राजनीति

‘ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक’

‘ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक’

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बाेल्दै नेता पौडेलले आफैले प्राप्त गरेको दुई तिहाई मतको व्यवस्थापन गर्न नसक्ने ओलीविरुद्ध सम्पूर्ण शक्ति एक भएर आन्दालन गर्नुपर्ने बताए । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काँशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् । ‘हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो, र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ’, पौडेलले भने, ‘यो अलोकतान्त्रिक कदम हो ।...
बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः प्रचण्ड

बाँकी दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्ः प्रचण्ड

राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताउनुभयो । निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उहाँले गर्नुभयो । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो । “बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो,“प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।” पत्रकारका एक प्रश्नमा उहाँले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा वि...
भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

Uncategorized, राजनीति
काठमाडौं । बैतडीकी भागरथी भट्ट घटनामा संलग्न अपराधीलाई कारबाही गर्न माग गर्दै महिला कानुन व्यवसायीहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी भट्टको बलात्कारपछि हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानूनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् । नेपाल बार एशोसिएशनका उपाध्यक्ष एवं नेपाल बार एशोसिएशन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सुक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताए । भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोशिस गर्नुभएको अध्यक्ष बस्यालले बताए । महिला कानून व्...
‘संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’

‘संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’

राजनीति
काठमाडाैं । संसद् विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका मुद्दामाथि एमिकस क्युरीले आफ्नाे राए दिइरहेका छन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको बताएका छन्। एमिकस क्युरीमा रहेका अधिवक्ता कार्कीले संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने बताए। ‘श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन’,उनले भने, ‘जसले संविधान निर्माण गरेका थिए, जसले कार्यन्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्।’ अधिवक्ता कार्कीले ५ जना न्यायाधीशहरुलाई ठूलो र महत्वपूर्ण निर्णय लिने जिम्मेवारी आएको बताए। यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको राय लिन सुरु भएको हो।...
संयुक्त आन्दोलनबारे देउवासँग छलफल जारी छः प्रचण्ड

संयुक्त आन्दोलनबारे देउवासँग छलफल जारी छः प्रचण्ड

राजनीति
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दलहरू चाँडै संयुक्त आन्दोलनमा जाने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-नेपाल समूहकाे नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध संयुक्त रुपमा आन्दोलन गर्न दलहरुसँग छलफल भइरहेको बताए । चितवनको भरतपुरमा निर्माणाधीन सिटी हलको निरिक्षण गर्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जानेबारे छलफल भएको जानकारी दिए । संविधानलाई सही ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा असंवैधानिक कदमबाट ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए ।...
आरआर क्याम्पसमा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप हुने सम्भावना, बाक्लो संख्यामा प्रहरी परिचालन

आरआर क्याम्पसमा ओली र प्रचण्ड समूहका विद्यार्थीबीच झडप हुने सम्भावना, बाक्लो संख्यामा प्रहरी परिचालन

राजनीति
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस विद्यार्थीहरूबीच झडप हुने सम्भावना भएपछि बाक्लो सङ्ख्या सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान प्रतिनिधि सभा विघटनको विषयमा विभाजित भएका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल सकूहका विद्यार्थीबीच विवाद भएको थियो । त्यही क्रममा केही धक्का मुक्कासमेत भएकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाभित्र असन्तुष्ट रहेकाहरू आन्दोलनमा छन्।...
संसद् विघटन विरूद्धका मुद्दाः आजबाट एमिकस क्यूरीको बहस सुरू

संसद् विघटन विरूद्धका मुद्दाः आजबाट एमिकस क्यूरीको बहस सुरू

राजनीति
काठमाडौं । संसद् विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका १३ वटा रिटमा पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ गतेबाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मङ्गलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ । इजलासले मङ्गलबारदेखि एमिकसको धारणा सुन्ने जनाउ दिइसकेको छ । अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन् । नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ । संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जवाफ दिने क्रममा निवेदक पक्षले अवशिष्ट अधिकार प्रधानमन्त्री वा राष्ट्रपतिको अधिकार स्रोत नभएको जिकिर गरेका ह...
समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

राजनीति
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । यस ऐतिहासिक अवसरमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुख्यमन्त्री गुरुङले सङ्घर्षका क्रममा घाइते र बेपत्ता भएका योद्धा परिवारप्रति सम्मान प्रकट गरेका छन्। नेपालको संविधानले व्यवस्था गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेर तीन तहका सरकारबीचको सहकार्य र सम्...
बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल

राजनीति
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उहाँले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । “पूर्वीय दर्शनको उद्गम भूमि नेपाललाई धार्मिक पर्यटनमार्फत प्रचारप्रसार गर्नुपर्छ”, उहाँले भन्नुभयो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालको धार्मिक क्षेत्रको संरक्षण गरी पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । नेपाल तपोभूमिको संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ थियो । प्रतिष्ठानका संरक्षक वाचन प्रवीण दिनवन्धु पोखरेलले नेपाल वेद र बुद्धको उद्गम थलो भएकाले वेदको योग र बुद्धको ध्यानलाई विश्वव्...
‘अलोतान्त्रिक र असंवैधानिक चुनावले अतिवाद निम्त्याउँछ’

‘अलोतान्त्रिक र असंवैधानिक चुनावले अतिवाद निम्त्याउँछ’

Featured, राजनीति
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू शान्तिपूर्ण राजनीतिमै रहने बताएका छन् । चितवनमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले आफू अतिवादमा नजाने भएकाले शान्तिपूर्ण राजनीतिमै रहने बताए । असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनकाे जिकीर थियाे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’ संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।...