राजनीति

संसद विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, सभामुखका तर्फबाट बहस सुरु

संसद विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, सभामुखका तर्फबाट बहस सुरु

Featured, राजनीति
काठमाडौं । संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका एक दर्जनभन्दा बढी रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । गत माघ १९ गतेबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानून व्यवासायीहरु पंकज कर्ण, बाबुराम दाहाल, धर्मराज रेग्मी, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानून ब्यवसायीहरुका तर्फबाट वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका थिए । प्रधानमन्त्रीका तर्फका वकिलहरुको बहस सकिएलगत्तै सभामुख अग्नि सापकाेटाका तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ । सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका थिए । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको छ । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले गत पुस ५ गत...
केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपालको केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले ओली सरकारले लोकतन्त्र माथि ताला लगाउने काम गरेको बताएका छन् । उनले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । झाँक्रीलाई बुधबार नै पकउ गर्न खोजिएको जनाउँदै प्रचण्डले भने ‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ’ ।...
असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्नेहरुको मुख थुन्न खोजियो : गगन थापा

असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध बोल्नेहरुको मुख थुन्न खोजियो : गगन थापा

राजनीति
काडमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक काम गरिरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि उनले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने सरकारले त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका हुन् । उनले भनेका छन् 'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।'...
रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छ : जनार्दश शर्मा

रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेडमा जान्छ : जनार्दश शर्मा

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर राज्यले मुठभेड निम्त्याउन चाहेको बताएका छन् । विहिबार विहानै प्रहरीले झाँक्रीको घर घेराबन्दी गरेपछि नेता शर्माले सरकारले देशमा मुठभेड निम्त्याउन लागेकाे बताएका हुन् । नेतृ झाँक्री यतिबेला प्रहरीको नजरबन्दमा परेकी छिन् । उनलाई पक्राउ गर्न प्रहरी उनी निवास पुगेपछि कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् । ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।’ नेता शर्माले भनेका छन् ।...
भागरथी हत्या प्रकरणः नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

भागरथी हत्या प्रकरणः नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

राजनीति
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको न्यायका लागि काठमाडौंमा प्रदर्शन भएको छ । ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसका नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए। नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए। उनीहरुले करिब एक घण्टा चक्काजामसमेत गराएका थिए । बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला पन्त, सम्झना विक र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ।...
विप्लव समूहसहित ४ राजनीतिक दलको रणनीतिक मोर्चा घोषणा गर्दै

विप्लव समूहसहित ४ राजनीतिक दलको रणनीतिक मोर्चा घोषणा गर्दै

राजनीति
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसहित चार राजनीतिक दलले रणनीतिक मोर्चाको घोषणा तथा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछन् । मोर्चाको औपचारिक घोषणा गर्न बिहीबार दिउँसो साढे १२ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताए । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहने जनाइएकाे छ। केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभएर अहिलेको संसदीय व्यवस्था नै असफल भएको बताउँदै चार राजनीतिक दलले अहिलेकाे संकट समाधानको विकल्प संघीय जनगणतन्त्र स्थापना नै भएकोले संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागिएकाे जनाएक...
ऋषि धमलालाई नारायणकाजीको धम्की!(भिडियाेसहित)

ऋषि धमलालाई नारायणकाजीको धम्की!(भिडियाेसहित)

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोधसभामा पत्रकार ऋषि धमालाले हल्ला गरेपछि पार्टी मञ्चबाटै चुप लागेर बस्न आग्रह गरेका थिए । उनले सभा संचालन भइरहेकाले हल्ला र अन्य क्रियाकलाप नगरीदिन धमलासँग आग्रह गरेका हुन् । 'एकछिन पत्रकार साथीहरु अरु केही नगरिदिनुहोला। हामी यहाँ सभा संचालन गरिरहेका छौं। त्यहाँ तपाई चुप लागिदिनुहोस्। सुन्नु भयो ऋषि धमला जी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्,'उनले भने। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको दावी गरे । 'वर्तमान सरकारले आफैले असंवैधानिक तरिकाले संसद विघटन गरेर अवस्थामा केपी ओली संसदको सदस्य छैनन्। यस्तो अवस्थामा राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो काम चलाउन सरकार हो भन्ने अवस्था बाहेक प्रधान...
ओलीसँग डराएर निर्णय नगर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

ओलीसँग डराएर निर्णय नगर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी दिएका छन् । बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा पार्टी विवादमा निर्णय गर्दा प्रधामन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग डराएर नेपाली जनतालाई हेप्ने गल्ती नगर्न आयोगलाई चेतावनी दिए । प्रधानमन्त्री ओलीले मंगलबार आयोगमा पुगेर धम्क्याएको र त्यसैको भरमा निर्णय गर्ने गल्ती नगर्न प्रचण्डले आयोगलाई चेतावनी दिएका हुन् । ‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन् । यो सत्य कुरा हो । यही हो जित । खेलाची कसैले नठाने हुन्छ’, प्रचण...
ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल

ओली पाप पखाल्न पशुपतिनाथ पुगे : माधव नेपाल

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले रक्षा नगर्ने बताएका छन् । प्रचण्ड–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले पशुपतिनाथले पापी र अधर्मीलाई रक्षा नगर्ने भएकाले  पशुपतिनाथले ओलीलाई माफी नगर्ने बताए । पहिले मदन भण्डारीको नाम जप्ने ओलीले अहिले पशुपतिको नाम जप्न थालेको भन्दै अब उनलाई पशुपतिनाथले पनि माफी नगर्ने उनको भनाइ थियो । “केपी ओलीजी पहिले तपाईं मदन भण्डारीको नाम जप्नुहुन्थ्यो । अहिले मदन बिर्सिएर पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ,” नेपालले भने, “तपाईंलाई थाहा छ, पशुपतिनाथले कसलाई माया गर्नुहुन्छ रु पशुपतिनाथले त सत्य र न्यायका पक्षमा रहेकालाई माया गर्नुहुन्छ । पापीलाई, अधर्मीलाई पशुपतिनाथले माया गर्नु हुन्न ।”...
संविधानलाई घात गर्ने निर्वाचन हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

संविधानलाई घात गर्ने निर्वाचन हामीलाई चाहिएको छैन : नारायणकाजी श्रेष्ठ

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानलाई घात गर्ने निर्वाचनकाे पक्षमा नरहेकाे बताएका छन् । प्रतिनिधि सभा विघटनकाविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए। ओली समूहले चुनावमा भाग लिनु ठूलो लोकतन्त्र भएको बताएको भन्दै उनले ओलीले नगर्ने चुनाव घोषणा गरेको दावी गरे । ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनाव? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न?, घात गर्ने चुनाव? उनले संविधानलाई धात गर्न चुनाव हामीलाई चाहिएको छैन।’...