राजनीति

ओलीले लोकतन्त्र समाप्त पार्न खाेजिरहेका छन् : देव गुरुङ

ओलीले लोकतन्त्र समाप्त पार्न खाेजिरहेका छन् : देव गुरुङ

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् । प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडाैंमा गरेकाे कार्यक्रममा उनले भने ‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ।’ ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए । उनले भने, “हामी सडकमा आइसकेका छौं। जबसम्म ओलीतन्त्र पतन हुँदैन, तबसम्म आन्दोलन रोकिनेछैन।” उनले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नगरिएको बताउँदै उनले संसद विघटनको कल्पना ग...
ओलीले जनताकाे संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटे : जनार्दन शर्मा

ओलीले जनताकाे संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटे : जनार्दन शर्मा

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको आरोप लगाएका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीकाे कदमविरुद्ध काठमाडौंमा आयोजित प्रचण्ड-नेपाल समूहकाे विरोधसभामा नेता शर्माले प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको जिकिर गरे । उनले अधिकार रक्षाका लागि जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए । सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनता जाग्नुपर्ने बताए ।...
प्रतिगमनविरुद्ध बाेल्न पाउने अधिकार संविधानले सुनिश्चित गरेकाे छः रामकुमारी झाँक्री

प्रतिगमनविरुद्ध बाेल्न पाउने अधिकार संविधानले सुनिश्चित गरेकाे छः रामकुमारी झाँक्री

राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमनविरुद्ध वोल्न पाउने अधिकार संबिधानले सुनिश्चित गरेको बताएकी छिन् । प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह बन्न खाेजेकाे बताउदै संविधानले बोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको बताइन्। नेतृ झाँक्रीले हिजो गणतन्त्रको आन्दोलन हुँदा अहिले उनले केपी ओली कागजी बादशाह भएको बताउदै अब उनी ढलिसकेको बताएकी छन् । ओलीले आफ्नो अन्त्य हुदै गर्दा आफ्ना सालिक बनाउदै हिडेको आरोप लगाउदै अब ओलीको अन्त्य निश्चित भएको बताइन् ।...
राष्ट्रपति भण्डारीद्वारा उत्तराखण्ड हिमनदी विस्फोटबारे दुःख व्यक्त

राष्ट्रपति भण्डारीद्वारा उत्तराखण्ड हिमनदी विस्फोटबारे दुःख व्यक्त

राजनीति
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार राष्ट्रपति भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् । ‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ भण्डारीले लेखेकी छन्, ‘यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच अझ बलियो समन्वय जरुरी देखिएको छ ।’...
प्रचण्ड-नेपाल समूहकाे ५ ठाउँबाट जुलुस सुरु

प्रचण्ड-नेपाल समूहकाे ५ ठाउँबाट जुलुस सुरु

राजनीति
काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ । प्रचण्ड-नेपाल समूहले काठमाडाैंकाे माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ । यसैबीच सभाका लागि काठमाडौंको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्नेछन् ।...
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाब

राजनीति
काठमाडौं । नेकपा ओली समूहमा आवद्ध महिला नेतृहरुले रामकुमारी झाँक्रीले गोरखामा राष्ट्रपतिलाई बडामहारानी भनेर अपमान गरेको भन्दै कारबाहीको माग गरेका छन्। महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिएपछि नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रहेकी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा गृहसचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् । झाँक्रीलाई पक्राउ गर्न गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयलाई लगातार दबाब दिएको एक उच्च प्रहरी अधिकारीले वताए। गृहसचिव न्यौपानेले झाँक्रीलाई पक्राउ गर्न दबाब दिए पनि प्रहरी प्रधान कार्यालय भने पक्राउ गर्न नहुने पक्षमा रहेको स्रोतको दाबी छ । पक्राउ गरेपछि राजनीतिक घटनाक्रमको म...
संसद विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा आजबाट पुनः सुनुवाइ

संसद विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा आजबाट पुनः सुनुवाइ

Featured, राजनीति
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आजबाट पुनः बहस सुरु हुँदैछ । संसद विघटनविरुद्ध परेका १३ वटा मुद्दामा माघ ४ गतेदेखि निरन्तर बहस हुँदै आएको थियाे । तर न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजाे एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु भएकाे हाे । अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।...
प्रचण्ड–नेपाल समूहको बिराेध प्रदर्शनले काठमाडाैंकाे यातायात प्रभावित

प्रचण्ड–नेपाल समूहको बिराेध प्रदर्शनले काठमाडाैंकाे यातायात प्रभावित

Featured, राजनीति
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेकाे बिराेधसभाका कारण बिहानैदेखि काठमाडौं उपत्यकको यातायात प्रभावित भएको छ। ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि यातायात आवागमनमा असर परेको हो । ठूला गाडीलाई चक्रपथभित्र प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ। जसले गर्दा बिहानैदेखि जाम सुरु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।...
देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

देश अकल्पनीय खतराको मुखमा पुग्यो : घनश्याम भुसाल

राजनीति
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन् । नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे । उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे। नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रदै गएको बताए ।...
संसद पुनर्स्थापना नभए देश ठूलो राजनैतिक भूमरिमा फस्छः प्रचण्ड

संसद पुनर्स्थापना नभए देश ठूलो राजनैतिक भूमरिमा फस्छः प्रचण्ड

Featured, राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनैतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तर्राष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसँग मंगलबार काठमाडौंमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आए जस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनैतिक भूमरिमा फस्ने चेतावनी दिए। यद्यपी आफूहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरुले गम्भीररुपमा विचार गर्नुपर्ने अवस्था श्रृजना हुने बताए। उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारक...