राजनीति

प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

Featured, राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताएका छन् । सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले बताए । ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताए । पार्टी सरकार सञ्चालन गर्ने अवस्थामा जतिजति बेला पुग्छ, त्यतित्य...
निर्वाचन आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै आयोग

निर्वाचन आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै आयोग

राजनीति
काठमाडौं । वैशाख १७ र २७ गतेका लागि ताेकिएकाे निर्वाचनकाे आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले सबै दलका प्रतिनिधिहरुलाई बोलाएको छ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको छ । छलफलका लागि आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।...
‘केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे’

‘केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे’

Featured, राजनीति
काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङ नाकाले पनि धेरै रसुवाली जनतालाई अवसर प्रदान गर्न सक्ने बताए । यद्यपी नाका पूर्ण रुपमा सञ्चालन हुनुपर्ने उनको माग छ । नौकुण्ड गाउँपािलकास्थित आरुखर्क जुरेढुंगा युवा समाजद्वारा आयोजित सोनाम ल्होसार कार्यक्रममा उनले भने,'रसुवागढी-केरुङ नाका कहिले खुल्ने, कहिले बन्द हुने हुँदा यसकाे प्रत्यक्ष असर रसुवाली जनतामा परेकाे छ।' नाका प्रभावित हुँदा रसुवाली जनताको गरिखाने बाटो बन्द भएको ,ऋण गरेर ४०० भन्दा बढी कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडीनै बुझाउने अवस्थामा पुगेको बताउँदै उनले जसका कारण धेरैको रोजीरोटी गुमेको बताए । १ वर्षदेखि चिनियाँ भूभागमा रहेका गाडी र १ हजार बढी कन्टेनर र सामग्री के कस्तो अवस्थामा छन् भन्ने थाहा नभएको भन्दै उनले ब्याज र किस्ता तिर्न नसकेर १ जना व्यापारीले आत्महत्या नै...
प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेको हुँ कसैसँग डर छैन : ओली

प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेको हुँ कसैसँग डर छैन : ओली

राजनीति
बुटवल । प्रधानमन्त्री एमव् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । शनिबार बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको दाबी गरे । संसद पुनःस्थापना भए देश अस्थिरतातिर जाने भन्दै उनले अदालतले त्यसो नगर्ने बताए । प्रधानमन्त्री ओलीले भने–‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ । संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत हुँदैन । त्यस्तो बेला अस्थिरता आउन सक्छ । त्यसैले अब सोझै जनादेशमा जानुपर्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी...
प्रधानमन्त्री ओलीले भने–निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि छोडिदैन

प्रधानमन्त्री ओलीले भने–निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि छोडिदैन

राजनीति
बुटवल । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि नछाडिने बताएका छन् । शनिबार बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–‘निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए पनि छोडिने छैन। विश्वका कुनै भागमा भागेर पुगेपछि छोडिने छौं।’ प्रधानमन्त्री ओलीले केही समयभित्र नै भागरथीका हत्यारालाई समात्ने दावी गरेका छ। माघ २१ गते बिहान ८ बजे विद्यालय गएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको खुलेको छ। ...
प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए। उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो । ” अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान निर्माणलगायतका उपलब्धिलाई सामान्यरूपमा नलिनसमेत आग्रह गरे । उनले थारू समुदायले जनयुद्ध, जनआन्दोलन र मुलुक निर्माण...
बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

राजनीति
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल आउँदै छन् । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने मुख्यमन्त्री पोखरेलको दाबी छ । बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभाको सबै तयारी पूरा भएको नेकपा ओली समूशका लुम्बिनी प्रदेश संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिने छ । आमसभा दिउँसो साढे...
देव गुरुङ भन्छन् – सर्वोच्चले संसद् पुनःस्थापना नगरे अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुन्छ

देव गुरुङ भन्छन् – सर्वोच्चले संसद् पुनःस्थापना नगरे अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुन्छ

राजनीति
रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले संसद् पुनर्स्थापना नभए अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन्। शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गुरुङले सर्वोच्चले संसद् विघटनलाई बदर गरेमा प्रतिनिधि सभा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनःस्थापना हुने दाबी गरे। ‘प्रतिनिधि सभा विघटनकोे विरोधमा सबै दल, नागरिक समाज र मिडिया उभिएका छन्,’ उनले भने, ‘सर्वोच्चले संविधानअनुसार संसद् पुनःस्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ।’ उनले वैशाखका लागि तोकिएको चुनाव संविधान विपरीत भएकाले त्यो हुनै नसक्ने जिकिर गरे।...
प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले शुक्रबार शिष्टाचार भेटवार्ता भएकाे छ। प्रधानमन्त्री ओली र राजदूतबीच बालुवाटारमा भएको भेटमा दुई मुलुकबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अगाडि बढाउने लगायतका विषयमा वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गरे । राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटक आगमन बढाउन सकिने विचार व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयको विज्ञफ्तिमा उल्लेख छ ।...
अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं : सञ्चारमन्त्री गुरुङ

अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं : सञ्चारमन्त्री गुरुङ

Featured, राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएकाले निर्देशिका ल्याउन लागेको बताए । साथै निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपार्ने उनले स्पष्ट पारेका छन् । ‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो’, मन्त्री गुरुङले भने ‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’...