राजनीति

प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ : प्रधानमन्त्री ओली

प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ : प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लागेकाे र सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेकाे बताएका छन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा साेमबार सिंहदरबारबाट आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेको बताए । “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?” उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि ग...
प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिष्कार

प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम बहिष्कार

राजनीति
विराटनगर । प्रदेश नम्बर १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले बहिष्कार गरेको छ। सोमबार मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रचण्ड-नेपाल समूह अनुपस्थित भएकाे हाे । वार्षिक उत्सवमा नेपाली कांग्रेसले पनि सहभागीता जनाएकाे छैन । यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरूमात्र कार्यक्रममा सहभागी छन। कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन।...
देशमा राजासहितको प्रजातन्त्र आवश्यक छ: कमल थापा

देशमा राजासहितको प्रजातन्त्र आवश्यक छ: कमल थापा

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक भएको औंल्याएका छन् । सोमबार सामाजिक संजालमा प्रतिक्रिया दिंदै अध्यक्ष थापाले नेपाली समाज सनातन मूल्य, मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको पनि उल्लेख गरेका छन् । संगठन सुदृढीकरण अभियानमा देशब्यापी अभियानमा जुटेका थापाले कोह कसैसँग डराउन नपरेपछी नेपालमा भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको पनि बताए । अध्यक्ष थापाले देशका विभिन्न स्थानमा पुगेर राजासहितको प्रजातन्त्र नै नेपाल र नेपालीको हितमा हुने प्रतिक्रिया दिंदै आएका छन् ।...
सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाेजिएकाे कांग्रेसकाे आराेप

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाेजिएकाे कांग्रेसकाे आराेप

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरिरहेको बताएका छन् । साथै उनले युवा पुस्तालाई सजग रहन पनि आग्रह गरेका छन् । सोमबार पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गरी विरोधका बाबजुद पनि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नु तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।...
तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

Featured, राजनीति
काठमाडौं । आफू दोस्रो पटक प्रधानमन्त्री बनेकाे तीन वर्ष पूरा भएकाे अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेकाे सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
कांग्रेसद्वारा आज ७७ वटै जिल्लामा प्रदर्शन

कांग्रेसद्वारा आज ७७ वटै जिल्लामा प्रदर्शन

राजनीति
काठमाडौं । संसद विघटनविरूद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।...
संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले सदर गरिदिन्छ : पार्वत गुरुङ

संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले सदर गरिदिन्छ : पार्वत गुरुङ

राजनीति
चरिकोट । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् । दोलखाको चरिकोटमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरे । निर्वाचन आयोगले सूर्य चिन्ह् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्व रहेका आधिकारिक नेकपाले पाउने उनको दाबी थियो । निर्वाचन आयोगले माधव नेपाल नचिन्ने र पहिलो अध्यक्ष केपी ओलीले नेतृत्व गरेको नेकपा चिन्ने भन्दै सूर्य चिन्ह र पार्टी आधिकारिक रुपमै ओली समूहकै हुने उनको दाबी थियो ।...
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्ने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक फागुन ५ गते बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्य पनि उपस्थित हुनेछन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित बनेको कांग्रेसले सोही विषयमा थप छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएको जनाएकाे छ। पार्टीभित्र प्रतिनिधिसभा विघटनको विषयमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोधमा अगाडि नबढ्ने अडान लिएका छन् भने अन्य नेताले यसको खुलेर विरोध गर्दै आएका छन् ।...
विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे

विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे

Featured, राजनीति
काठमाडाैँ । लामो समयदेखि समाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपबाट अपहेलित, उपेक्षित र अधिकारबाट बन्चित दलित समुदायलाई सचेत र जागृति गराउने हिसाबले पूर्वमा सप्तरीको राजविराज र पश्चिममा दैलेखमा एकैसाथ राष्ट्रिय दलित मुक्ति जागरण अभियानले दुई ठुला- ठुला जनसभा आयोजना गरेको छ। राजविराजमा भएको जनसभामा अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता बताए। उनले भने,‘ कम्युनिष्ट पार्टी चुनावका बेला दलित समुदायलाई प्रयोग मात्रै गर्ने गरेका छन्।' दलित एवम् उत्पीडित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरु भईरहँदा पनि सरकार मात्र नभई राजनीतिक दलहरुले मौनता साधेको बताए। उनले भने ‘दलित समुदायलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा दलित स...
‘राजनीतिक स्वार्थ पूर्तिका लागि पशुपतिनाथलाई उपयोग गरियो’

‘राजनीतिक स्वार्थ पूर्तिका लागि पशुपतिनाथलाई उपयोग गरियो’

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा प्रचण्ड–नेपाल केन्द्रीय संघर्ष समितिको थप आन्दोलन घोषणा कार्यक्रममा प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताए । पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाइ थियो । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे । प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानूनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचन मिति घोषणा गरेको होइन भन्ने कुरामा स्प...