राजनीति

संसद विघटनविरुद्धकाे प्रदर्शनमा सहभागी हुन शेरबहादुर देउवाकाे अपील

संसद विघटनविरुद्धकाे प्रदर्शनमा सहभागी हुन शेरबहादुर देउवाकाे अपील

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्। आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३ गतेको प्रदर्शनमा व्यापक सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका हुन् । देउवाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपील गर्दछु।’ देउवाले प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गरेका छन् । देउवाले संसद विघटनलाई संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरितको क...
ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश

ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश

Featured, राजनीति
काठमाडाैं । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीविरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो । रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार लिता निवास जग्गा प्रकरणमा अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न सर्वाेच्चले आदेश दिएकाे हाे । अधिवक्ता न्यौपानले नेपाल र भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।...
साझा पार्टीको सञ्चार संयोजकमा प्रकाशचन्द्र परियार

साझा पार्टीको सञ्चार संयोजकमा प्रकाशचन्द्र परियार

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले संचार विभागको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएकाे छ। आइतबार साझा पार्टीले सञ्चार, सूचना तथा प्रविधि विभागको जिम्मेवारी परियारलाई दिइएको हो । सञ्चार विभागको विस्तारसँगै परियारको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको छ। विस्तारित समितिका सदस्यलाई बधाई दिँदै परियारले मिडियासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।...
संसद विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलन घोषणा

संसद विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलन घोषणा

राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले तेस्राे चरणको आन्दोलन घोषणा गरेको छ। प्रचण्ड–नेपाल समूहले आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो। उद्देश्य पूरा नभएसम्म आन्दोलन जारी रहने पत्रकार सम्मेलनमा नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलित छ । प्रचण्ड–नेपाल समूहले सार्वजनिक गरेका कार्यक्रम यस्ता छन् फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय सभा ६ गते काठमाडौंको टुँडीखेल वरिपरि मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम ७ देखि १५ गतेसम्म सार्वजनिक स्तरमा हस्ताक्षर अभियान वडा तहसम्म ८ गते काठमाडौंमा वृ...
भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

राजनीति
काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो । कोणसभामा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला सङ्घकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताए । भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसङ्घले निरन्त...
पार्टी विवाद समाधान नगरि निर्वाचनमा जान मिल्दैन : प्रचण्ड–नेपाल समूह

पार्टी विवाद समाधान नगरि निर्वाचनमा जान मिल्दैन : प्रचण्ड–नेपाल समूह

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपालले निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएकाे छ। प्रचण्ड-नेपाल समूहका नेता लिलामणि पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा रहेको र निर्णय आइनसकेका कारण निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएका हुन् । आयोगले निर्वाचन आचारसंहिताबारे दलहरूसँग छलफल गर्न बोलाएको बैठकमा सहभागी भएका पोखरेलले निर्वाचनसँग सम्बन्धित कुनै काम अघि नबढाउन आयुक्तहरुलाई भनेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसकाे विरूद्धमा परेका एक दर्जनभन्दा बढी रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ जारी छ ।...
यो केपी ओलीको सरकार कि नेकपाको ? -प्रधानन्यायाधीश

यो केपी ओलीको सरकार कि नेकपाको ? -प्रधानन्यायाधीश

राजनीति
काठमाडौं । संसद विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आइतबारका सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् । संवैधानिक इजलासमा निवेदकको पक्षबाट जवाफी बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीशले अहिले सरकार केपी ओलीको कि हाे कि नेकपाको भन्दै प्रश्न गरेका थिए । जवाफमा अधिवक्ता पोख्रेलले यो नेकपाकै सरकार भएको बताए । त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो । अधिवक्ता पोख्रेलले अदालतले संसदबाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसदले निर्णय गर्ने बताए ।...
संसद विघटनविरुद्ध सर्वोच्चमा जवाफी बहस सुरु

संसद विघटनविरुद्ध सर्वोच्चमा जवाफी बहस सुरु

राजनीति
काठमाडाैं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार आजबाट रिट निवेदकले जवाफी बहस गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानून व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि जवाफी बहस गरेका कानून व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् । सुनुवाइ अदालतको संवैधानिक इजलासमा भइरहेको छ । इजलासमा प्रधानन्यायाधिश जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्ह्वा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा बहस भइरहेको छ ।...
केरुङ नाकामा आयात-निर्यात सहज बनाउन कांग्रेसको माग

केरुङ नाकामा आयात-निर्यात सहज बनाउन कांग्रेसको माग

Featured, राजनीति
काठमाडाैं । नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् । ‘२०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ ।‘...
तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले चरणबद्ध आन्दोलन गरिरहेकाे छ।...