राजनीति

नेकपाका दुवै समूह जन विरोधी : शशांक कोइराला

नेकपाका दुवै समूह जन विरोधी : शशांक कोइराला

राजनीति
दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह जनता विरोधी भएको बताएका छन् । संसद विघटनका बिरुद्ध सोमबार दाङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले नेकपाका दुवै समूह (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल) जन विरोधी भएको बताएका हुन् । विरोध सभालाई सम्बोधन गर्दै उनले भने ‘नेकपा पार्टीको आन्तरिक झगडाका कारण संसद विघटन गरियो, पार्टीको झगडाले संसदलाई रिस पोख्न पाइन्छ ?, नेकपाका दुवै समूह जनता विरोधी हुन् भन्ने त्यसले देखाएको छ ।’ उनले संसद विघटन बिरुद्ध कांग्रेस कसैसँग मिलेर आन्दोलन नगर्नेसमेत प्रष्ट पारे । ‘कांग्रेस एक्लैले अहिले आन्दोलन गरिरहेको छ, एक्लै नै गर्छ, कसैसँग मिलेर अहिले आन्दोलन हुँदैन ।’ महामन्त्री कोइरालाले सम्बोधनका क्रममा भने ।...
संसद् विघटनविरुद्धको मुद्दाः निवेदकको बहस सकियो, भोलिबाट ‘एमिकस क्यूरी’ ले राय पेस गर्ने

संसद् विघटनविरुद्धको मुद्दाः निवेदकको बहस सकियो, भोलिबाट ‘एमिकस क्यूरी’ ले राय पेस गर्ने

राजनीति
काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि निवेदकका तर्फबाट बहस सोमबार सकिएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको हो । अब मङ्गलवारदेखि अदालतको सहयोगी (एमिकस क्यूरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्यूरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।...
ओलीले राज्यकोष रित्याउदै संवैधानिक निकायहरुलाई प्रभावमा पार्न खोजे : जनमोर्चा

ओलीले राज्यकोष रित्याउदै संवैधानिक निकायहरुलाई प्रभावमा पार्न खोजे : जनमोर्चा

राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद् विघटन पछि सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक तथा स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न गरिरहेको आरोप लगाएको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक तथा स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्ने प्रयत्न गरिरहेको जनाएको हो । प्रतिगमनको खतराको विरोधमा राजावादीबाहेक देशका सबै राजनीतिक दल, संगठन, संघसंस्था, पत्रकार, नागरिक समाज आदिले संघर्ष गरिरहेको जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘तर ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्ति गर्दै गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन ।...
नेकपा विवादबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई कांग्रेस सभापति देउवाको आग्रह

नेकपा विवादबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई कांग्रेस सभापति देउवाको आग्रह

राजनीति
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैधानिकताबारे चाँडै निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले नेकपा विवादबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचनासमेत गरे । साथै उनले आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने आशंका बढेकाे पनि बताए । अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नमिल्ने बताउँदै उनले यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै अदालतको निर्णय पर्खिनुपर्ने बताए । उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’ नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयो...
केपी ओलीले आफ्नो तानशाही शासन लम्ब्याउन निर्वाचनको घोषणा गरे : प्रकाशमान सिंह

केपी ओलीले आफ्नो तानशाही शासन लम्ब्याउन निर्वाचनको घोषणा गरे : प्रकाशमान सिंह

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए । ‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने। उनले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्‍यो। अहिले पनि अ...
संवैधानिक इजलासमा जवाफी बहस : संसद् प्रधानमन्त्री ओलीको नोकर होइन

संवैधानिक इजलासमा जवाफी बहस : संसद् प्रधानमन्त्री ओलीको नोकर होइन

राजनीति
काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताएका छन् । सोमबार सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्रीले संसदलाई नोकर सम्झिएको जिकिर गरे । उनले संसद् विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलई नभएको बताए । थापाले भने, ‘प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ। कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन।’ कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालको संविधानमा दुवैलाई विशेषाधिकार नभएको बताए। यस्तै अहिलेको संविधानमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको थापाले बताए।...
आफ्नै दलका नेताहरुले काम गर्न नदिँदा निर्वाचनको घोषणा: केपी ओली

आफ्नै दलका नेताहरुले काम गर्न नदिँदा निर्वाचनको घोषणा: केपी ओली

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका साथीहरूले काम गर्न नदिएको दोहोर्‍याएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका साथीहरूले काम गर्न नदिँदा त्यसको प्रत्यक्ष असर व्यवस्थापिकामा पर्न नदिन आफूले निर्वाचनको घोषणा गरेको दावी गरे । आफ्नो कदम प्रतिगमन नभएको बताउँदै उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको दोहोर्‍याउँदै ‘के मैले सधैँ शासन सत्तामा बसिराख्छु भनेको छु र ?’ भन्दै प्रश्न गरेका थिए ।...
चुनाबकाे घाेषणा जनता भुलाउने नाटक हो : प्रचण्ड

चुनाबकाे घाेषणा जनता भुलाउने नाटक हो : प्रचण्ड

राजनीति
चितवन । नेपालल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दहाल ‘प्रचण्ड’ले आउँदो वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने दावी गरेका छन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने–‘चुनाब जनता भुलाउने नाटक हो । चुनाब हुन गरिएको प्रतिगमन होइन, तपाइँहरु प्रष्ट हुनुस चुनाब हुँदैन ।’ चुनाबको कुनै अर्थ नरहेको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई प्रहार गरि चुनाबको मिति तोकिएको दावी गरे । प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त भएको उपलब्धि धरापमा पारेको आरोप लगाउँदै उनले ओलीको संसद विघटन, संवैधानिक नियुक्तिलगायतका विरुद्धमा आम नेपाली एकजुट हुनु पर्ने उनकाे भनाइ थियाे ।...
जनताका चाहना बमोजिम कार्यक्रम द्रुतगतिमा कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री राई

जनताका चाहना बमोजिम कार्यक्रम द्रुतगतिमा कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री राई

राजनीति
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको तीन वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित समारोहमा उहाँले आगामी दिनमा जनताका चाहना बमोजिम कार्यक्रम दु्रतगतिमा कार्यान्वयन गर्ने कुरामा जोड दिनुभयो । उहाँले विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढिरहेका बेलामा कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले गएको चैत ११ देखि देशव्यापी रुपमा बन्दाबन्दीको घोषणाले आर्थिक विकासका समग्र गतिविधि र अभियानमा ठूलो गतिरोध उत्पन्न भएको चर्चा गर्दै भौतिक पूर्वाधार विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, समाज कल्याणजस्ता सामाजिक विकासका काम, कृषि, उद्योग, पर्यटन जस्ता गतिविधि, सुरक्षा बन्दोबस्तीका तयारी आदि सबै क्षेत्रमा कोभिड...
अवहेलना मुद्दाको लिखित जबाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगे

अवहेलना मुद्दाको लिखित जबाफसहित चार पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगे

राजनीति
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । सर्वाेच्चले उनीहरुलाई लिखित जवाफ पेस गर्न गरेकाे आदेश उनीहरूले साेमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।...