राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राजनीति
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो शितल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट सोझै शितल निवास पुगेका हुन् ।प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आजै कान्तिपथमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएका थिए ।...
चुनावकाे तयारीमा निरन्तर अगाडि बढ्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

चुनावकाे तयारीमा निरन्तर अगाडि बढ्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चुनावकाे तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् । आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले आयोगलाई चुनावकाे तयारी गर्न आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो । प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनु भएको छ ।’ प्रधानमन्त्री ओली निर्वाचनको तयारीबारे जानकारी लिन आयोगको कार्यालय कान्तिपथ पुगेका थिए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए । प्रमुख निर्वाचन आयुक्त ...
प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दै

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । साे समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेकाे हो । बैठक केहीबेर पछि बस्ने उनले बताए । यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ । जनप्रदर्शनमा राजधानी उपत्यका र बागमती प्रदेशलाई बढी जोड दिएर देशभरबाट प्रतिनिधिमुलुक सहभागिता गराउने तयारी गरेको छ ।...
वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन : प्रचण्ड

वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन : प्रचण्ड

राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटन भएको संसद पुनःस्थापना हुने बताएका छन् । नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहरूसँग कुराकानी क्रममा उनले भने, 'हामी विश्वस्त छौं, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ। वैशाख १७ र २७ गते निर्वाचन कुनै हालतमा पनि हुँदैन।' ओली सरकारले घोषणा गरेको निर्वाचन भएमा अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम थपिने उनले बताए। उनले माधव नेपालसँग ४ दशक देखिको सहकार्य रहेको भन्दै अहिलको लडाईँ कुर्सी र पदको लागि नभएको दाबी गरे ।...
प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा

प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् । सरकारले बैशाखमा घोषणा गरेको दुई चरणको निर्वाचन हुने जिल्लासमेत तोकिसकेको अवस्थामा पार्टीको आधिकारिकतामा विवाद नसुल्झिएपछि ओलीसहितका नेताहरू आयोगमा पुगेका हुन् । पुस ५ मा प्रतनिधि सभा विघटन भएपछि नेकपा विभाजित छ । तर, आयोगले त्यसलाई मान्यता दिइसकेको छैन । यद्यपि ओली र दाहाल-नेपाल समूह दुबैले आफू नै आधिकारिक पार्टी भएको भन्दै झण्डा, चुनाव चिह्नलगायतमा दाबी गर्दै आएका छन् । यसअघि माघ २० मा दाहाद-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए । सोक्रममा दाहाल र नेपालले प्रतिनिधिसभ...
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

राजनीति
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्छन् ।...
पहिलाे चरणमा ४० र दाेस्राे चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

पहिलाे चरणमा ४० र दाेस्राे चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

Featured, राजनीति
काठमाडौं । सरकारले पहिलाे चरणमा ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा हुने निर्वाचन प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो । वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । आज निर्वाचन आयोगमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका विषयमा जानकारी गराउँदै निर्वाचन तयारीबारे छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो ।...
ओली सरकारका स्वास्थ्यमन्त्री त्रिपाठीे नयाँ राजनीतिक दल खोल्ने गृहकार्यमा

ओली सरकारका स्वास्थ्यमन्त्री त्रिपाठीे नयाँ राजनीतिक दल खोल्ने गृहकार्यमा

राजनीति
काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ राजनीतिक दल खोल्नका लागि गृहकार्य सुरु गरेका छन् । केपी शर्मा ओली सरकारका स्वास्थ्य मन्त्री रहेका त्रिपाठी निकट स्रोतका अनुसार उनी अहिले सर्वोच्चको निर्णय पर्खेर बसेका छन् । सर्वोच्चले संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी तीब्र बनाउने भएका छन् । ‘सर्वोच्चले पुनर्स्थापना गर्‍यो भने तत्काल काम अघि नबढ्ने स्रोत बताउँछ । तर संसद पुनर्स्थापना गरेन र देश चुनावमा जाने अवस्था आयो भने नयाँ पार्टीको घोषणा हुने त्रिपाठी निकट एक नेताले भने । त्रिपाठीले पुरानो तराइ मधेस लोकतान्त्रिक पार्टी व्युताउँने प्रयास पनि गरेका छन् । त्यसबेला उनी त्यस पार्टीका सहअध्यक्ष थिए । तत्कालिन तमलोपा सहित तराई मधेस केन्द्रित ६ दलवीच एकीकरण भइ राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए । प्रतिनिधि सभाको चुनावको मुखमै उनले तत्क...
सङ्घीय शासनले विकासमा गति बढायो : मुख्यमन्त्री गुरुङ

सङ्घीय शासनले विकासमा गति बढायो : मुख्यमन्त्री गुरुङ

राजनीति
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय शासन प्रणालीले विकासको गति बढाएको बताएका छन् । तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही स्वास्थ्य केन्द्रमा निर्माण हुन लागेको नगरस्तरीय अस्पतालको आज शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले पहिलो पटक लागू भएको सङ्घीय शासन प्रणालीले प्रत्येक स्थानीय तहमा विकासको गति बढेको उल्लेख गरे । तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाउँदै मुख्यमन्त्री गुरुङले त्यसो भएमा मात्रै विकास दिगो हुने बताए । सङ्घ सरकारले हस्तान्तरण गरेका सडक र पुलका योजनालाई प्रदेश सरकारले महत्वका साथ अगाडि बढाएको बताउँदै गुरुङले काम गर्न सोच आवश्यक रहेको बताए । चालू आवभित्र आधारभूत खानेपानीको व्यवस्था गरिने बताउँदै मुख्यमन्त्री गुरुङले एक घर : एक धारा अभियानलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको बताए । गण्डकी प्रदेशमा कर्मचारीको अभावका कारण सोचेजति...
संसद विघटनको फैसला निर्वाचन पछि हुनसक्छ : मुख्यमन्त्री राई

संसद विघटनको फैसला निर्वाचन पछि हुनसक्छ : मुख्यमन्त्री राई

राजनीति
ओखलढुङ्गा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संसद विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले निर्वाचन नहुने विषय कसैको आदेशमा र कानुनमा नभएको जिकिर गरे । साथै उनले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताए । ‘अदालतको फैसला चुनाव अघि हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा बहस चलिरहेकाले लम्बिन पनि सक्छ ।’ मुख्यमन्त्री राईले निर्वाचन पछि अदालतले एकलाइनमा भन्नुपर्ने कुरा भन्नसक्ने बताउँदै निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गरे ।...