राजनीति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबार भित्रै सार्ने तयारी भएको छ । २०७२ वैशाखकाे भूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय पुन कार्यालय सिंहदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको हो । सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । स्राेतका अनुसार उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा रहनेछ ।...
संसद विघटनविरूद्ध नागरिक समाजद्वारा माइतीघरमा विरोध प्रदर्शन

संसद विघटनविरूद्ध नागरिक समाजद्वारा माइतीघरमा विरोध प्रदर्शन

राजनीति
काठमाडाैं । संसद विघटनविरूद्ध नागरिक समाजका अगुवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे कदम सच्चाउनुपर्ने माग गरेका छन् । प्रदर्शनमा उनीहरुले विधिको शासन कायम गर, प्राज्ञिक स्वतन्त्रता कायम गर, बलात्कारीलाई कारवाही गर लगायतका प्लेकार्ड बोकेका थिए । विरोध कार्यक्रममा डा. गोविन्द केसीले संसद विघटन गरेर केपी शर्मा ओलीले नागरिक अधिकार खोसेको आरोप लगाए । आफ्नो स्वार्थका लागि मुलुकलाई नै संकटमा धकेल्ने प्रयास भएको भन्दै उनले ओलीको कदम सच्चिनुपर्ने बताए ।...
भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता

राजनीति
काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र  भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता भएकाे छ । भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्यापार, सीमा व्यवस्थापनलगायतका विभिन्न विषयहरु रहेका छन् राजदूत आचार्यले ट्वीट गर्दै भनेका छन्, ‘विहारका मुख्यमन्त्रीसँग न्यानो र सौहार्दपूर्ण भेट भएको छ।’ उनले नेपाल र भारतबीचको मित्रता र सहकार्य सुदृढिकरण हुने पनि बताएका छन्। नेपालको पूर्वी- दक्षिणी सीमासँग जोडिएको विहार राज्यका मुख्यमन्त्रीसँगको भेटघाटले सीमावर्ती क्षेत्रमा सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरिएको छ। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाको खोप उपहार दिएको छ।...
संसद विघटनविरूद्ध हातमा साङ्लाे बाँधेर प्रदर्शन

संसद विघटनविरूद्ध हातमा साङ्लाे बाँधेर प्रदर्शन

राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले हातमा साङ्ला बाँधेर संसद विघटनकाे विराेधमा प्रदर्शन गरेका हुन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लाले बाँकेर प्रदर्शन गरिएकाे उनीहरूले जनाएका छन् । प्रदर्शनमा सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए ।...
जसपा नेता हवारी ओली समूहमा प्रवेश

जसपा नेता हवारी ओली समूहमा प्रवेश

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। हवारी शुक्रबार बिहान नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका हुन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका ओली समूहका अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन्। स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीकाे काम गर्नका लागि शुभकामनासमेत दिएका छन् ।...
केपी ओलीको प्रतिगामी कदमलाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुपर्छ : चित्रबहादुर केसी

केपी ओलीको प्रतिगामी कदमलाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुपर्छ : चित्रबहादुर केसी

Featured, राजनीति
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताएका छन् । प्रगतिशील पत्रकार संघले सन्धिखर्कमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने चेतावनी दिँदै जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताए । ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको उनकाे भनाइ थियाे । पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु दु:खद भएको उनको तर्क थियो । ‘आन्दोलन गरेरै संसद् पुन:स्थापना गर्नुको विकल्प छैन,’ उनले भने, ‘कांग्रेससहित सबै दल मिलेर सड्क संघर्षबाटै प्रतिगमनलाई परास्त नगर्ने हो भने ओलीले देशमा संकटकाल लगाएर देशलाई अझै अँध्यारो...
आन्दोलनमा होमिनुको कुनै विकल्प छैनः प्रचण्ड-नेपाल समूह

आन्दोलनमा होमिनुको कुनै विकल्प छैनः प्रचण्ड-नेपाल समूह

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले आन्दोलनमा होमिनुको कुनै विकल्प नभएकाे निष्कर्ष निकालेकाे छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्षद्व प्रचण्ड र नेपालले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताएका छन् । यस्तै जारी जारी विज्ञप्तिमा भनिएकाे छ 'पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भयाे' ।...
मुख्यमन्त्री राउतद्वारा ल्होसारकाे शुभकामना

मुख्यमन्त्री राउतद्वारा ल्होसारकाे शुभकामना

राजनीति
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायुका साथै उत्तरोतर प्रगतिको कामनासमेत गर्नुभएको हो । मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वले सामाजिक एकतालाई थप बलियो बनाउने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस्ता चाडपर्वले भातृत्वको सन्देश दिने उल्लेख गर्नुभएको छ । साथै उहाँले विश्वमै नेपाली एकतासमेत उजागर भएकाले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।...
राष्ट्रपतिद्वारा ल्होसारकाे शुभकामना, विविधतापूर्ण संस्कृतिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

राष्ट्रपतिद्वारा ल्होसारकाे शुभकामना, विविधतापूर्ण संस्कृतिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन्। सन्देशमा राष्ट्रपतिले भनेकी छन्, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।” चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ । यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसो...
शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ

पत्रपत्रिका, राजनीति
काठमाडौं । सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ। झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ। झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन्। झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोपसमेत लागेको छ। ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन। यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरूलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो ...