राजनीति

हाम्रा नेताहरू चिनियाँ ‘प्रोपोगान्डा’ बुझ्दैनन् कि प्रतिरक्षा गर्छन् ?

हाम्रा नेताहरू चिनियाँ ‘प्रोपोगान्डा’ बुझ्दैनन् कि प्रतिरक्षा गर्छन् ?

राजनीति
कृष्ण तिमल्सिना असार ६ गते चीन सरकारको ऋण लगानीमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एअरको एयरबस ए–३१९ विमानले चार्टर उडान अवतरण गर्दा पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चीनका राजदूत छन सोङसँगै मञ्चमा उभिएका थिए। सोही चिनियाँ विमानबाट केही चिनियाँ खेलाडी र पर्यटकका साथ चीनबाट सोझै पोखरा उत्रिएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि पोखरा विमानस्थलमा भएको औपचारिक कार्यक्रममा सोही मञ्चमा सँगै बसेका थिए। चीनको छेन्दु–तियान्फु इन्टरनेसनल एअरपोर्टबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा मन्त्री किराँतीले नै यात्रुलाई स्वागत गरेका थिए। यो चीनबाट सुरु भएको नियमित व्यावसायिक उडान नभई असार ८ गते पोखरा फेवातालमा सुरु हुने दुई दिने नेपाल चाइना फ्रेन्डसिप ड्रागन रेस फेस्टिभलका लागि थियो। तर पनि नेपाली अधिकारीले चिनिय...
बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

बीआरआई, बीआरआई, कि चिनियाँ भाइरस

राजनीति
काठमाडाैं । चीनले पोखरा विमानस्थललाई बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईअन्तर्गत भन्ने आफ्नो दाबी बारम्बार दोहो¥याउनु गलत कूटनीतिको द्योतक हो। नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो भन्ने उसको दाबी सरासर झुटो हो। किनभने पोखरा विमानस्थल भने नेपालीले ४७ वर्षदेखि साँचेको सपना हो जुन यही अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट सञ्चालनमा आयो। अर्को महत्त्वपूर्ण कुरा के भने पोखरा विमानस्थलका लागि चीनसँग नेपालले ऋण लिएको हो, अनुदान होइन। त्यही ऋण सम्झौता पनि सन् २२ मे २०१४ मा भएको थियो। झनै बिर्सन नहुने तथ्य के हो भने बीआरआईका लागि भनेर अहिलेसम्म कुनै पनि परियोजना टुंगो लागेका छैनन्। स्वयं नेपालले प्रस्ताव गरेका ९ परियोजनामा पनि पोखरा विमानस्थल छैन। विमानस्थल उद्घाटनकै दिन सम्बोधन गर्दै चीनका कार्यवाहक राजदूत वाङ सिनले बीआरआईअन्तर्गतको परियोजना भनेर व्यर्थको कचिंगल पैद...
नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

नेपालको राजनीतिक आन्तरिक राजनीतिमा सक्रिय चिनियाँ राजदूत

राजनीति
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको भ्रमण गर्नुभन्दा केही घण्टा अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । सोमबार बालुवाटारमा प्रधानन्त्री दाहालसँग राजदूत सोङले भेट गरेका हुन् । दाहाल र सोङबीच करिब के कुरा भएको थियो केही भनिएको छैन । बीआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा दाहाल र सोङबीच छलफल भएको बुझिएको छ । नेपालको आन्तरिक राजनीतिमा चीनले निकै चासो देखाउने गरेको छ । राजदूत सोङले नेपालका राजनीतिक दलका नेताहरूसँग निरन्तर भेट गर्दै आएका छन् । परराष्ट्र मन्त्रालयको अनुमति नलिएर सोङले राजनीतिक भेट गरेपछि विरोध भइरहेको छ । राजदूत सोङ विभिन्न जिल्लाहरूमा जाने, त्यहाँका राजनीतिक दलका नेताहरूसँग भेट्ने, आफ्नो राजनीतिक गतिविधिलाई नेपालको आन्तरिक मामिलाविरुद्ध हर्कत गर्ने गरेको आरोप छ । प्...
नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

नेपालका लागि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि

राजनीति
काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे बारेमा झुठ बाेलेकाे पुष्टि भएकाे छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेपछि चिनियाँ राजदूत सोङले झुठ बाेलेकाे पुष्टि भएकाे छ । उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनको भनाइ छ। संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे। 'छ्यापछ्याप्ती छ त। फेरि संसदमा यही कुरा उठ्छ। बिआरआई सम्झौता त २०१६ मा भएको हो। पोखरा एयरपोर्ट २०१२ मा निर्माण सुरु भएको हो,' उनले प्रतिप्रश्न गरे, 'संसारले यो बिआरआई होइन भनिरहेको छ। सांसदहरू अल्मलिएका अल्मलियै छन्। बिआरआई हो कि, यो के हो? ध्वनी प्रदूषण गरेका छन्। समय र शक्तिको खर्च...
चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न अभियानकाे आग्रह

राजनीति
काठमाडाैं । राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेंग सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे छ । अभियानले परराष्टमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै चिनियाँ राजदूत सोंगसँग स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे । ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका नेपालका लागि चिनियाँ राजदूतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको अभिव्यक्ति दिएपछि अभियानले स्पष्टीकरण माग्न आग्रह गरेकाे हाे । अभियानका अनुसार पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको थियो । राजदूतको भनाइ र त्यसको दिर्धकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढेकाे भन्दै अभियानले परराष्टमन्त्री साउदलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे । ध्यानाकर्षण पत्र भनिएकाे छ,'कुन आधारमा राजदूतले यस्तो दाबी ग...
चीनियाँ टाेली शीर्ष नेताकाे घरघरमा, जीएसआई र जीसीआईमा सहभागी हुन दबाव

चीनियाँ टाेली शीर्ष नेताकाे घरघरमा, जीएसआई र जीसीआईमा सहभागी हुन दबाव

राजनीति
काठमाडाैं । पटक पटक नेपालको आन्तरिक मामलामा हात हालेर गिजोलेको चीनले फेरी काठमाण्डौंमा दौडधुप सुरु गरेको छ। नेताका ढोका ढोका हिडिरहेको चीनियाँ टोली कुनै महत्वपूर्ण विषयमा कुरा गर्न आएको हुन सक्ने अनुमान छ। तर, नेताहरुले छलफलको विषय सार्वजनिक गरेका छैनन्। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनसहितको टोली अहिले राजनीतिक भेटघाटमा ब्यस्त छ। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले आइतबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर चीनियाँ टोलीले अध्यक्ष ओली लगायतका नेतासँग भेटघाट गरेका हुन। उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमाले कार्यालयले जनाएको छ। त्यसपछि सो टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि ेट गरेको छ। उनीहरूबीच राप्रपा केन्द्रीय कार्याल...
नेपालकाे आन्तरिक राजनीतिमा बढ्याे चिनियाँ राजदूतकाे दाैडधुप

नेपालकाे आन्तरिक राजनीतिमा बढ्याे चिनियाँ राजदूतकाे दाैडधुप

राजनीति
काठमाडाैं । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा चिनियाँ राजदूतकाे दाैडधुप बढेकाे छ । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको अन्तिम तयारी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपाल आइपुग्यो । जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले बालुवाटारमै गएर भेट्यो । त्यही दिन चिनियाँ टोली माओवादीको हेडक्वाटर पेरिसडाँडामा गएर माओवादी केन्द्रका नेताहरूसँग भेट ग¥यो । साथै सबै भेटमा चिनियाँ राजदूत छन् सोङ्‌काे पनि सहभागिता रहेकाे थियाे । भारत जानुअघि यसरी चिनियाँ नेताहरूले प्रधानमन्त्री प्रचण्ड र अन्य नेताहरूलाई भेट्नु संयोग मात्र रहेको दाबी गर्छन् माओवादी केन्द्रका महासचिव देव गुरुङ । यसअघि पनि पार्टीका अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण...
‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

राजनीति
काठमाडाैं । राष्ट्रिय एकता अभियानका अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खाेजिरहेकाे आराेप लगाएकाफ छन्। सर्लाहीको मलंगवामा अभियानले आयाेजना गरेकाे नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचारगोष्ठीमा बाेल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खाेजिरहेकाे आराेप लगाउनु भयाे । उनले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे टिप्पणी गर्नुभयाे । उनले भने,'उतर तीरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेकाे छ, चीनले देश भित्र राजनीतीक हस्तक्षेप गर्नुका साथै अघोषित नाकाबन्दीलाई निरन्तरता दिइरहेकाे छ।' उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको समेत खुलासा गरे । उनले भने,'चीनको तिब्बतीकरण गर्ने षड्यंन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।' त्यसैगरी गाेष्ठीमा पूर्वमन्त्री रामचन्द्र राय यादवले ने...
संसदको भित्तामा कुँदिएको कपिलवस्तु र लुम्बिनीबारे भारतले दियाे प्रष्टीकरण

संसदको भित्तामा कुँदिएको कपिलवस्तु र लुम्बिनीबारे भारतले दियाे प्रष्टीकरण

राजनीति
काठमाडाैं । संसदमा भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ। नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ। भारतको नयाँ संसद भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मुख खोलेका छन्। उक्त नक्सा नेपालले सोचेजस्तो नभई राजा अशोकाको समयमा उनले विस्तार गरेको राज्यको अवस्था झल्काउने क्षेत्र भएको बागचीले बताए। नक्सा बारे नेपालले आपत्ति जनाएपछि भारतको पहिलो आधिकारिक धारण सार्वजनिक गर्दै उनले दक्षिण एसियाको भौगोलिक भित्तेचित्र भएको संकेत गरे। आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहर...
मुस्ताङमा चीनले सीमा मिचेको स्थानीयकाे आरोप

मुस्ताङमा चीनले सीमा मिचेको स्थानीयकाे आरोप

राजनीति
काठमाडाैं । उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको १ हजार ४ सय ३९ दशमलव १८ किलोमिटर लामो सीमा सम्वन्ध छ। नेपाल–चीनको सिमानामा (चीन–भारत–नेपालको त्रिदेशीय विन्दुबाहेक) ७९ वटा सीमास्तम्भ छन्। नेपालको पश्चिमको लिपुधुरा भञ्ज्याङ्गमा स्थापित सीमास्तम्भ नम्बर १ देखि पूर्वको टिप्ताला भञ्ज्याङ्गमा रहेको सीमास्तम्भ नम्बर ७९ सम्म नेपालका १५ वटा जिल्लाको सिमाना चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । जसमध्ये राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको उत्तरी अन्तिम विन्दु २४ नम्बर पिल्लर चीन र नेपालको सयुक्त ट्रान्जिट प्वाईन्ट हो। सीमा क्षेत्रमा वेला वेला चीनले हस्तक्षेप गर्ने गरेको छ, जसका कारण सीमामा विवाद र समस्याहरु पनि आउने गरेका छन्। केही समयअघि हुम्लामा भएको सीमा विवादका कारण निकै खैलावैला भएको थियो। अहिले मुस्ताङमा पनि स्तम्भ सारेर सीमा मिचिएको छ। मुस्तामा १८ नम्बरदेखि ३३ नं. सीमासम्...