यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।

यस्ता छन् संयुक्त पत्रकार सम्मेलनमा शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची

–बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
–नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
–अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
–सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
–क्रस बोर्डर पेमेन्टबारे समझदारी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.