदम चालेको छैन। अहिलेसम्म सार्वजनिक नभएको उक्त प्रतिवेदनमा हुम्ला क्षेत्रमा चीनसँग थुप्रै समस्या रहेको किटानी गर्दै समाधानका उपाए समेत सुझाइएको छ। तर उक्त प्रतिवेदन कार्यान्वयन गर्न नेपाल सरकारले भने कुनै तत्परता देखाएको छैन। अघिल्लोपटक शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल-चीन सीमा सम्बन्धमा हुम्लाको लिमी-लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न समिति बनाएको थियो। गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य संयोजक रहेको समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, प्रहरी वरिष्ठ प्रहर...
भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै

भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै

राजनीति
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् । मन्त्रालयका अनुसार भ्रमणमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले जुन १ तारिकमा समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने मन्त्रालयले जनाएको छ । सोही दिन मोदीले दिवाभोजको आयोजना गर्ने छन्। भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शि...
नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा

राजनीति
काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालको आन्तरिक मामिलामा चीन सरकारले हालै गरेको हस्तक्षेपको कडा निन्दा गरेकाे छ। अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकताका लागि प्रभाव पार्ने र दबाब दिने चीनको प्रयास हाम्रो राष्ट्रको सार्वभौमसत्तामाथिको हनन मात्र होइन, राजनीतिक दलहरूभित्रको लोकतान्त्रिक प्रक्रियाको डरलाग्दो उल्लङ्घन पनि रहेकाे जनाएकाे छ । जारी विज्ञप्तिमा भनिएकाे छ,'एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा नेपालका राजनीतिक दलहरू आन्तरिक निर्णय प्रक्रियालगायत आफ्नो राजनीतिक मार्ग र गठबन्धनहरू स्वतन्त्र रूपमा निर्धारण गर्ने अधिकार राख्दछ। आन्तरिक लोकतान्त्रिक विचार-विमर्श र निर्णय गर्ने वातावरण बनाउन राजनीतिक दलका सदस्यहरूबीचको बैठकहरू स्वतन्त्र रूपमा कुनै बाह्य हस्तक्षेपविना सञ्चालन गर्नुपर्छ।' चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभागका...